Kakhara सबैको खबर सम्पूर्ण खबर
सिस्ने गाउँपालिकाको सातौँ राष्ट्रपति रनिङ शिल्ड १३ गते देखि हुने 

रुकुम पूर्वको सिस्ने गाउँपालिका स्तरीय सातौँ राष्ट्रपति रनिङ शिल्ड हुने भएको छ । शिल्ड यही माघ १३ गते १५ गतेसम्म हुने भएको हो ।  शिल्ड गाउँपालिकाको आयोजना तथा ३ नम्बर वडामा रहेको जनता मावि पोखराको व्यवस्थापनमा सञ्चालन हुने छ । ३ नम्बर वडास्थित मूलपानी खेल मैदानमा शिल्ड सञ्चालन  गरिने सिस्ने गाउँपालिकाले जनाएको छ । 

शिल्डमा पालिकाभित्रका ९ वटा सामुदायिक र एउटा संस्थागत गरी  दश वटा विद्यालयहरूले सहभागिता जनाउने सिस्ने गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख मङ्गलसिंह बुढाले जानकारी दिनुभयो । उहाँका अनुसार शिल्डमा छात्र, छात्रा सटफुट, ज्याभलिङ थ्रो, त्रिपलजम्प, हाइजम्प, १ सय मिटर, २ सय मिटर, ४ सय मिटर, ८ सय मिटर, १५ मिटर र ३ हजार मिटर दौड प्रतियोगिता हुने भएको छ ।

यस्तै विभिन्न दुरीको रिले दौड, छात्र, छात्रा कबड्डी, भलिबल लगायतका विधामा विद्यार्थीहरूले प्रतिस्पर्धा गर्ने गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, माघ ८, २०८२  १२:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update