Kakhara सबैको खबर सम्पूर्ण खबर
उत्कृष्ट काम गर्ने मुसीकोटका दुई स्वास्थ्य संस्था पुरस्कृत

रुकुम पश्चिमको मुसीकोट नगरपालिकाले नगर क्षेत्र भित्र रहेका दुई वटा स्वास्थ्य संस्थालाई पुरस्कृत गरेको छ । वडा नम्बर १४ को छिबाङ स्वास्थ्य चौकी र वडा नम्बर २ को आधारभूत स्वास्थ्य सेवा केन्द्र समिबोटलाई नगरपालिकाले पुरस्कृत गरेको हो । आर्थिक बर्ष २०७७/०७८ मा गरेको प्रगतिलाई विभिन्न सुचकहरुको मूल्याङ्कनका आधारमा स्वास्थ्य चौकीहरु मध्येबाट छिबाङ स्वास्थ्य चौकी र आधारभूत स्वास्थ्य सेवा केन्द्रहरु मध्येबाट आधारभूत स्वास्थ्य सेवा केन्द्र समिबोटलाई पुरस्कृत गरिएको छ ।

नगर स्वास्थ्य शाखाको आयोजनामा दुइ दिनसम्म ञ्चालित पालिका स्तरीय स्वास्थ्य कार्यक्रमको बार्षिक समिक्षा गोष्ठीबाट पालिकाकै उत्कृष्ट संस्थाको रुपमा छनौट गरि पुरस्कृत गरिएको नगर स्वास्थ्य शाखा प्रमुख मानबहादुर खत्रीले जानकारी दिनुभयो । प्राेत्साहनका लागि उत्कृष्ट स्वास्थ्य संस्था छनाैट गरी पुरस्कृत गरिएकाे उहाँकाे भनाइ छ । विभिन्न सूचकहरू ताेकिएकाे र साे आधारमा उत्कृष्ट स्वास्थ्य संस्था छनौट गर्ने गरिएको उहाँले बताउनुभयो । 

प्रकाशित मिति: शनिबार, असोज २, २०७८  १९:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update