रुकुम पूर्वको भूमे गाउँपालिका स्तरीय सातौ राष्ट्रपति रनिङ शिल्ड सम्पन्न भएको छ । माघ १६ गते देखि सञ्चालन भएको शिल्ड सोमबार सम्पन्न भएको हो । पालिका भित्रका नौ वटा सामुदायिक विद्यालयहरुको शिल्डमा सहभागिता जनाएका थिए । विभिन्न वडाका विद्यालयलाई पछि पार्दै ९ नम्बर वडामा रहेको नेपाल राष्ट्रिय मावि चुनवाङले शिल्ड जितेको छ । उसले दश स्वर्ण, पाँच रजत र नौ कांस्य सहित १९ पदक प्राप्त गरेको छ ।
त्यस्तै सात स्वर्ण, चार रजत र पाँच कांस्य सहित १६ पदक प्राप्त गरी ६ नम्बर वडामा रहेको जनजागृति मावि महत दोस्रो भएको भूमे गाउँपालिका युवा शिक्षा तथा खेलकुद शाखा अधिकृत टेकबहादुर बुढाथोकीले जानकारी दिनुभयो । उहाँका अनुसार ४ नम्बर वडामा रहेको जन शक्ति मावि काडा तेस्रो भएको छ । उसले सात स्वर्ण, दुई रजत र चार कांस्य सहित १३ पदक प्राप्त गरेको थियो । ६ नम्बर वडाको महत रंगशालामा शिल्ड सञ्चालन भएको थियो ।
शिल्डमा छात्र, छात्रा सटफुट, ज्याभलिङ थ्रो, त्रिपलजम्प, हाइजम्प, १ सय मिटर, २ सय मिटर, ४ सय मिटर, ८ सय मिटर, १५ मिटर र ३ हजार मिटर दौड प्रतियोगिता हुनेभएको छ । यस्तै विभिन्न दुरिको रिले दौड, छात्र, छात्रा कबड्डी, भलिबल लगायतका विद्याहरुमा विद्यार्थीहरुले प्रतिस्पर्धा गरेका थिए ।





-1759842583.jpg)