Top Navigation
आइतबार, चैत १९, २०७९ ०२:४४:३५
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
आइतबार, चैत १९, २०७९ ०२:४४:३५
Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
  • ट्रेण्डिङ
  • #मुसिकाेट
  • #आराेप
  • #स्वेच्छाचारी
Search Here
व्यक्ति/व्यक्तित्व
  • Home
  • व्यक्ति/व्यक्तित्व
  • ‘जनयुद्ध’कै खटाइमा जनताको सेवा गर्छु  
‘जनयुद्ध’कै खटाइमा जनताको सेवा गर्छु   जनताको साथ छोड्ने छैन् ।
कखरा संवाददाता
कखरा संवाददाता शुक्रबार, मंसिर ९, २०७९

२०२९ साल माघ १५ गते तत्कालिन बाँफिकोट गाविस वडा नम्बर ३ (हालको रुकुम पश्चिम बाँफिकोट गाउँपालिका ३) स्यानीदहमा आमा सेती खत्री र बुवा सर्वजित खत्रीको जेठा छोराको रुपमा महेन्द्र केसीको जन्म भयो । सानैबाट शालीन र शान्त स्वभावका केसी अहिलेपनि उस्तै स्वभावका हुनुहुन्छ । उहाँको राजनीतिक जिवन तत्कालिन मोटो मसालबाट सुर भएको हो । २०४४ साल जतिबेला पञ्चायत काल थियो तत्कालिन मोटो मसालको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियनको साधारण सदस्यता प्राप्त गर्नुभयो । २०४७ सालमा पार्टी सदस्यता पाउनुभयो । २०४८ सालमा बहुदल आएपछि उहाँ उक्त विद्यार्थी संगठनको जिल्ला सह सचिव हुनुभयो । त्यसपछि उच्च शिक्षाका लागि उहाँ दाङ झर्नुभयो । महेन्द्र बहुमुखी क्याम्पसमा मानविकी संकायमा अध्यनरत उहाँले दाङमा पनि विद्यार्थी संगठन छाड्नुभएन । त्यहाँ रहँदा उहाँ क्याम्पस इकाई कमिटी अध्यक्ष तथा जिल्ला सदस्य सम्म हुनुभयो । २०५० मा पढाई सकिएपछि उहाँ २०५१ सालमा रुकुम फर्किनुभयो ।

२०५२ मा नेकपा माओवादीले जनयुद्ध सुरु गरे देखि नै उहाँ पूर्णकालिन रुपमा युद्धमा सामेल हुनुभयो । उहाँले पार्टीमा पारसमणिका नाममा संगठकका रुपमा पार्टीमा काम गर्नुभयो । पार्टी संगठन विस्तार तथा निर्माणमा खटिनुभएका उहाँले २ वटा युद्धमा कमिसार भएर नेतृत्व पनि गर्नुभएको छ । उहाँ २०५२ सालमा पार्टीको बाँफिकोट एरियाको सेक्रेटरी हुनुभयो । जिल्ला सदस्य बन्ने अवसर उहाँले २०५४ सालमा मात्र प्राप्त गर्नुभयो । उहाँ जिल्ला सचिवालय सदस्य समेत बन्नुभयो । त्यसपछि २०५८ सालमा उहाँ पार्टीको मगराज राज्य कमिटी सदस्य बन्नुभयो । साथै उहाँले मगराज राज्य कार्यालयमा काम समेत गर्नुभयो । उहाँले २ वटा जिल्लाको इन्चार्ज भएर समेत काम गर्नुभयो । २०६० मा उहाँ गुल्मी जिल्लाको इन्चार्ज हुनुभयो । झण्डै डेढ वर्ष त्यहाँ काम गर्नुभयो । त्यसपछि उहाँ बाग्लुग आउनुभयो । २०६२ मा बाग्लुङ झर्नुभएका केसीले लामो समय त्यहाँ इन्र्चाजसिप गर्नुभयो ।

