Top Navigation
आइतबार, असोज ७, २०८० ०४:२६:२५
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
आइतबार, असोज ७, २०८० ०४:२६:२५
Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
  • ट्रेण्डिङ
  • #पितिवाङ खेला
  • #पुल नहुँदा सास्ती
  • #जनार्दन शर्मा
  • #एनआरएनए अमेरिका
  • #नेपालीका लागि गम्भीर छौँ
  • #माेहन कुसारी
  • #नमुना अभ्यास
Search Here
वडा
  • Home
  • वडा
  • मुसिकाेट १३ ले सार्वजनिक गर्याे १ वर्षकाे प्रगति
मुसिकाेट १३ ले सार्वजनिक गर्याे १ वर्षकाे प्रगति
कखरा संवाददाता
कखरा संवाददाता शुक्रबार, जेठ १२, २०८०
सिस्ने गाउँपालिका सिस्ने गाउँपालिका
१ वर्षकाे प्रगति सार्वजनिक गर्दै वडाध्यक्ष खलबहादुर खड्का ।

स्थानीय तहकाे दाेस्राे कार्यकालका लागि जनप्रतिनिधी निर्वाचित भएकाे १ वर्ष पूरा भएकाे छ । गत वर्ष निर्वाचित भएका जनप्रतिनिधिले आफ्नाे कार्यकालकाे १ वर्ष पूरा भएकाे अवसरमा १ वर्षको समीक्षा र याे अवधिमा गरेका कामहरू सार्वजनिक गरिरहेका छन् । विशेषगरी नगर प्रमुख, गाउँपालिका अध्यक्ष, नगर उपप्रमुख, गाउँपालिका उपाध्यक्ष, वडाध्यक्ष, वषयगत समितिका संयाेजक लगायतले १ वर्षकाे प्रगति सार्वजनिक गरिरहेका छन् ।

रूकुम पश्चिमकाे मुसिकाेट नगरपालिका वडा नम्बर १३ ले पहिलाे वर्ष भए गरेका कामहरूकाे विवरण सार्वजनिक गरेकाे छ । वडाध्यक्ष खलबहादुर खड्काले आज संघ, प्रदेश र स्थानीय तहकाे प्रयासमा नगरमा भएका कामहरूकाे विवरण सार्वजनिक गर्नुभएकाे हाे । मुसिकाेट १३ ले १ वर्षमा के के काम गर्याे त ? प्रस्तुत छ वडाध्यक्ष खड्काले सार्वजनिक गरेकाे १ वर्षे प्रगति विवरण ।

प्रशासनिक कार्य तर्फ

१) वडा समितिको बैठकः २१ वटा

२) नागरिकता सिफारिस ८९ वटा

३) नाता प्रमाणित ३५ वटा

४) चारकिल्ला प्रमाणित तथा घरवाटो सिफरिस ४० वटा

५) अंग्रेजीमा सिफा

६) अन्य सिफरिस १०२४ वटा

जम्मा गरी १२०२ जनालाई प्रत्यक्ष रुपमा सेवा दिएका छौ साथै वडामा मेलमिलाप समिति गठन गरी भै-झगडा सम्बन्धी दर्ता भएका निवेदन मेलमिलाप गरेका छौ ।

राजस्व आम्दानी

मालपोत तथा सम्पती कर रु ८१३१५

प्रशासनिक तथा सेवा शुल्क कर रु २२२८१०

जम्मा ३०४१२५

मुसिकोट नगरपालिका प्रदेश सरकार तथा संघिय सरकारको साझेदारिमा सम्पन्न भएका तथा निरन्तरता भईरहेका विकास निर्माण सन्र्दभमा सक्षिप्त रुपमा संक्षिप्तिकरण गर्न चाहन्छु ।
१) सुरिक्षित आवास कार्यक्रम तर्फ १३ घर परिवारलाई जस्ता छानाको व्यवस्था गरियो ।
२) शिक्षा तर्फ महेंद्र मावि विनाङ मौतारामा नवलकोठे भवन तथा शैक्षिक सुधार कार्यक्रम निरन्तरता कार्य भईरहेको छ साथै राष्ट्रिय आदि विद्यालय डाँडाछिया २ कोठे भवन निर्माण कार्य सम्पन्न, प्रभात मावि दोपाईमा विद्यालयको घेरावार लगाएत वडाभित्रका गरीब, विपन्न, असाहय बालबालिकालाई शैक्षिक सामाग्री हस्तातरण प्रोत्साहन र विद्यालयमा अतिरिक्त क्रियाकलाप र शैक्षिक गुणस्तर कायम गर्न वडा समितिद्वारा पटक-पटक अनुगमन जस्ता कार्य गरेका छौं ।
 ३) स्वास्थ्य तर्फ १३ नं. वडाको दोपाईमा घर भाडामा लगी आधारभूत स्वास्थ्य सेवा दिइरहेका छौ

