रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका स्तरीय छैटौँ राष्ट्रपति रनिङ शिल्ड हुने भएको छ । आगामी फागुन १ देखि ३ गते सम्म शिल्ड सञ्चालन हुनेभएको हो । ४ नम्बर वडामा रहेको वीरेन्द्र माविको प्राङ्गणमा शिल्ड सञ्चालन हुने बाँफिकोट गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाले जनाएको छ ।
शिल्डमा पालिका भित्रका दश वटा सामुदायिक विद्यालयहरुले सहभागिता जनाउने भएको छन् । शिल्ड सचालन हुने भएपछी मावि विद्यालयहरुले शिल्डको तयारी गरिरहेका छन् । शिल्डमा छात्र छात्रा सटफुट, ज्याभलिङ थ्रो, त्रिपलजम्प, हाइजम्प, लङजम्प, १ सय मिटर, २ सय मिटर, ४ सय मिटर, ८ सय मिटर, १५ सय मिटर र ३ हजार मिटर दौड तथा विभिन्न दुरिको रिले दौड, छात्र छात्रा कबड्डी, भलिबल लगायतका विद्यामा विद्यार्थीले प्रतिस्पर्धा गर्ने बाँफिकोट गाउँपालिका युवा शिक्षा तथा खेलकुद शाखा अधिकृत जिरञ्जीबी रेग्मीले जानकारी दिनुभयो ।
६ वटा स्थानीय तह रहेको रुकुम पश्चिममा अन्य पाँच स्थानीय तह त्रिवेणी र सानीभेरी गाउँपालिका तथा मुसिकोट, चौरजहारी र आठविसकोट नगरपालिकाले शिल्ड सम्पन्न गरिसकेका छन् ।





-1759842583.jpg)