तर पछि २०६९ सालमा उहाँ प्रचण्ड नेतृत्वको माओवादीबाट मोहन बैद्य, रामबहादुर थापा र नेत्रविक्रम चन्द लगायतका नेता अलग हुँदा उहाँपनि उक्त टिममा सामेल हुनुभयो । पछि २०७४ सालमा उहाँ पुरानै पार्टीमा फिर्ता हुनुभयो । त्यसपछि उहाँले पुनः पार्टीमा रहेर विभिन्न जिम्मेवारीमा काम गर्नुभयो । उहाँ २०७४ पछि पार्टीको कर्णाली प्रदेश सदस्य बन्नुभयो । अहिले उहाँ पार्टीको कुनै जिम्मेवारीमा हुनुहुन्न । उनै महेन्द्र केसी २०७९ मंसिर ४ गते भएको प्रतिनिधि र प्रदेश सभा निर्वाचनबाट कर्णाली प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको छ । रुकुम पश्चिम प्रदेश सभा क बाट नेकपा एमालेका नारायणकुमार शाहलाई १० हजार ९ सय ५२ मतको फराकिलो अन्तरले पराजित गर्दै उहाँ निर्वाचित हुनुभयो । केसीले १९ हजार ३३ मत पाउँदा एमालेका शाहले ८ हजार ८१ मत पाउनुभयो । उनै केसीसंग हामीले विभिन्न समसामयिक विषयमा कुराकानी गरेका छौं । प्रस्तुत छ त्यसको सार संक्षेपः 

सबैभन्दा ठूलो कुरा म जनताकै विचमा रहने छु । जनता जसरी वसेका छन् म पनि उनिहरुकै सुख दुःखमा रहने छु ।

आन्दोलनले जन्मायो 
आज म जुन अवस्थामा आइपुगेको छु यो मेरो व्यक्तिगत क्षमताले मात्र होइन । माओवादीले संचालन गरेको जनयुद्धले मलाई यो अवस्थामा ल्याइपुर्याएको हो । हामी एउटा आन्दोलनमा सहभागी भयौं र इतिहास रच्ने काम गर्यौं । आज म यो अवस्थामा आइपुग्नुका पछाडी हजारौं सहिदको रगत, पसिना, जनताको त्याग, तपस्या र आन्दोलनले काम गरेको हो । एउटा आन्दोलनले जन्माएको व्यक्ति हुँ म । वर्षौ पछि जनताको सेवा गर्ने स्थानमा आइपुगेको छु । यसको मतलव अहिलेसम्म सेवा नगरेको भन्ने होइन अव संस्थागत रुपमै सेवा गर्ने ठाउँमा पुगेको छु । आवश्यकताले मलाई यो स्थानमा ल्याएको हो भन्न नि रुचाउँछु म । 

जनताको साथ छोड्ने छैन्
धेरै ठूला कुरा गर्छु भनेर अहिले नै भन्दैन् । सबैभन्दा ठूलो कुरा म जनताकै विचमा रहने छु । जनता जसरी वसेका छन् म पनि उनिहरुकै सुख दुःखमा रहने छु । अहिले नेताहरु जनताप्रति उत्तरदायी भएनन्, जनतालाई विर्सिए भन्ने ठूलो गुनासो छ, मेरो हकमा यो गुनासो आउन दिने छैन् । मेरो खटाई जनयुद्धकै जसरी हुने छ । जनयुद्धमा जुन खटाई थियो त्यसमा अहिले सुस्तता आएको छ । अव म त्यसलाई निरन्तरता दिन्छु । जनता भन्दा माथि कोही पनि छैनन् । म कहिले पनि जनता भन्दा माथि सोच्ने गल्ति गर्ने छैन् । म अहिले जसरी नै जनता संगै सामान्य जिवन विताउने छ । 

एउटा पार्टीले मलाई टिकट दिएको भएपनि सबै जनताबाट अनुमोदित भएकाले म साझा हुँ । यसमा कसैले पनि कुनै शंका नगर्नुहोला विकासका लागि म काखा र पाखाको नीति लिने छैन् ।

