Kakhara सबैको खबर सम्पूर्ण खबर
स्यार्पूमा आयोजित विविध खेलकुद प्रतियोगिता सम्पन्न
पुरुष भलिबलमा प्रथम आएकाे टीम ।

रुकुम पश्चिमको स्यार्पूमा आयोजित स्यार्पू पर्यटन महोत्सवमा आयोजित विभिन्न खेलकुद प्रतियोगिता सम्पन्न भएका छन् । हरेक वर्षको असोज ११ गते आयोजना हुने महोत्सव जस्तै यो वर्ष पनि विभिन्न खेलकुद प्रतियोगिता सम्पन्न भएका हुन् । पुरुषतर्फ भलिबलमा बाँफिकोट गाउँपालिका २ नम्बर वडा प्रथम, ३ नम्बर वडाको बी टिम दोस्रो भएका छन् । सिस्ने गाउँपालिका ८, लम्पाकोट रुकुम पूर्व तेस्रो भएको छ ।

महिलातर्फ भलिबलमा बाँफिकोट गाउँपालिका ३ दह प्रथम, सिस्ने गाउँपालिका ८, रुकुम पूर्व दोस्रो भएको छ भने बाँफिकोट गाउँपालिका ५ को टिम तेस्रो भएको छ । पुरुषतर्फ भलिबलमा प्रथम आउनेले ५१ हजार, दोस्रो आउनेले ३५ हजार र तेस्रो आउनेले २२ हजार नगद पुरुस्कार पाएका छन् ।

महिलातर्फ प्रथम आउनेलाई ३०, दोस्रोलाई २० र तेस्रो आउनेलाई १० हजार नगद पुरस्कार दिइएको आयोजक गाउँ खेलकुद विकास समितिका सचिव लालबहादुर केसीले जानकारी दिनुभयो । पुरुषतर्फको ब्याडमिन्टनमा भावेष बोहरा र सिदार्थ केसीको जोडी प्रथम आएको छ भने अनिल बुढा र अविनाश केसीको जोडी दोस्रो आउँदा सल्यानको महेश ओली र टेकबहादुर ओलीको जोडी तेस्रो भएको छ ।

महिलातर्फको ब्याडमिन्टनमा शारदा चन्द र निर्मला मल्लको जोडी प्रथम, रिता खत्री र दिपा खत्रीको जोडी दोस्रो र डिला पुन र कोपिला गुरुङको जोडी तेस्रो भएको छ । ब्याडमिन्टनतर्फ पुरुष तथा महिला दुवैतर्फ प्रथम आउनेलाई दश हजार, दोस्रोलाई ७ र तेस्रो आउने समूहलाई ५ हजार नगद पुरस्कार दिइएको छ ।

स्यार्पूतालमा गरिएको पौडी प्रतियोगितामा झलकमान मल्ल प्रथम, सन्देश केसी दोस्रो र टिकाराम मल्ल तेस्रो भएका छन् । पौडीमा प्रथम आउनेलाई २ हजार ५ सय, दोस्रो आउनेलाई १ हजार ५ सय र तेस्रो आउनेलाई १ हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको थियो । २०६७ सालदेखि हरेक असोज ११ गते स्यार्पूमा स्यार्पू पर्यटन महोत्सव लगाउने गरिएको छ । 
 

प्रकाशित मिति: शनिबार, असोज १६, २०७८  १७:००
प्रतिक्रिया दिनुहोस्
Weather Update