
ग्रामीण क्षेत्रका नागरिकलाई सेवा दिने उद्देश्यले रुकुम पश्चिमको बाफिकोट गाउँपालिका वडा नम्बर २ मा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुन लागेको छ। २ नम्बर वडा कार्यालयको आयोजना तथा त्रिवि शिक्षण अस्पताल महाराजगन्ज काठमाडौंको सहकार्यमा दुई दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुन लागेको हो । शिविर बाँफिकोट २ को जिपुमा सञ्चालन हुँदै छ।
शिविरमा रुकुम पूर्व र पश्चिमका पायक पर्ने ठाउँका नागरिकले सेवा लिन पाउने वडाध्यक्ष प्रकाश खत्रीले जानकारी दिनुभयो । शिविर मार्फत सामान्य चिकित्सा, स्त्री तथा प्रसूति चेकजाँच, हाडजोर्नी, नाक,कान, घाँटीको जाँच तथा उपचार, मुटु, मृगौला तथा फोक्सो, जाँच तथा उपचार गरिने छ । त्यस्तै आँखाको जाँच, सुगर प्रेसर जाँच तथा उपचार, छाला सम्बन्धी रोगको जाँच तथा उपचार, पेट आन्द्रा कलेजो पित्तथैलीको जाँच तथा उपचार लगायतका सेवा शिविरबाट प्रदान गरिने छ । शिविर जेठ १७ र १८ गते सञ्चालन हुँदै छ ।