चौरजहारी नगगरपालिका विद्यालय नआउने शिक्षकप्रति कडा बनेको छ । शिक्षकहरुको मनमर्जि बढेको गुनासो आएपछि विद्यालयमा अनुगमण बढाएको नगरपालिकाले आफु खुशि बिदामा वसेका शिक्षकहरुको तलब काटेको छ । पहिलो चौमासिकमा विद्यालयमा गयल हुने शिक्षकहरुको साढे २ लाख तलब काटिएको छ । विद्यालयमा कुनै जानकारी नगराएर बिदामा बसेका शिक्षकहरुको २ लाख ५६ हजार तलब काटिएको हो । ३७ वटा विद्यालयका ६९ जना शिक्षकको तलब काटिएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत रामवहादुर केसीले जानकारी दिनुभयो । तलब काटिनेमा विद्यालय कर्मचारी, शिक्षक सहित प्रध्यानाध्यापक सम्म रहेका छन् । विद्यालय हाँजिर नहुने आधारभुत विद्यालय नार्जिका प्र.अ.को तलब नगरपालिकाले काटेको हो ।
एकै शिक्षककाे ४२ हजारसम्म तलब काटियो
कममा १ दिन देखि बढीमा ४५ दिनसम्म विद्यालयमा हाँजिर नहुने शिक्षकहरु कारवाहिमा परेका छन् । निमित्त प्रमुख प्रशासकिय अधिकृत केसीका अनुसार एक शिक्षकबाट कममा दुई सय देखि ४२ हजार २ सय सम्म तलब काटिएको छ । पहिलो चौमासिकमा काटिएको २ लाख ५६ हजार नगरपालिकाको खातामा जम्मा गरिएको छ । काटिएको तलब नगरपालिकाको आन्तरिक राजश्वको रुपमा गणना हुने छ । यसमा अव झनै कडाई गर्ने नगरपालिकाले जनाएको छ । दोस्रो पटक पनि आफु खुशि बिदामा वसेको भेटिएमा अझ कडा कारवाही हुने निमित्त प्रमुख प्रशासकिय अधिकृत केसीले बताउनुभयो । शिक्षकहरु आफु धेरै दिनसम्म विद्यालयमा उपस्थित नहुँदा शिक्षाको गुणस्तर बढ्न नसकेको भन्दै यस्तो कदम चालिएको उहाँले बताउनुभयो । अव नियमित रुपमा विद्यालय अनुगमण गरिराख्ने र कमजोरी भेटिएमा कसैलाई पनि नछाडिने नगरको भनाई छ ।
धेरै शिक्षकहरु अझैपनि मनोमानि रुपमा चल्ने गरेको यसबाट पुष्टि भएको र मनोमानि गर्ने कसैलाई पनि नछाडिने नगर प्रमुख विशाल शर्मा बताउनुहुन्छ । शिक्षालाई नगरपालिकाले प्रमुख प्राथमिकता दिएको र शिक्षकहरुको लापरवाहिले त्यो पुरा नहुने उहाँको भनाई छ । ‘शिक्षकहरुको लापरवाही अव सैह्य हुँदैन्, उहाँले भन्नुभयो ।’