Top Navigation
शुक्रबार, असोज १२, २०८० ०६:५२:१२
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
शुक्रबार, असोज १२, २०८० ०६:५२:१२
Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
  • ट्रेण्डिङ
  • #स्यार्पू महाेत्सव
  • #मुख्यमन्त्री
  • #कर्णाली प्रदेश
  • #तयारी पुरा
  • #राजकुमार मगर
  • #दार्मा गाउँपालिका
  • #अवैध संरचना हटाउन निर्देशन
Search Here
स्थानीय सरकार
  • Home
  • स्थानीय सरकार
  • चौरजहारीका सबै विद्यालयका भवन पक्की बन्ने
चौरजहारीका सबै विद्यालयका भवन पक्की बन्ने नगरपालिकामा ४० वटा सामुदायिक विद्यालय छन् । त्यसमध्य अहिले १८ वटा विद्यालयमा पक्की भवन निर्माण भइरहेका छन् ।
डिल्लीबहादुर खत्री
डिल्लीबहादुर खत्री बुधबार, चैत ४, २०७७
सिस्ने गाउँपालिका सिस्ने गाउँपालिका
भर्खरै निर्माण भएको जनकल्याण जोगिनेटाको भवन ।

रुकुम पश्चिमको चौरजहारी नगरपालिकाका सबै विद्यालयलाई टिनको छानामुक्त बनाउन थालिएको छ । नगरभित्रका सबै सामुदायिक विद्यालय आगामी आर्थिक बर्षसम्म टिनको छानामुक्त हुदैछन् । नगरपालिकाको नीति तथा कार्यक्रम अनुसार आर्थिक बर्ष २०७८/०७९ सम्म सबै विद्यालय टिनको छानामुक्त हुनेछन् । शिक्षा क्षेत्रमा प्रभावकारी काम गरेको नगरपालिकाले टिनको छाना मुक्त विद्यालय बनाउने नीति तथा कार्यक्रम बनाएको थियो ।

सोही नीति अनुसार अहिले धमाधम विद्यालयका भवनहरु निर्माण भइरहेका छन् । नगरपालिकामा ४० वटा सामुदायिक विद्यालय छन् । त्यसमध्य अहिले १८ वटा विद्यालयमा पक्की भवन निर्माण भइरहेका छन् । केही विद्यालयमा भने यो भन्दा पहिले नै पक्की भवन निर्माण भइसकेका छन् । नगर प्रमुख विशाल शर्माका अनुसार जनकल्याण मावि जोगिनेटा, आधारभुत विद्यालय नाख्ला, माध्यमिक विद्यालय खागल, मावि खहरे, आधारभुत विद्यालय नाखिरा, आधारभुत विद्यालय कालापाथरमा पक्की भवन निर्माण भइरहेका छन् ।

यसैगरी आधारभुत विद्यालय स्यालखोला, हिमालय मावि खोलागाउँ, जनकल्याण मावि सानाखोला, आधारभुत विद्यालय घर्तिकाँडा, आधारभुत विद्यालय जुम्लीपोखरी, आधारभुत विद्यालय लामिछानेगाउँमा पनि पक्की भवन बनिरहेको नगरप्रमुख शर्माले जानकारी दिनुभयो । बाँकी विद्यालयमा आगामी आर्थिक बर्षसम्म पक्की भवन निर्माण बनाइसक्ने लक्ष नगरपालिकाले लिएको नगरप्रमुख शर्माले बताउनुभयो । ‘विद्यालयमा पक्की भवन निर्माण भएसँगै टिनको छाना भएको भवन पनि भत्काइदैछ,’ नगरप्रमुख शर्माले भन्नुभयो, ‘अर्कोे बर्षसम्म सबै विद्यालय टिनको छानामुक्त भइसक्नेछन् ।’

सामुदायिक विद्यालयलाई पक्की बनाउनका लागि स्थानीय, प्रदेश र संघीय सरकार सँगसँगै लागेको उहाँले बताउनुभयो । जनकल्याण माध्यामिक विद्यालय सानाखोलाका प्रधानाध्यापक झुपालाल शर्माका अनुसार टिनको छाना भएको विद्यालयमा सिकेभन्दा पक्की भवनमा सिक्नु धेरै प्रभावकारी हुन्छ । टिनको छाना भएको विद्यालयमा हावा लाग्दा पानी पर्दा पढाउन र पढ्न सक्ने वातावरण नहुने प्रअ शर्माले बताउनुभयो ।


