Kakhara सबैको खबर सम्पूर्ण खबर
मुसिकोट नगरपालिकामा साउन ८ गतेसम्म कर सङ्कलन बन्द रहने

रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा साउन ८ गतेसम्म कर सङ्कलन कार्य बन्द रहने भएको छ । सिस्टम परिमार्जनका कारण नगरपालिकाले ८ गतेसम्म कर सङ्कलन सम्बन्धी सबै सेवाहरू ठप्प रहने जानकारी गराएको छ । 

अहिले कर सङ्कलन हुँदै आएको प्रणाली अब नयाँमा परिमार्जन हुन गइरहेको र कर तथा गैर कर राजस्व सम्बन्धीका सम्पूर्ण क्रियाकलापहरू आर्थिक ऐन अनुसार सिस्टममा नयाँ प्रविष्टि गर्नुपर्ने भएकोले सेवा साेमबारबाट साउन ८ गतेसम्मका लागि बन्द गरिएको नगरपालिकाले एक सूचना मार्फत जानकारी गराएको छ । 

८ गतेपछि भने साबिककै अवस्थामा कर सङ्कलनको काम सुरु हुने निमित्त प्रमुख प्रशासकीय अधिकृत कुबेर केसीले जारी गरेको सूचनामा उल्लेख छ । नयाँ आर्थिक वर्ष २०८३/०८४ साउन १ गतेबाट सुरु भएको छ । नयाँ आर्थिक वर्ष सुरु भएसँगै सिस्टम अपडेट गर्नुपर्ने भएकोले विभिन्न सरकारी कार्यालयका केही सेवा यति बेला ठप्प छन् ।

प्रकाशित मिति: बुधबार, साउन ६, २०८३  ११:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update