साथै सेवा आफ्नै भवनबाट दिन भवन निर्माण कार्य अगाडि बढाएका छौ साथै वडावासीलाई स्वास्थ्य सेवामा पहुँच पुरयाउनको निम्त यस क्षेत्र सम्बन्धित कार्यालयहरु सर्व समत्वय गरी घुम्ती शिबिर चतनामूलक कार्यहरुलाई निरन्तरता दिएका छौ ।

४) सड़क तर्फ नया सड़क निर्माण २ किमि स्तर उन्नती ३ किमि पिसिसि गोरेटो निर्माण ३५० मिटर गोरेटो बाटो स्तर उन्नती २ किमि लगाएत वडाभित्र रहेका सडकहरु सरसफाई गरि यातायातमा सहजता ल्याएका छौ ।

५) खानेपानी सिचाई तर्फ एक घर एक धारा निर्माणको कार्य वडाका विभिन्न टोलमा सम्पन्न तथा निरन्तरता भएको छ साथै वडाको समस्याको रुपमा रहेको सत्यकया खोला इनसिडेडगे बुमचौर, भालजुला, राउटेवारा, लिफ्ट खानेपानी कार्यको निर्माण कार्य तिव्र रुपमा अगाडि वढेको छ साथै वडाभित्रका साना सिचाई घट्टेखोला सानचौर आरसिसी कुलो निर्माणकार्य भएक

६) कृषि तर्फ वडाभित्रका उत्कृष्ट किसान फर्महरुलाई प्रोत्साहन ५० प्रतिशत अनुदानमा आधारित विउविजन तथा यान्त्रिकरण कार्यक्रम विभिन्न किसीमका फलफुल विरुवा वितरण पशुतर्फ विज निर्माण पशु तथ्याइ संकलन विभिन्न रोगको विरुद्ध खोप लगाएतका कार्य गरियो ।

(१) खेलकूद पर्यटन तथा कला सस्कृति- खेलकुद तर्फ वडास्तरीय भलिवल खेल आयोजना गरि सम्पन्न हुनुको साथै वडाको तर्फबाट अन्य ठाउंमा भाग लिने खेलाडीहरुलाई खेलकूद सामाग्री प्रदान वडाभित्रका विद्यालय तथा टोलहरुमा खेलकूद सामाग्री वितरण गरियो साथै वारभदौ मेला पापनी मेला लगाएत पर्वहरुमा वडाको तर्फबाट आर्थिक सहयोग गरिएको छ र मौलिक कला संस्कृति बचाउने उदेश्यले तिज विशेष कार्यक्रम आयोजना गरी सम्पन्न गरेका छौ साथै पुराना सिंगारु पैसार मयूर नाचलाई जीवन्त राख्न प्रोत्साहन सम्पन्न गरेका छौ । पर्यटन तर्फ सहित स्मृति पार्क तथा पूर्वाधान निर्माण कार्य अन्तिम चरणमा पुर्याएका छौ ।
 (८) विपत व्यवस्थापन तर्फ वाढी, पहिरो, भू-क्षय, चट्याङ प्राण घातक क्यान्सर जस्ता रोगहरुको निम्ती

आवश्यक सामाग्री तथा आर्थिक सहयोग गरेका छौ ।

९) सीपमूलक तालिम तर्फ सम्बन्धित कार्यालयहरुसंग समन्वय गरेर हाते ट्याक्टर मर्मत सिलाई कटाई साबुन सरफ बनाउने जस्ता तालिमहरु सम्पन्न गरेका छौ ।
 १०) विद्युत तर्फ वडामा पदभार हुन् अगावै विद्युत सबै टोलमा पुगेता पनी छुटेका घरधुरी नयाँ थप

