Kakhara सबैको खबर सम्पूर्ण खबर
कालो झण्डा देखाउँदैमा जित रोकिन्न: उम्मेदवार ओली

रूकुम पूर्व प्रदेश निर्वाचन क्षेत्र नम्बर (१) का उम्मेदवार तेजबहादुर ओलीले संविधानको रक्षा विकास र समृद्धि हाँसिल गर्न बाम लोकतान्त्रिक गठबन्धनको विकल्प नभएको बताउनुभएकाे छ । आइतबार निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत भूमे गाउँपालिकाको केन्द्र खाबाङबगरमा भएको चुनावी सभालाई सम्बोधन गर्दै ओलीले यस्तो बताउनुभएकाे हाे ।

‘यो पाँच वर्षमा केही उपलब्धिमुलक विकास निर्माणका कामहरु सम्पन्न भएका छन, उहाँले भन्नुभयाे-बाँकी रहेका अपुरा कामहरू पूरा गर्न पनि गठबन्धनका उम्मेद्वारको बिजय अपरिहार्य छ ।’ ओलीले थप्नुभयाे-‘व्यक्तिगत स्वार्थका लागि केही व्यक्तिहरु स्वतन्त्रको नारा लिएर गाउँ पसेका छन । उनिहरु आफ्नो पराजय र गठबन्धनका उम्मेदवारको बिजय निश्चित देखेर अतालिएका छन । भ्रमको बीउ छरिरहेका छन । झुठा आश्वासन, डर, धम्की र लोभ बाडिरहेका छन ।’

त्यस्ता भ्रमपुर्ण कुराको पछि नपर्न सबै नेता कार्यकर्ता र मतदातालाई उहाँले आग्रह गर्नुभयाे । पराजित मानसिकताले घेरिएका दुई चार जनाले कालो झण्डा देखाउदैमा जित नरोकिने पनि ओलीले बताउनुभयाे । ‘त्यस्ता गतिविधिबाट आत्तिन हुन्न, उहाँले भन्नुभयाे- अहिलेसम्म १७ वटा वडामा जनभेटघाट तथा घरदैलो कार्यक्रम सम्पन्न भएका छन । सिङ्गो पार्टी गठबन्धनको पक्षमा उभिएको हुँदा गठबन्धनको जित निश्चित छ ।’

गठबन्धन प्रतिगमनकारी, संविधान बिरोधिहरुको बिरुद्ध र स्वतन्त्र भनिनेहरु त्यही प्रतिगमन समुहसंग घाटी जोडेर जनतालाई भ्रमित पार्दै हिडिरहेको ओलीले आरोप लगाउनुभयाे । आफू निर्वाचित भएपछि बिगतमा भएका केही गल्ती, कमजोरीलाई आत्मसात गर्दै जनताको भावना, चाहना, जन अपेक्षा र आवश्यकता अनुसार थप काम गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयाे ।

प्रकाशित मिति: आइतबार, कात्तिक २७, २०७९  १७:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update