Top Navigation
शनिबार, माघ २१, २०७९ ११:१५:३४
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • प्रतिनिधि/प्रदेशसभा निर्वाचन २०७९
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
शनिबार, माघ २१, २०७९ ११:१५:३४
Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • प्रतिनिधि/प्रदेशसभा निर्वाचन २०७९
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
  • ट्रेण्डिङ
  • #पापिनी मेला
  • #पापिनी विवाह
  • #साँख गाउँ
  • #भलिबल
  • #साँख
  • #अर्गानिक
  • #दिवा खाजा
Search Here
प्रतिनिधि/प्रदेशसभा निर्वाचन २०७९
  • Home
  • प्रतिनिधि/प्रदेशसभा निर्वाचन २०७९
  • रुकुम पश्चिममा ६ जना उम्मेदवारको धरौटी जफत 
रुकुम पश्चिममा ६ जना उम्मेदवारको धरौटी जफत 
कखरा संवाददाता
कखरा संवाददाता मंगलबार, मंसिर २०, २०७९
माया बेकरी माया बेकरी
रूकुम पश्चिममा प्रतिनिधि र प्रदेश सभामा धराैटी गुमाउने उम्मेदवार र उनिहरूले पाएकाे मत ।

मंसिर ४ गते भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा रुकुम पश्चिमबाट उम्मेदवार बनेका ६ जनाको धरौटी जफत भएको छ । कुल सदर मतको १० प्रतिशत मत नपाउने ६ जनाको धरौटी जफत भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

कार्यालयका अनुसार धरौटी जफत हुनेमा ४ जना प्रतिनिधि सभा सदस्यका उम्मेदवार रहेका छन् भने २ जना प्रदेश सभा सदस्यका उम्मेदवार छन् । प्रतिनिधि सभा सदस्य निर्वाचन तर्फ राप्रपाका दिपककुमार मल्ल, मंगोल नेशनल अर्गनाइजेशनका हरिबहादुर पुन तथा स्वतन्त्र उम्मेदवारहरु तारक केसी र राजन पाण्डेको धरौटी जफत भएको छ । 

सम्बन्धित समाचार
  • रुकुम पूर्वमा चुनाव खर्चः तेजबहादुरको झण्डै १९ लाख, धनबहादुरको १३ लाख

उनिहरु मध्य राप्रपाका मल्लले ७ सय ९६, मंगोल नेशनलका पुनले २ सय ८, स्वतन्त्र उम्मेदवार केसीले ३ हजार ५ सय ६७ र अर्का स्वतन्त्र उम्मेदवार पाण्डेले २ सय १४ मत पाउनुभएको थियो । प्रतिनिधि सभा तर्फ कुल ५७ हजार २ सय ९५ मत सदर भएकामा जमानत जोगाउन त्यसको १० प्रतिशत अर्थात ५ हजार ७ सय ३० मत आवश्यक थियो । 

प्रतिनिधि सभामा नेकपा माओवादी केन्द्रका जनार्दन शर्मा ३९ हजार ५ सय ४९ मत ल्याएर विजयी हुनुभयो । एमालेका नन्दराम देवकोटाले १२ हजार ९ सय ६१ मत पाउनुभएको थियो । 

सम्बन्धित समाचार
  • रुकुम पश्चिममा सबै गरेर १२ हजार मत बदर  

त्यस्तै प्रदेश सभा तर्फ २ वटा निर्वाचन क्षेत्र रहेकामा दुवै क्षेत्रमा राप्रपाका उम्मेदवारको धरौटी जफत भएको छ । प्रदेश सभा १ मा विनोदकुमार मल्लको धरौटी गुम्दा २ मा निर्जल केसीले धरौटी जोगाउन नसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालयको भनाई छ । मल्लले १ हजार ११ मत पाउँदा केसीले १ हजार १ सय ७ मत पाउनुभएको थियो । 

मुसिकाेट नगरपालिका

प्रदेश सभा १ मा २८ हजार १ सय २५ मत सदर भएकामा धरौटी जोगाउन त्यसको १० प्रतिशत अर्थात २ हजार ८ सय १३ मत ल्याउनुपर्ने थियो भने प्रदेश सभा २ मा २९ हजार ३ सय ४५ मत सदर हुँदा धरौटी फिर्ताका लागि २ हजार ९ सय ३५ मत आवश्यक थियो । 

सम्बन्धित समाचार
  • रुकुम पश्चिमबाट प्रदेश समानुपातिकमा कुन दलले कति मत पाए ?

प्रदेश सभा १ मा नेकपा माओवादी केन्द्रका महेन्द्र केसी १९ हजार ३३ मतका साथ विजयी हुँदा एमालेका नारायणकुमार शाहले ८ हजार ८१ मत पाउनुभएको थियो । प्रदेश सभा २ मा पनि नेकपा माओवादी केन्द्रकै राजकुमार शर्मा २० हजार १ सय ६० मत पाएर विजयी हुँदा एमालेका कर्णबहादुर घर्तिले ८ हजार ७८ मत पाउनुभएको थियो ।

सम्बन्धित समाचार
  • १५ वर्षमा १२ प्रतिशतले बढ्यो जनार्दनको भोट 

 


प्रकाशित मिति: मंगलबार, मंसिर २०, २०७९  १३:२७
चाैरजहारी चाैरजहारी
#धराैटी जफत #प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन
प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
  • Week
  • Month
पापिनी मेला भलिबलको उपाधि रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रलाई
पापिनी मेला भलिबलको उपाधि रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रलाई
मुसिकोट १४ मा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, एक गम्भिर घाइते 
मुसिकोट १४ मा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, एक गम्भिर घाइते 
आठबीसकोटको साजेबगरमा स्काभेटर दुर्घटना हुँदा चालक घाइते 
आठबीसकोटको साजेबगरमा स्काभेटर दुर्घटना हुँदा चालक घाइते 
साँखमा पापिनी विवाह (फोटो फिचर) 
साँखमा पापिनी विवाह (फोटो फिचर) 
सानीभेरी र रुकम पश्चिम भलिबल प्रशिक्षण केन्द्र फाइनलमा
सानीभेरी र रुकम पश्चिम भलिबल प्रशिक्षण केन्द्र फाइनलमा
त्रिजमाविका विद्यार्थीको निःशुल्क आँखा जाँच, दृष्टि दोष धेरै 
त्रिजमाविका विद्यार्थीको निःशुल्क आँखा जाँच, दृष्टि दोष धेरै 
भूमे ३ मा जेष्ठ नागरिक सम्मानित
भूमे ३ मा जेष्ठ नागरिक सम्मानित
भूमे गाउँपालिकामा कृषकलाई फलफूलका बिरुवा वितरण 
भूमे गाउँपालिकामा कृषकलाई फलफूलका बिरुवा वितरण 
मुसिकोट खलंगा बहुमुखी क्याम्पसमा पूर्व विद्यार्थी समाज गठन
मुसिकोट खलंगा बहुमुखी क्याम्पसमा पूर्व विद्यार्थी समाज गठन
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार

सूचना विभाग दर्ता नं. २१५९/२०७७-०७८
Email: [email protected]
Phone: ९८२२९८२३४५ र ९८२२८८८२०६
अध्यक्ष: धनबहादुर खड्का
सम्पादक: मनिष खड्का
  • कखरा बारे
  • Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
    • प्रतिनिधि/प्रदेशसभा निर्वाचन २०७९
    • स्थानीय तह निर्वाचन २०७९
    © Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal - 2023 All rights reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्