Kakhara सबैको खबर सम्पूर्ण खबर
बाँफिकोट २ मा  पाँच वटा  सिँचाइ नहर निर्माण

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर २ ले एक वर्षको अवधिमा पाँच वटा सिँचाइ नहर निमार्ण गरेको छ । वडाको विभिन्न ठाउँमा आर्थिक वर्ष २०८० /०८१ मा पाँच वटा सिँचाई नहर निर्माण गरिएको हो ।  करिब ५६ लाख बजेट  खर्चेर  १ हजार ४ सय  २५ मिटर सिँचाइ नहर निर्माण गरेको वडाले जनाएको छ । विभिन्न सिँचाइ आयोजना सम्पन्न भएसँगै अव किसानलाई हिउँको समयमा पानीको सुविधा सहज हुनुका साथै कृषिज्य वस्तु उत्पादन वृद्धि हुने अपेक्षा गरिएको छ ।

स्थानीय उपभोक्ता समिति मार्फत सिँचाई आयोजना निर्माण भएकाले स्थानीयले नै रोजगार पाएको वडा अध्यक्ष प्रकाश खत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार  मुख्यमन्त्री स्वरोजगार कार्यक्रमको १५ लाख बजेटबाट  ब्युरेनि पुमा  सिँचाइ आयोजनाको तीन सय मिटर नहर निर्माण भएको छ  ।  भने खानेपानी सिँचाइ तथा उर्जा विकास कार्यालय रुकुम पश्चिमको २५ लाख बजेटबाट पुमा सिँचाइ योजनाको १ सय ७५ मिटर नहर निर्माण गरिएको छ । त्यस्तै धमधमे छहरा थारकाट्टे सिँचाइ  योजनाको तीन सय ५० मिटर नहर निर्माण गरिएको वडा अध्यक्ष  खत्रीले जानकारी दिनुभयो ।

कृषि विकास कार्यालय रुकुम पश्चिमको १६ लाख बजेटबाट काँप्रारुख बसिनि टाकुरा सिँचाइ योजनाको तीन सय मिटर तथा पुमा साहेक सिँचाइ  योजनाको तीन सय मिटर लामो नहर निर्माण गरिएको छ । सिँचाई नहर निर्माणमा वडाका  करिव ४ सय स्थानीयले रोजगार पाएको वडा कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, असार १५, २०८१  १८:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update