प्रकाशित मिति: बुधबार, चैत ४, २०७७  १५:१२
कृषि कृषि
#चौरजहारी विद्यालय पक्की भवन
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय सरकार
रुकुम पश्चिमका राजकुमार माओवादी केन्द्र कर्णालीको संसदीय दलको नेतामा चयन 
रुकुम पश्चिमका राजकुमार माओवादी केन्द्र कर्णालीको संसदीय दलको नेतामा चयन  बुधबार, पुस १३, २०७९
रुकुम पूर्वका १७ उम्मेदवारले चुनाव खर्च विवरण बुझाए, कसको खर्च कति ?  
रुकुम पूर्वका १७ उम्मेदवारले चुनाव खर्च विवरण बुझाए, कसको खर्च कति ?   मंगलबार, पुस ५, २०७९
जनार्दन शर्माको चुनाव खर्च २४ लाख, अरु कसको कति ? 
जनार्दन शर्माको चुनाव खर्च २४ लाख, अरु कसको कति ?  बुधबार, मंसिर २८, २०७९
एउटै वडाबाट तीन सांसद्, जिल्लाभर छ 
एउटै वडाबाट तीन सांसद्, जिल्लाभर छ  सोमबार, मंसिर २६, २०७९
रुकुम पश्चिमबाट पहिलो पटक ७ जना सांसद 
रुकुम पश्चिमबाट पहिलो पटक ७ जना सांसद  आइतबार, मंसिर २५, २०७९
प्रत्यक्ष तर्फ माओवादीका ३ सांसद रहेकाे रूकुम पश्चिममा समानुपातिक तर्फ दुई सांसद
प्रत्यक्ष तर्फ माओवादीका ३ सांसद रहेकाे रूकुम पश्चिममा समानुपातिक तर्फ दुई सांसद शनिबार, मंसिर २४, २०७९
रूकुम पश्चिमबाट समानुपातिक तर्फ एमालेका दुई सांसद
रूकुम पश्चिमबाट समानुपातिक तर्फ एमालेका दुई सांसद शनिबार, मंसिर २४, २०७९
नेकपा एसबाट रूकुम पश्चिमकी कल्याणि प्रदेश समानुपातिक सांसद
नेकपा एसबाट रूकुम पश्चिमकी कल्याणि प्रदेश समानुपातिक सांसद शनिबार, मंसिर २४, २०७९
चुनावको समिक्षा गर्दै माओवादी केन्द्र रुकुम पश्चिम 
चुनावको समिक्षा गर्दै माओवादी केन्द्र रुकुम पश्चिम  बिहीबार, मंसिर २२, २०७९
लोकप्रिय
  • Week
  • Month
अमेरिकामा भएको इन्ट्राकप भलिबलमा टीम रूकुम प्रथम
अमेरिकामा भएको इन्ट्राकप भलिबलमा टीम रूकुम प्रथम
अवैध भरुवा बन्दुकसहित एक जना पक्राउ
अवैध भरुवा बन्दुकसहित एक जना पक्राउ
इन्ट्रा कपमा टिम रुकुमका ४ खेलाडी उत्कृष्ट
इन्ट्रा कपमा टिम रुकुमका ४ खेलाडी उत्कृष्ट
पुमा खोलामा बेपत्ता गिरीको शव फेला
पुमा खोलामा बेपत्ता गिरीको शव फेला
स्यार्पू महोत्सवको तयारी पुरा, भोली कर्णालीका मुख्यमन्त्रीले उद्घाटन गर्ने 
स्यार्पू महोत्सवको तयारी पुरा, भोली कर्णालीका मुख्यमन्त्रीले उद्घाटन गर्ने 
स्यार्पू महोत्सव सुरु (फाेटाे सहित)
स्यार्पू महोत्सव सुरु (फाेटाे सहित)
प्रकाश रन्काको कान्छी फिलिली (भिडिओ सहित)
प्रकाश रन्काको कान्छी फिलिली (भिडिओ सहित)
स्यार्पू ताललाई आय आर्जनसँग जोड्नुपर्छ: मुख्यमन्त्री शर्मा 
स्यार्पू ताललाई आय आर्जनसँग जोड्नुपर्छ: मुख्यमन्त्री शर्मा 
विकासलाई छिटोछरितो र प्रभावकारी बनाउन सबै एकताबद्ध भएर लाग्नुहाेस्ः मुख्यमन्त्री शर्मा
विकासलाई छिटोछरितो र प्रभावकारी बनाउन सबै एकताबद्ध भएर लाग्नुहाेस्ः मुख्यमन्त्री शर्मा
उत्कृष्ट भिडिओ इडिटर अवार्ड राजकुमारलाई 
उत्कृष्ट भिडिओ इडिटर अवार्ड राजकुमारलाई 
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार

सूचना विभाग दर्ता नं. २१५९/२०७७-०७८
Email: [email protected]
Phone: ९८२२९८२३४५ र ९८२२८८८२०६
अध्यक्ष: धनबहादुर खड्का
सम्पादक: मनिष खड्का
  • कखरा बारे
  • Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
    • स्थानीय तह निर्वाचन २०७९
    © Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal - 2023 All rights reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्