बस्तीमा सम्बन्धित कार्यालयसंग समन्वय गरि १५ घरधुरीमा विद्युत लाइन विस्तार गरेका छौं । 
११) असल आमा सुत्केरी प्रोत्साहन कार्यक्रम तर्फ सम्बन्धित सरोकारवालासँग प्रारम्भमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेका छौ साथै सुत्केरी आमाहरुलाई जनप्रतिनिधिहरु घरमै पुगी नगद रु १०००बच्चा रआमाको निम्ती न्यानो कपडा १७ जना आमाहरलाई उपलब्ध गराएको छ बाकी करी आमाहरुलाई निरन्तरता दिने कार्य दिनेछौ र महिला स्वयमसेवकको निम्ति प्रोत्साहन तर्फ मासिक रु ५०० उपलब्ध गरेका छौ ।

१२) वडा कार्यालयको आफ्नै भवन निर्माण गरि सेवा कार्य विस्तार गरेका छौ ।
 १३) वडाको रुमखोलामा धार्मिक परम्परा अनुसार मृत्यु पश्चात गरिने काजक्रिया सहज पुरयाउन

निम्ती प्रतिक्षालय निर्माण कार्य अगाडि बढाएका छौ। भावी मुख्य कार्ययोजना

जागितका नौ गरिएका आवधिक योजनाहरुलाई प्रथमिक आधारमा संघिय सरकार प्रदेश सरकार मुसिकोट नगरपालिका सँग बजेट माग गरि वडाभित्रका महत्वपूर्ण योजनाहरु २०७०/०८१ मा निरन्तरता गर्ने लक्ष्य राखेका छौ ।
 १) सुरक्षित आवास तर्फ साविकको १ र २ नम्बर बडालाई फुसको छानो मुक्त गर्नुको साथै अन्य

टोलमा निरन्तरता

२) छेरा बगर डांडा छिवाङ हाइवाङ त्रिवेणी सडक ३। मण्डली थान संरक्षण तथा प्रवद्धन

४) हयग्रा खोला इलसिङे घुमचौर भालजुला राउटेवारा लिफ्ट खानेपानी

५) आधारभूत स्वास्थ्य चौकी भवन निर्माण

३ कृषि संकलन केन्द्र कोल्ड स्टोर निर्माण

साथै वडाभित्रका विद्यालयहरुमा पक्की भवन निर्माण ग्रामिण सडकहरुको स्तर उन्नती एक घर एक धारा खानेपानीको अवधारणा निरन्तरता पिसिसि गोरेटो बाटो निर्माण वडामा एकिकृत घुम्ती सिविर लगाएत प्रतिक्षालय निर्माण सामुदायिक महिला भवन लगाएत १३ नं वडावासीको आवस्यताहरुलाई ध्यानमा राखी विकास निर्माण तथा वडाको सर्वाङगिन विकासको निम्ति सदैव लाग्ने पनि वडाले प्रतिवद्धता वडाले जनाएकाे छ ।


प्रकाशित मिति: शुक्रबार, जेठ १२, २०८०  १२:२१
कृषि कृषि
प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
  • Week
  • Month
जनार्दन शर्माले रुकुमका मान्छे ल्याएर ठेकेदारको घरमा धर्ना बस्छु भन्दा पनि नबनेको पुल 
जनार्दन शर्माले रुकुमका मान्छे ल्याएर ठेकेदारको घरमा धर्ना बस्छु भन्दा पनि नबनेको पुल 
पानामामा डुंगा पल्टिदा ज्यान गुमाएका प्रदिपको परिवारलाई २१ लाख सहयोग 
पानामामा डुंगा पल्टिदा ज्यान गुमाएका प्रदिपको परिवारलाई २१ लाख सहयोग 
स्यार्पू पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव हुने 
स्यार्पू पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव हुने 
‘नेपालीको हकहितमा दत्तचित्त भएर लाग्नेछौँ ’
‘नेपालीको हकहितमा दत्तचित्त भएर लाग्नेछौँ ’
पितिवाङ खोलामा आवतजावत बन्द 
पितिवाङ खोलामा आवतजावत बन्द 
पुमा खोलामा बेपत्ता गिरीको शव फेला
पुमा खोलामा बेपत्ता गिरीको शव फेला
प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कारबाट रुकुमका लामिछाने पुरस्कृत 
प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कारबाट रुकुमका लामिछाने पुरस्कृत 
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार

सूचना विभाग दर्ता नं. २१५९/२०७७-०७८
Email: [email protected]
Phone: ९८२२९८२३४५ र ९८२२८८८२०६
अध्यक्ष: धनबहादुर खड्का
सम्पादक: मनिष खड्का
  • कखरा बारे
  • Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
    • स्थानीय तह निर्वाचन २०७९
    © Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal - 2023 All rights reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्