Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पूर्वका तीन स्थानीय तहमा १७ करोड २४ लाख बेरुजु, पुथाउत्तरगंगाको मात्र साढे १४ करोड 

रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिकामा आर्थिक वर्ष २०७६/०७७ मा साढे १४ करोड बेरुजु निस्किएको छ । महालेखापरीक्षकको कार्यालयले शुक्रबार सार्वजनिक गरेको ५८ औं वार्षिक प्रतिवेदन, २०७८ अनुसार पुथाउत्तरगंगामा लेखापरीक्षण गरिएको कुल रकमको १५.६४ प्रतिशत बेरुजु फेला परेको हो । 

जिल्लाका तीन स्थानीय तहमा १७ करोड २४ लाख ३८ हजार बेरुजु निस्किदा पुथाउत्तरगंगामा मात्र १४ करोड ५४ लाख ७८ हजार बेरुजु देखिएको हो । पुथाउत्तरगंगामा ९३ करोड ३ लाख २० हजार बजेटमा लेखापरीक्षण गरिएको प्रतिवेदनमा उल्लेख गरिएको छ । जिल्लामा सबैभन्दा कम बेरुजु भूमे गाउँपालिकामा देखिएको छ । 

 

गाउँपालिकामा ९५ करोड २९ लाख ३८ हजारको लेखापरीक्षण गर्दा ७७ लाख ५६ हजार बेरुजु निस्किएको छ । यो लेखापरीक्षण गरिएको कुल बजेटको ०.८१ प्रतिशत हो । सिस्ने गाउँपालिकामा १ करोड ९२ लाख ४ हजार बेरुजु निस्किएको छ । कुल ८२ करोड ६२ लाख ७६ हजार रकमको लेखापरीक्षण गर्दा २.३२ प्रतिशत बेरुजु फेला परेको छ । 

जिल्लाका तीन स्थानीय तहमा कुल १ अर्व ८७ करोड २२ लाख ४६ हजारको लेखापरीक्षण गरिएको थियो । 
 

प्रकाशित मिति: सोमबार, भदौ ७, २०७८  ०९:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update