Kakhara सबैको खबर सम्पूर्ण खबर
पुथाउत्तरगंगा गाउँपालिकाद्धारा बाल अधिकार संरक्षण तथा संवर्धन कार्यविधि २०७७ पारित

रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिकाले बाल अधिकार संरक्षण तथा संवर्धन कार्यविधि २०७७ पारित गरेको छ । गाउँकार्यपालिकाको ५५ औं बैठकले सो कार्यविधि पारित गरेको हो । यो भन्दा अगाडि गाउँपालिकामा बाल अधिकार समिति गठन गरिएको थियो । उक्त समितिले बाल अधिकारको लागि कार्यविधि बनाएर गाउँकार्यपालिका बैठकमा पेश गरेको र बैठकले उक्त कार्यविधि सर्वसम्मत पारित गरेको बताईएको छ । गाउँपालिका उपाध्यक्ष ओमकुमारी शाहीको संयोजकत्वमा प्रमुख प्रशासकिय अधिकृत, सामाजिक विकास शाखा, वडा बाल अधिकार समिति, गाउँ शिक्षा समिति, स्वास्थ्य, प्रहरी, बाल क्लब, किशोरी समुह, बाल अधिकार सम्बन्धि काम गर्ने सरकारी तथा गैर सरकारी संस्था र महिला तथा बालबालिका शाखाका प्रतिनिधि रहनेगरि ९ सदस्यीय समिति गठन गरिएको थियो । 

उक्त समितिले बालबालिकाको क्षेत्रमा काम गर्न सहज होस भन्ने उदेश्यले कार्यविधि बनाएर गाउँकार्यपालिकामा पेश गरेको थियो । उक्त कार्यविधि त्यहाँबाट पनि पारित भएको हो । यूनाईटेड मिसन टु नेपाल (यूएमएन) रुकुम पूर्व कलस्टर र मिक नेपालको प्राविधिक सहयोगमा उक्त कार्यविधि तयार पारिएको हो । अब गाउँपालिकाले यसै कार्यविधीमा टेकेर बालबालिकाको क्षेत्रमा काम गर्ने यूएमएन रुकुम पूर्व कलस्टर र मिक नेपालद्धारा सञ्चालित बाल संरक्षण सम्बन्धि सक्षम परियोजनाका कार्यक्रम व्यवस्थापक हेमन्त राइले जानकारी दिनुभयो । 

जिल्लामा बालबालिकाको अवस्था चिन्ताजनक रहेकाले उनिहरुको पुनउत्र्थानको लागि गाउँपालिकासँग सहकार्य गरेर बाल अधिकार संरक्षण तथा संबद्र्धन सम्बन्धि कार्यविधि २०७७ तयार पारेको उहाँले बताउनुभयो । उहाँका अनुसार यसै कार्यविधिमा टेकेर बालबालिकाको समस्या पहिचानदेखि लिएर समाधान र पुनउत्र्थानका कामहरु गरिने छन् । जसका लागि आचारसंहिता पनि बनाइएको छ । अब विद्यालय, समुदाय र वडास्तरमा बालबालिका र किशोरी संगठनलाई बाल अधिकार शुनिश्चितताको लागि सशक्तिकरण गर्न परिचालन गरिने व्यवस्थापक राइले बताउनुभयो । 

यो संगै गाउँपालिकाले बालबालिकाको लागि ५ लाखको आकष्मिक कोष समेत खडा गरेको छ । तत्काललाई ५ लाखको कोष खडा गरेको गाउँपालिकाले प्रत्येक वर्ष कोषमा पाँच पाँच लाख रुपैयाँ जम्मा गर्ने जनाएको छ । कोषको रकम आवश्यकता र अवस्था हेरेर बालबालिकाको पुनर्उत्थानमा खर्च गरिने गाउँपालिकाको भनाई छ । कार्यविधि नै बनाएर बालबालिकाको क्षत्रमा तदारुक भएर काम गरेको खण्डमा बालबालिकाको जिवनस्तर परिवर्तन हुने अपेक्षा गरिएको छ । बालबालिकाको क्षेत्रमा यसरी कार्यविधि बनाएर काम गर्ने पुथाउत्तरगंगा जिल्लाको पहिलो गाउँपालिका बनेको छ ।

प्रकाशित मिति: शुक्रबार, चैत २७, २०७७  १९:११
प्रतिक्रिया दिनुहोस्
Weather Update