Kakhara सबैको खबर सम्पूर्ण खबर
त्रिवेणिमा हेल्थ कलस्टरकाे बैठक
बैठकका सहभागिहरू ।

रुकुम पश्चिमकाे त्रिवेणि गाउँपालिकामा स्वास्थ्य र खानेपानी, सरसफाइ तथा स्वच्छताका क्षेत्रमा काम गर्ने संघ सस्थाहरुको बैठक बसेकाे छ । बैठकमा नेपाल रेडक्रस सोसाइटी, सुआहारा, रुकुमेली समाज विकास केन्द्र, स्वास्थ्यका लागि सक्षम प्रणाली, ओरेक नेपाल, स्वास्थ्य चौकी, आधारभूत स्वास्थ्य सेवा केन्द्र, वडाका प्रतिनिधि र पालिका स्वास्थ्य शाखाको सहभागिता रहेको थियो । संघ सस्थाहरुले आर्थिक बर्ष २०७८/७९ मा संचालन गर्ने गतिबिधिहरु बजेट सहित प्रस्तुत गरेका थिए । यसैगरी स्वास्थ्य संस्थाहरुले हाल स्वास्थ्य संस्था मार्फत भइराखेको सेवा तथा आवश्यकताको बारेमा जानकारी गराएका थिए । 

समग्र स्वास्थ्यका क्षेत्रका कार्यरत संघ संस्थाहरूका विचमा साझा धारणाकाे विकास गर्ने उदे्श्यले बैठक आयोजना गरिएकाे बताइएकाे छ । गाउँपालिका स्वास्थ्य तथा सामाजिक विकास शाखाले नेपाल रेडक्रस सोसाइटी रुकुम पश्चिमकाे सहयोगमा बैठक संचालन गरेकाे हाे । स्वास्थ्य र खानेपानी, सरसफाइ तथा स्वच्छताकाे क्षेत्रमा सुधारका लागि पालिकाले सबैसंग साझेदारी गरिरहेकाे र आगामी दिनमा पनि यसलाइ निरन्तरता दिइने कार्यवाहक गाउँपालिका अध्यक्ष माेहन ओलीले बताउनुभयाे । पालिकाकाे विकासमा संघ संस्थाहरूकाे याेगदान महत्वपूर्ण रहेकाे उहाँकाे भनाइ थियाे ।  

बैठकबाट स्वास्थ्य र खानेपानी, सरसफाइ तथा स्वच्छताका क्षेत्रमा भइरहेका गतिविधिको बारेमा प्रस्ट भएको र आगामी दिनमा थप सहकार्य गर्दै कार्यक्रम संचालन गरिने गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रमेश पुनले बताउनुभएकाे छ । बैठकमा स्वास्थ्य संयाेजक प्रेम पुनकाे पनि उपस्थिति रहेकाे थियाे ।

प्रकाशित मिति: बुधबार, भदौ १६, २०७८  ०९:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update