Kakhara सबैको खबर सम्पूर्ण खबर

सडक निर्माणको विषयमा ११ जना घाइते भएका छन् । सडक निर्माणको क्रममा जग्गाधनीहरु बीच एक आपसमा विवाद बढ्दै गएपछि ११ जना घाइते भएका हुन् । चौरजहारी नगरपालिका–७, मेलैनाउली बजारमा गत वर्ष जस्तै यो वर्ष पनि सडक निर्माण कार्य अवरुद्ध गरिएको छ । सडक निर्माण गर्ने र गर्नुहुन्न पक्षबीच विवाद बढेपछि हानाहान भएको प्रहरीले जनाएको छ । सडक लैजानुपर्छ भन्ने माथिगाउँबासी र पूरानै सडकबाट काम चलाउनुपर्छ सडक बनाउनुहुन्न भन्ने तलिगाउ“ बिचमा विवाद भएको थियो ।

शुक्रबार बेलुकी भएको झडप नियन्त्रण गर्न प्रहरीले एक राउण्ड हवाई फायर समेत गरेको थियो । झण्डै १ सय ५० जना मान्छेको उपस्थितिमा झडप भएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक ठगबहादुर केसीले जानकारी दिनुभयो । झडप नियन्त्रण लिन प्रहरीले हवाई फायर गर्नुपरेको डिएसपी केसीले बताउनुभयो । झडपमा दुवै गाउँका घाइते भएका छन् ।

घाइते ११ जनालाई नै थप उपचरका लागि नेपालगञ्ज रिफर गरिएको छ । झडपमा परी सोही वडाका ४० वर्षीय शंकर जैसी, २५ वर्षका सुरेश शर्मा, २८ वर्षका कृष्ण जैसी र ५५ वर्षीय बहादुर जैशी घाइते भएका छन् । यसैगरी ६३ वर्षीय टिकु जैसी, ६० वर्षीय दलु जैसी, २२ वर्षीय सुजल आचार्य,१९ वर्षीय रोशन केसी घाइते भएका छन् । २३ वर्षीय विकास शर्मा, ३८ वर्षीय रामप्रसाद शर्मा ६० वर्षीय ज्ञानबहादुर शाही घाइते भएका छन् ।

गएको वर्षमा पनि यही ठाउँमा सडक निर्माणमा अवरुद्ध भएको थियो । सडक निर्माणको सन्दर्भमा तलिगाउँबासीले अवरुद्ध गरेका थिए । पूरानै सडक चलाउनुपर्ने माग तल्लोगाउँबासीको छ । माथिल्लो गाउँबासीले भने सडक बनाउनुपर्ने अडानमा छन् । हरेक वर्ष पर्ने बजेटबाट सडक बनाउनुपर्ने भनिएपनि तल्लोगाउँकाले आफ्नो जग्गा मिचिने भएर सडक बनाउन नदिएको आरोप माथिगाउँबासीको छ ।

चौरजहारीका नगरप्रमुख विशाल शर्माले तल्लो सडक मात्रै सञ्चालनमा ल्याउने र माथिल्लो सडक पनि बनाउनेबीच झडपको अवस्था आएको बताउनुभयो । यसको सहजिकरणका लागि नगरपालिकाले पहल गर्ने उनको भनाई छ । सडक निर्माणको सन्दर्भमा आवश्यक सबै ठाउँमा सडक बनाइने भनाई पनि उहाको छ ।

प्रकाशित मिति: शनिबार, पुस ११, २०७७  १६:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update