Top Navigation
आइतबार, असोज ७, २०८० ०३:३६:०५
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
आइतबार, असोज ७, २०८० ०३:३६:०५
Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
  • ट्रेण्डिङ
  • #पितिवाङ खेला
  • #पुल नहुँदा सास्ती
  • #जनार्दन शर्मा
  • #एनआरएनए अमेरिका
  • #नेपालीका लागि गम्भीर छौँ
  • #माेहन कुसारी
  • #नमुना अभ्यास
Search Here
समाज
  • Home
  • समाज
  • भूमेको तेस्रो त्रैमासिक सावर्जनिक सुनुवाइ चुनबाङमा सम्पन्न
भूमेको तेस्रो त्रैमासिक सावर्जनिक सुनुवाइ चुनबाङमा सम्पन्न
कखरा संवाददाता
कखरा संवाददाता सोमबार, वैशाख १८, २०८०
सिस्ने गाउँपालिका सिस्ने गाउँपालिका

रुकुम पूर्वको भूमे गाउँपालिकाले आर्थिक वर्ष २०७९/०८० को तेस्रो त्रैमासिक सार्वजनिक सुनुवाइ वडा नम्बर ९ चुनबाङमा गरेको छ । आइतबार पालिकाको केन्द्र खावाङबगर भन्दा टाढा रहेको वडा नम्वर ९ चुनबाङमा सम्पन्न गरिएको हो । 


विकास तथा सेवा प्रवाहमा नागरिकहरुसँगको दोहोरो संवादबाट विकास सुशासन र सेवा प्रवाहलाई सेवाग्राहीमैत्री बनाउनका लागि सार्वजनिक सुनुवाइ गर्ने गरिन्छ । यसै बमोजिम भूमे गाउँपालिकाकाका सबै वडाका नागरिकहरु पालिकाको केन्द्रसम्म नपुग्ने र सबै क्षेत्रका नागरिकहरुको अवस्था बुझ्न नसकिने भन्दै भूमेले बस्ती स्तरमै गएर सार्वजनिक सुनुवाइ गरेको गाउँपालिकाले जनाएको छ । 

चुनबाङका उपस्थित नागरिकहरुलाई अध्यक्षता ग्रहण गराएर सार्वजनिक सुनुवाइको कार्यक्रमको सुरुवात गरिएको थियो । मुख्य जवाफदेहिताको रुपमा गाउँपालिकाका अध्यक्ष होमप्रकाश श्रेष्ठ र उपाध्यक्ष सविना बुढालाई आसन ग्रहण गराइएको थियो । यसपछि पालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रसिंङ श्रेष्ठले हालसम्मको कार्यप्रगति प्रस्तुत गर्नुभएको थियो । 


जसमा गाउँपालिकाको वित्तिय प्रगति ४३.७१ प्रतिशत देखिएको छ । पालिकाका प्रशासन योजना शाखा प्रमुख प्रेमप्रसाद भट्टराईले गाउँपालिकाको नागरिक अभिमत प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । भूमेको नागरिक अभिमतमा सेवा प्रवाहमा सन्तुष्टको अवस्था लिइएकोमा सबैभन्दा बढि ५९.८३ प्रतिशतबाट ठिकै छ भन्ने प्रतिक्रिया आएको नागरिक अभिमत सर्वेक्षणमा देखिएको छ भने २.५६ प्रतिशत असन्तुष्ट छौँ भन्नेहरुबाट  प्रतिक्रिया आएको तथ्यांकले देखाएको छ । नागरिक अभिमतहरुमा कर्मचारीहरुको व्यवहारको अवस्था, कार्यालयका सम्पूणर् क्रियाकलापहरुको जानकारी, सेवा प्रवाहमा नागरिकहरुको दायित्व, कार्यसम्पन्नको मूल्यांकन र वर्तमान कार्य सञ्चालन संरचनाहरुको विषयमा नागरिकरुबाट सर्वेक्षण लिइएको थियो । 


सबै संरक्षणका बुँदाहरुमा राम्रो ठिकै ठिक ठिकै भन्नेहरुको संख्या बढि रहेको तथ्यांकमा देखिएको प्रशासन योजना शाखा प्रमुख प्रेमप्रसाद भट्टराइले बताउनुभएको छ । सार्वजनिक सुनुवाइमा उपस्थितहरुबाट सेवा सुविधाको गुणस्तरता बिकास निर्माणमा पार्दशिता र नियगमणको विषयमा प्रश्न जिज्ञासाहरु राखेका थिए भने सम्बन्धित निकायले जवाफ दिएका थिए । यो सार्वजनिक सुनुवाइको कार्यक्रम यहीँ बैशाख २० गते भूमे ६ को महतमा पनि गरिने गाउँपालिकाले जनाएको छ ।


प्रकाशित मिति: सोमबार, वैशाख १८, २०८०  ०८:२०
कृषि कृषि
प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
  • Week
  • Month
जनार्दन शर्माले रुकुमका मान्छे ल्याएर ठेकेदारको घरमा धर्ना बस्छु भन्दा पनि नबनेको पुल 
जनार्दन शर्माले रुकुमका मान्छे ल्याएर ठेकेदारको घरमा धर्ना बस्छु भन्दा पनि नबनेको पुल 
पानामामा डुंगा पल्टिदा ज्यान गुमाएका प्रदिपको परिवारलाई २१ लाख सहयोग 
पानामामा डुंगा पल्टिदा ज्यान गुमाएका प्रदिपको परिवारलाई २१ लाख सहयोग 
स्यार्पू पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव हुने 
स्यार्पू पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव हुने 
‘नेपालीको हकहितमा दत्तचित्त भएर लाग्नेछौँ ’
‘नेपालीको हकहितमा दत्तचित्त भएर लाग्नेछौँ ’
पितिवाङ खोलामा आवतजावत बन्द 
पितिवाङ खोलामा आवतजावत बन्द 
पुमा खोलामा बेपत्ता गिरीको शव फेला
पुमा खोलामा बेपत्ता गिरीको शव फेला
प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कारबाट रुकुमका लामिछाने पुरस्कृत 
प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कारबाट रुकुमका लामिछाने पुरस्कृत 
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार

सूचना विभाग दर्ता नं. २१५९/२०७७-०७८
Email: [email protected]
Phone: ९८२२९८२३४५ र ९८२२८८८२०६
अध्यक्ष: धनबहादुर खड्का
सम्पादक: मनिष खड्का
  • कखरा बारे
  • Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
    • स्थानीय तह निर्वाचन २०७९
    © Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal - 2023 All rights reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्