Top Navigation
बुधबार, मंसिर १३, २०८० ०५:०२:०३
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
बुधबार, मंसिर १३, २०८० ०५:०२:०३
Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
  • ट्रेण्डिङ
  • #डिग्रे
  • #लालबहादुर केसी
  • #विचार
  • #शव फेला
  • #दुर्घटना
  • #खेलकुद
  • #बेल्टापु मेला
Search Here
स्थानीय सरकार
  • Home
  • स्थानीय सरकार
  • रोजगारीका लागि तरकारी र च्याउ खेती
रोजगारीका लागि तरकारी र च्याउ खेती सामग्रिकाे दुरुपयाेग गरे कारवाहि हुन्छ: नगर प्रमुख
कखरा संवाददाता
कखरा संवाददाता शुक्रबार, मंसिर २६, २०७७
कृषि सामग्रि हस्तान्तरण गर्दै नगर प्रमुख देविलाल गाैतम सहित अन्य ।

रुकुम पश्चिमको मुसीकोट नगरपालिकाका वेरोजगार युवा तथा अति विपन्न, द्धन्दपिडित तथा अपांगहरु रोजगारीमा जोडिदै छन् । उनिहरुलाई नगरपालिकाले कृषि मार्फत रोजगारीमा जोड्दै छ । जसका लागि नगरपालिकाले तरकारी खेति र च्याउँ खेतिका लागि सहयोग गरेको छ । विदेशबाट फर्किएका र कृषि प्राविधिक पढेर वेरोजगार बसेका तथा अति विपन्न, द्धन्द पिडित र अपांगहरुलाई नगरपालिकाले तरकारी र च्याउ खेतिका लागि आवश्यक विभिन्न सामग्रिहरु सहयोग गरेको छ । यसबाट ७५ जनाका लागि रोजगारी सृजना हुँदै छ ।

नगरको युवा स्वरोजगार कार्यक्रम अन्तरगत विदेशबाट रोजगारी गुमाएर फर्किएका र कृषि प्राविधिक पढेर वेरोजगार बनेका ६० जनालाई र अति विपन्न कार्यक्रम अन्तरगत विपन्न, द्धन्द पिडित र अपांग गरी १५ जनालाई तरकारी खेतिका लागि टनेल, १६ लिटरको स्प्रे ट्यांकी र ५ लिटरको हजारी तथा च्याउ खेतिका लागि टनेल, १६ पोका वीउ र २ लिटको स्प्रे ट्यांकी सहयोग गरिएको छ । युवा स्वरोजगारका लागि १० लाख र अति विपन्न कार्यक्रमका लागि ३ लाख गरी कुल १३ लाखमा विभिन्न सामग्रिहरु सहयोग गरिएको नगरको कृषि शाखाले जनाएको छ । चालु आर्थिक वर्षका लागि स्विकृत कार्यक्रम अनुसार रोजगारी सृजनाका लागि कृषि सामग्रि सहयोग गरिएको नगरपालिकाका कृषि अधिकृत प्रेमवहादुर खत्री बताउनुभयो ।

अहिले सामग्रि सहयोग गरिएको र अव टनेलका लागि टहरो निर्माणमा पनि नगरपालिकाले सहयोग गर्ने उहाँले बताउनुभयो । उहाँका अनुसार युवा स्वरोजगार कार्यक्रम अन्तरगत ६० जनालाई बाँसको टहरो बनाउनका लागि ६ हजारका दरले र विपन्न, द्धन्दपिडित तथा अपांगलाई ९ हजारका दरले खर्च उपलब्ध गराईने छ । टहरो निर्माण भएपछि त्यसको अनुगमण गरेर मात्र उक्त खर्च उपलब्ध गराईने बताईएको छ । नगर प्रमुख देविलाल गौतमले रोजगारी सृजनाका लागि नगरपालिका तत्पर रहेको बताउनुभयो । सरकारी जागिरी मात्र रोजगारी नभएको भन्दै उहाँले जुन काम गर्यो त्यहि रोजगारी भएको र त्यसको कदर गर्न उहाँले सबैलाई आग्रह गर्नुभयो । साथै उहाँले पाएका सामग्रिको सदुपयोग गर्न भन्नुभएको छ ।

नगरपालिकाले यसअघि पनि वरोजगारलाई लक्षित गरेर विभिन्न सामग्रि वितरण गरेको र त्यसको अनुगमण गर्न बाँकी रहेको बताउनुभयो । ‘सरकारी अनुदान र सहयोगको दुरुपयोग भैइरहेको गुनासाहरु आईरहेका छन्, अव हामि अनुगमन गर्छौ, त्यस्तो पाईएमा कारवाहि हुन्छ, तपाईहरुले पनि दुरुपयोग गर्नुभयो भने कारबाहिको भागिदार हुनुपर्छ ।’ नगरपालिका आर्थिक समृद्धिको बाटोमा अगाडि बढिरहेको र यसका लागि कृषिमा लगानि बढाईएको समेत उहाँले स्पस्ट पार्नुभयो । सामग्रि पाएपछि कृषि उद्यम गर्न सहज हुने वडा नं. ४ सोलावाङका घमण्डकुमार खड्काले विश्वास व्यक्त गर्नुभयो । आफु १२ बर्ष भन्दा बढी साउदी अरवमा बसेर कोभिड–१९ का कारण वेरोजगार बनेर घर फर्किएको र अव कृषिमै केहि गर्ने सोच बनाएका बेला स्थानीय सरकारले सहयोग गरेपछि आफुलाई सहज हुने उहाँको विश्वास छ ।

