खेलाडीलाई वडा सदस्यको सहयोग
रुकुम पश्चिमका एक वडा सदस्यले खेलाडीलाई सहयोग गरेका छन् । आठबीसकोट नगरपालिका १०, का वडा सदस्य धनबहादुर कुसारीले तेक्वान्दो खेलाडीलाई चना, भलिबल र किकप्याड सहयोग गर्नुभएको हो । वडा सदस्य कुसारीले सिस्ने हिमाल तेक्वान्दो डोजाङका ३० खेलाडीलाई प्रति व्यक्ति एक किलोका दरले ३० किलो चना, २ वटा भलिबल र ३ वटा किकप्याड सहयोग गर्नुभएको हो ।
खेलाडीलाई आवश्यक सन्तुलित भोजन, खेल्नका लागि भलिबल र किकप्याड प्राप्त भएको प्रशिक्षक नरेश पुनले जानकारी दिनुभयो । वडा सदस्य कुसारीले यस अघि पनि विभिन्न व्यक्ति तथा संस्थाहरुलाई आर्थिक सहयोग गर्दै आउनुभएको छ । कोरोनाको कारण लकडाउन भएका बेला पनि उहाँले केहीलाई खाद्यान्न सहयोग गर्नुभएको थियो भने अभिभावकविहीन बालबालिकालाई पनि बेला बेला सहयोग गर्ने गर्नुभएको छ ।
प्रकाशित मिति: शनिबार, पुस ४, २०७७ १७:१८
प्रतिक्रिया दिनुहोस्