Kakhara सबैको खबर सम्पूर्ण खबर
सिस्ने शिक्षा क्याम्पसमा नि:शुल्क स्यानिटरी प्याड

रुकुम पूर्व सिस्ने गाउँपालिका ५ रुकुमकोटमा रहेको सिस्ने शिक्षा क्याम्पसमा अध्ययनरत छात्राका लागि निःशुल्क स्यानिटरी प्याड उपलब्ध भएको छ ।  क्याम्पसमा अध्ययनरत छात्राको लागि गत साउन महिना देखि निरन्तर रुपमा निःशुल्क उपलब्ध भइरहेको छ। क्याम्पसको स्ततन्त्र विद्यार्थी युनियन (स्ववियु)को पहलमा जिल्ला स्थित तीन वटै गाउँपालिकाको सहयोगमा क्याम्पसमा निःशुल्क स्यानिटरी प्याड उपलब्ध गराइराखिएको हो ।

जिल्लाको पुथाउत्तरगंगा, भूमे र सिस्ने गाउँपालिकाको प्रत्येक महिनामा स्ववियुलाई प्याड उपलब्ध गराउने भएको छ ।  जस अन्तर्गत आज सोमबार सिस्ने गाउँपालिकाले पहिलो चरणमा ९६ प्याकेट अर्थात  ७ सय ६८ वटा प्याड गाउँपालिका अध्यक्ष कृष्ण रेग्मी र शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख मङ्गलसिंह बुढाले स्ववियुका अध्यक्ष जयमान बुढा मगर  र सहसचिव शम्भु केसीलाई हस्तान्तरण गर्नु भएको हो । 

पुथाउत्तरगंगा गाउँपालिकाले साउन महिनामै १ हजार वटा भन्दा बढी प्याड दिइसकेको छ भने अब भूमे गाउँपालिकाले छिट्टै पहिलो चरणको प्याड दिने बताएको छ ।  तीन वटै गाउँपालिकाले प्रत्येक महिनामा कम्तिमा पनि १ सय वटा प्याकेटका दरमा प्याड वितरण गर्ने जनाएका छन् । जिल्लाको एक मात्र क्याम्पसको शिक्षा सुधार तथा शिक्षा प्रदानमैत्री बनाउनमा तीन वटै गाउँपालिकाले यो काम लगायत आफूहरुले सक्ने साथ सहयोग गरिराख्ने प्रतिवद्धता जनाएका छन् ।

प्रकाशित मिति: सोमबार, असोज ८, २०८०  १९:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update