आज नगरपालिकाको कार्यालय शेरिगाउँमा एक कार्यक्रमका विच सामग्रि हस्तान्तरण गरिएको हो । नगर प्रमुख देविलाल गौतम, उप–प्रमुख प्रेमकुमारी सुनार, निमित्त प्रमुख प्रशासकिय अधिकृत नरविर खड्का, कृषि अधिकृत प्रेमवहादुर खत्री लगायतले सामग्रि हस्तान्तरण गर्नुभएको हो ।

 


प्रकाशित मिति: शुक्रबार, मंसिर २६, २०७७  १७:४०
#७५ जनालाई कृषि सामग्रि हस्तान्तरण
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय सरकार
रुकुम पश्चिमका राजकुमार माओवादी केन्द्र कर्णालीको संसदीय दलको नेतामा चयन 
रुकुम पश्चिमका राजकुमार माओवादी केन्द्र कर्णालीको संसदीय दलको नेतामा चयन  बुधबार, पुस १३, २०७९
रुकुम पूर्वका १७ उम्मेदवारले चुनाव खर्च विवरण बुझाए, कसको खर्च कति ?  
रुकुम पूर्वका १७ उम्मेदवारले चुनाव खर्च विवरण बुझाए, कसको खर्च कति ?   मंगलबार, पुस ५, २०७९
जनार्दन शर्माको चुनाव खर्च २४ लाख, अरु कसको कति ? 
जनार्दन शर्माको चुनाव खर्च २४ लाख, अरु कसको कति ?  बुधबार, मंसिर २८, २०७९
एउटै वडाबाट तीन सांसद्, जिल्लाभर छ 
एउटै वडाबाट तीन सांसद्, जिल्लाभर छ  सोमबार, मंसिर २६, २०७९
रुकुम पश्चिमबाट पहिलो पटक ७ जना सांसद 
रुकुम पश्चिमबाट पहिलो पटक ७ जना सांसद  आइतबार, मंसिर २५, २०७९
प्रत्यक्ष तर्फ माओवादीका ३ सांसद रहेकाे रूकुम पश्चिममा समानुपातिक तर्फ दुई सांसद
प्रत्यक्ष तर्फ माओवादीका ३ सांसद रहेकाे रूकुम पश्चिममा समानुपातिक तर्फ दुई सांसद शनिबार, मंसिर २४, २०७९
रूकुम पश्चिमबाट समानुपातिक तर्फ एमालेका दुई सांसद
रूकुम पश्चिमबाट समानुपातिक तर्फ एमालेका दुई सांसद शनिबार, मंसिर २४, २०७९
नेकपा एसबाट रूकुम पश्चिमकी कल्याणि प्रदेश समानुपातिक सांसद
नेकपा एसबाट रूकुम पश्चिमकी कल्याणि प्रदेश समानुपातिक सांसद शनिबार, मंसिर २४, २०७९
चुनावको समिक्षा गर्दै माओवादी केन्द्र रुकुम पश्चिम 
चुनावको समिक्षा गर्दै माओवादी केन्द्र रुकुम पश्चिम  बिहीबार, मंसिर २२, २०७९
लोकप्रिय
  • Week
  • Month
डिग्रे मन्दिरको इतिहास र वर्तमान
डिग्रे मन्दिरको इतिहास र वर्तमान
सानीभेरी नदी किनारमा एक पुरुषकाे शव फेला 
सानीभेरी नदी किनारमा एक पुरुषकाे शव फेला 
बसको ठक्करबाट आठबीसकोटमा एक व्यक्तिको मृत्यु, २ जना घाइते, बसमाथि ताेडफाेड
बसको ठक्करबाट आठबीसकोटमा एक व्यक्तिको मृत्यु, २ जना घाइते, बसमाथि ताेडफाेड
बेल्टापु मेलाकाे अवसरमा आयाेजित विविध खेलकुद सम्पन्न
बेल्टापु मेलाकाे अवसरमा आयाेजित विविध खेलकुद सम्पन्न
सकियो डिग्रे मेला, फाेटाे र भिडिओमा  हेर्नुहाेस मेला
सकियो डिग्रे मेला, फाेटाे र भिडिओमा हेर्नुहाेस मेला
डिग्रे मेलामा एक आपसमा लट्ठी जुधाएर किन नाचिन्छ (भिडिओ सहित)
डिग्रे मेलामा एक आपसमा लट्ठी जुधाएर किन नाचिन्छ (भिडिओ सहित)
तीन हजार स्वयंसेवककाे नेतृत्व गर्दै जनार्दन अस्थायी आवास निर्माणमा (फाेटाे फिचर)
तीन हजार स्वयंसेवककाे नेतृत्व गर्दै जनार्दन अस्थायी आवास निर्माणमा (फाेटाे फिचर)
मातृ तथा शिशु स्वास्थ्यका लागि ७२ लाख खर्च 
मातृ तथा शिशु स्वास्थ्यका लागि ७२ लाख खर्च 
Badminton Badminton
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार

सूचना विभाग दर्ता नं. २१५९/२०७७-०७८
Email: [email protected]
Phone: ९८२२९८२३४५ र ९८२२८८८२०६
अध्यक्ष: धनबहादुर खड्का
सम्पादक: मनिष खड्का
  • कखरा बारे
  • Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
    • स्थानीय तह निर्वाचन २०७९
    © Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal - 2023 All rights reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्