जनताले ठूलो खोजेकै छैनन् 
म निरन्तर जनताको विचमै छु । जनताले धेरै ठूलो केही खोजेकै छैनन् । जस्तो उदाहरणका लागि खानेपानीको मुहानमा समस्या भयो त्यसको संरक्षण र व्यवस्थापनका लागि सानो सहयोग होस भन्ने चाहेका छन्, त्यसमा थोरै सहयोग भयो भने बाँकी काम उनीहरु आफैले गर्न सकिहाल्छन् । यस्ता तमाम स–साना माग छन् जनताका ति माग पुरा गरिदिने हो भने जनता फुरुंग भइहाल्छन् । आवश्यकताका आधारमा म यस्तै यस्तै कुरामा केन्द्रीत हुने छ । जनताले गरेको विश्वासलाई म घात गर्ने छैन् । 

उत्पादनको बजारीकरणमा मुख्य ध्यान दिन्छु 
म चुनाव प्रचारका लागि मेरो निर्वाचन क्षेत्रका सबै गाउँमा पुगे । त्यहाँ पुग्दा मैले बजारको समस्या देखेँ । जनताले उत्पादन गरेका छन्, तर त्यसको बजार छैन् । लाखौंको कृषि उपज बजार नपाएर खेर गइरहेको अवस्था छ । मेरो प्रयासले कतिसम्म सकिन्छ म यसमा शतप्रतिशत मेरो बल लगाउने छु । जिल्लाको हकमा स्थानीय हुँदै प्रदेश र संघ सरकारले पनि यसअघि यसमा ध्यान दिइरहेका छन्, तर अव म पनि यसमा जोडिन्छु । मेरो कार्यकालमा कम्तिमा पनि कृषकले उत्पादन गरेको वस्तु बजारसम्म पुग्ने वातावरण बनाउने छु । 

म सबैको साझा हुँ  
एउटा पार्टीले मलाई टिकट दिएको भएपनि सबै जनताबाट अनुमोदित भएकाले म साझा हुँ । यसमा कसैले पनि कुनै शंका नगर्नुहोला विकासका लागि म काखा र पाखाको नीति लिने छैन् । मेरा लागि मेरो निर्वाचन क्षेत्रका सबै जनता बराबर हुन्, आवश्यकता आधारमा सबैतिर समानुपातिक विकास हुने छ । सबै जनता मेरा लागि बराबर हुनुहुन्छ । साझा प्रतिनिधिका हिशावले काम गर्दै सबैको मन जित्ने प्रयास गर्ने छु । हामीले धेरै कुरा चुनावी प्रतिवद्धतामा राखेका छौं । धेरै काम सामुहिक रुपमा हुने छन् भने मेरो क्षेत्रमा यहाँको आवश्यकताका आधारमा थप केही नयाँ काम पनि हुने छन् । 

नव निर्वाचित कर्णाली प्रदेश सभा सदस्य महेन्द्र केसीसंग गरिएको कुराकानीको सारसंक्षेप । 
 


