रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकामा पालिका स्तरीय ७ औँ राष्ट्रपति रनिङ शिल्ड संचालन हुने भएको छ । शिल्ड यही मंसिर १८ गते देखि हुने संचालन हुन लागेको हो । गाउँपालिकाको आयोजना तथा ५ नम्बर वडामा रहेको देउराली माध्यमिक विद्यायलको व्यवस्थापन शिल्ड सञ्चालन हुन लागेको गाउँपालिकाले जनाएकाे छ । शिल्डमा पालिका भित्रका ८ वटा माध्यामिक विद्यालयको सहभागिता जनाउने छन् ।
शिल्डमा प्रतियोगिता तर्फ हाइजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिङ थ्रो र छात्र, छात्रा भलिबल लगायतका विद्यामा प्रतिस्पर्धा हुने छ । एथलेटिक्स अन्तर्गत छात्र, छात्रा १ सय मिटर, २ सय मिटर, ४ सय मिटर, ८, सय मिटर १५ सय मिटर र तीन हजार मिटर तथा विभिन्न दुरीको रिले दौडमा विद्यार्थीले प्रतिस्पर्धा गर्ने पुथा उत्तरगंगा गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख रामप्रसाद खड्काले जानकारी दिनुभयो ।
देउराली माविको खेल मैदानमा सञ्चालन हुने शिल्ड मंसिर २० गतेसम्म संचालन हुने गाउँपालिका शिक्षा शाखाले जनाएको छ ।






-1759842583.jpg)
