Kakhara सबैको खबर सम्पूर्ण खबर
सार्वजनिक सम्पत्तिमा क्षति नपुर्‍याउन त्रिवेणी गाउँपालिकाको अनुरोध 
निर्माणाधिन खारा जनयुद्ध संग्रहालय ।

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाले सार्वजनिक सम्पत्तिमा क्षति नपुर्‍याउन गाउँपालिकावासीलाई अनुरोध गरेको छ । गाउँपालिकाले आज एक सूचना जारी गर्दै सार्वजनिक सम्पत्तिमा क्षति नगर्न आग्रह गरेको हो । 

गाउँपालिका वडा नम्बर ३ र ६ को दहबाङ्ग, धुमभिर क्षेत्रमा निर्माणाधीन खारा जनयुद्ध सङ्ग्रहालय निर्माणको सिलसिलामा अपरिचित व्यक्तिबाट निर्माणाधीन सालिक (मूर्ति) भत्काउने, बनेका संरचनाहरू बिगार्ने, भत्काउने जस्ता गलत क्रियाकलापहरू भइरहेको भन्दै गाउँपालिकाले त्यस्ता गतिविधि नगर्न आग्रह गरेको छ । 

निर्माण व्यवसायीको आग्रह अनुसार गाउँपालिकाले सार्वजनिक सम्पत्तिमा क्षति नगर्न भनेको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रेमबहादुर पुनले जारी गरेको सूचनामा उल्लेख त । 

यस्ता कार्यबाट निर्माण कार्यमा आर्थिक भार बढ्ने, निर्माण कार्यमा कठिनाइ हुने भएकोले गलत क्रियाकलापहरू नगर्नु नगराउनुहुन र क्षति पुर्‍याउने गलत क्रियाकलापहरू गरेको पाइएमा सम्बन्धी व्यक्तिबाट नै क्षतिपूर्ति असुलउपर गर्ने सम्मका कारबाही हुने गाउँपालिकाकाले चेतावनी दिएको छ । 

इतिहासको संरक्षण र युद्ध पर्यटन प्रवर्द्धनका लागि खारा जनयुद्ध सङ्ग्रहालय निर्माण भइरहेको छ । यसअन्तर्गत विभिन्न संरचनाहरू निर्माणाधीन अवस्थामा रहेका छन् । घुम्न गएका व्यक्तिहरूबाट निर्माणाधीन संरचनाहरूमा क्षति भइरहेको बताइएको छ ।

प्रकाशित मिति: मंगलबार, साउन १२, २०८३  १७:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update