प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  १२:००
#अन्तर्वार्ता #महेन्द्र केसी
प्रतिक्रिया दिनुहोस्
थप व्यक्ति/व्यक्तित्व
त्रिवेणीमा पनि मत गणना थालियो
त्रिवेणीमा पनि मत गणना थालियो शनिबार, वैशाख ३१, २०७९
लुम्बिनीका सभामुखद्धारा चुनवाङबाट मतदान 
लुम्बिनीका सभामुखद्धारा चुनवाङबाट मतदान  शुक्रबार, वैशाख ३०, २०७९
सानीभेरी गाउँ सभाले पास गर्यो आगामी आर्थिक वर्षको बजेट  
सानीभेरी गाउँ सभाले पास गर्यो आगामी आर्थिक वर्षको बजेट   शुक्रबार, असार २५, २०७८
चाैरजहारी, त्रिवेणि र बाँफिकाेटकाे बजेट पास, अन्यले कहिले गर्छन् ?
चाैरजहारी, त्रिवेणि र बाँफिकाेटकाे बजेट पास, अन्यले कहिले गर्छन् ? मंगलबार, असार २२, २०७८
बाँफिकोट गाउँपालिकाको बजेट पास 
बाँफिकोट गाउँपालिकाको बजेट पास  आइतबार, असार २०, २०७८
त्रिवेणि गाउँपालिकाको बजेट ४४ करोड  
त्रिवेणि गाउँपालिकाको बजेट ४४ करोड   मंगलबार, असार १५, २०७८
त्रिवेणि गाउँपालिकाका मुल प्राथमिकताहरु (पूर्णपाठ सहित)
त्रिवेणि गाउँपालिकाका मुल प्राथमिकताहरु (पूर्णपाठ सहित) मंगलबार, असार १५, २०७८
त्रिवेणि गाउँपालिकाकाे नीति, कार्यक्रम र बजेट पेश हुदै (लाईभ)
त्रिवेणि गाउँपालिकाकाे नीति, कार्यक्रम र बजेट पेश हुदै (लाईभ) मंगलबार, असार १५, २०७८
त्रिवेणि गाउँपालिकाले आज नीति, कार्यक्रम र बजेट ल्याउदै 
त्रिवेणि गाउँपालिकाले आज नीति, कार्यक्रम र बजेट ल्याउदै  मंगलबार, असार १५, २०७८
लोकप्रिय
  • Week
  • Month
मुसिकाेटमा अनुमति बिना चलिरहेको अटो दुर्घटना, ६ जना घाइते 
मुसिकाेटमा अनुमति बिना चलिरहेको अटो दुर्घटना, ६ जना घाइते 
खलंगाबाट तरकारी लिएर सिम्ली जाँदै गरेको बोलेरो खरखरेमा दुर्घटना 
खलंगाबाट तरकारी लिएर सिम्ली जाँदै गरेको बोलेरो खरखरेमा दुर्घटना 
अटो दुर्घटनाका ३ जना घाइतेलाई हेलिकोप्टर मार्फत कोहलपुर लगियो
अटो दुर्घटनाका ३ जना घाइतेलाई हेलिकोप्टर मार्फत कोहलपुर लगियो
मुसिकोटका मेयर स्वेच्छारी बनेकाे आराेप, यही अवस्थामा बैठक, भेलामा सहभागी नहुने बहुमत सदस्यको अडान  
मुसिकोटका मेयर स्वेच्छारी बनेकाे आराेप, यही अवस्थामा बैठक, भेलामा सहभागी नहुने बहुमत सदस्यको अडान  
कारागारबाटै एसइई  
कारागारबाटै एसइई  
कारागारबाटै एसइई  
कारागारबाटै एसइई  
भलखाेलामा आयाेजित भलिबल सहितका प्रतियाेगिता सम्पन्न
भलखाेलामा आयाेजित भलिबल सहितका प्रतियाेगिता सम्पन्न
जिल्ला अस्पतालमा फिजियोथेरापी सेवा सुरु
जिल्ला अस्पतालमा फिजियोथेरापी सेवा सुरु
कुनाखेतकाे धनु जैसी ब्रमा मन्दिर व्यवस्थित गरिँदै
कुनाखेतकाे धनु जैसी ब्रमा मन्दिर व्यवस्थित गरिँदै
सिस्ने गाउँपालिका ५ र ६ का माथिल्लो भेगका बस्ति सडक सञ्जालमा जोडिए
सिस्ने गाउँपालिका ५ र ६ का माथिल्लो भेगका बस्ति सडक सञ्जालमा जोडिए
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार

सूचना विभाग दर्ता नं. २१५९/२०७७-०७८
Email: [email protected]
Phone: ९८२२९८२३४५ र ९८२२८८८२०६
अध्यक्ष: धनबहादुर खड्का
सम्पादक: मनिष खड्का
  • कखरा बारे
  • Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
    • स्थानीय तह निर्वाचन २०७९
    © Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal - 2023 All rights reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्