Kakhara सबैको खबर सम्पूर्ण खबर
जाजरकोट भूकम्प: आठविसकोटमा पुर्ननिर्माणको लागि ३३ सय २४ घर छनोट, कति थिए लाभग्राही ?
फाइल फाेटाे ।

रुकुम पश्चिममाको आठविसकोट नगरपालिकामा तीन हजार ३ सय २४ घर पुर्ननिर्माणको लागि छनोटमा परेका छन् । नगरपालिका भर ९ हजार ५ सय ६७ घरको विस्तृत क्षति आकलन (डिडिए) भएकामा ३ हजार ३ सय २४ घर पुर्ननिर्माणको लागि छनोटमा परेका हुन् । पालिकाभर ९ हजार ५ सय ६७ घरधुरीको विस्तृत क्षति आकलन (डिडिए)  रिएकामा ५ हजार पाँच ५३ घरधुरीको मात्रै  विस्तृत क्षति आकलन (डिडिए) रिपोर्ट आएको आठविसकोट नगरपालिका विपद शाखा फोकन प्रर्सन मानबहादुर बटालाले जानकारी दिनुभयो ।

३ हजार ४५ घरधुरीको अनुसन्धानकै प्रक्रिया रहेकाले टिपोर्ट आउन केही समय लाग्ने उहाँको भनाई छ । त्यस्तै नगरपालिका भित्र  मर्मत गर्नुपर्नेमा ४ सय १२, सामान्य मर्मत गर्नुपर्नेमा १ हजार २ सय ५७ घरधुरी रहेका छन् । पुर्ननिर्माणमा छनोट भएकाले ४ लाख रुपैयाँ,  जटिल मर्मत गर्नुपर्नेमा छनोट भएकाले १ लाख रुपैयाँ र सामान्य मर्मत गर्नुपर्नेमा छनोट भएका घरधुरीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

२०८० साल काक्तिक १७ गते राती जाजरकोटको रामीडाँडा केन्द्र विन्दु बनाएर गएकाे भूकम्पका कारण क्षती पुगेका १० हजार ३ सय ९४  लाभग्राही कायम भएका थिए  । जसमा १० हजार २ सय २७ लाभग्राहीले पहिलो किस्ता र दोस्रो किस्ता गरेर ५० हजार रुपैयाँ प्राप्त गरिसकेका छन् । १  सय ६७ लाभग्रहाहीले भने पहिलो किस्ता बाफतको २५ हजार रुपैयाँ मात्रै रकम प्राप्त गरेको फोकल प्रर्सन बटालाले जानकारी दिनुभयो ।

अन्य स्थानीय तहहरुमा पनि  विस्तृत क्षति आकलन (डिडिए) रिपोर्ट आइरहेको छ । जिल्लाभरको विस्तृत क्षति आकलन (डिडिए) रिपोर्ट जिल्ला बिप्द व्यवस्थापन समितिसम्म आइपुग्न केही समय लाग्ने सहायक प्रमुख जिल्ला अधिकारी विनोद रेग्मीले जानकारी दिनुभयो । स्थानीय तहमा विस्तृत क्षति आकलन (डिडिए) रिपोर्ट आइरहेको र स्थानीय तहबाट  जिल्लासम्म आइपुग्न केही समय लाग्ने उहाँको भनाई छ । 

प्रकाशित मिति: शनिबार, साउन १०, २०८२  १७:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update