Kakhara सबैको खबर सम्पूर्ण खबर
गाउँमै पुगेर अपांगता परिचय पत्र प्रदान
परिचय पत्र प्रदान गर्नुहुँदै सिस्ने गाउँपालिका उपाध्यक्ष गोबरधन बुढा मगर ।

रुकुम पूर्वको सिस्ने गाउँपालिका वडा नम्बर २ का ५ जना अपांगता भएका व्यक्तिलाई परिचय पत्र प्रदान गरिएको छ । शिविर मार्फत वडामै पुगेर गाउँपालिकाले ख र ग वर्गका परिचय पत्र प्रदान गरिएको हो ।

एक जनाको परिचय पत्र संसोधन गरिदिएको शिविरमा खटिनु भएका उपाध्यक्ष गोबरधन बुढा मगरले जानकारी दिनुभयो । एमबीबीएस डाक्टरको उपस्थितिमा स्वास्थ्य चेकजाँच गरी शिविर मार्फत परिचय पत्र प्रदान गरिरहेको उपाध्यक्ष बुढाले बताउनुभयो । सोही शिविर मार्फत १ जनालाई जेष्ठ नागरिक परिचय पत्र पनि वितरण गरिएको छ ।

१० जनाको स्वास्थ्य चेकजाँच गरिएको शिविरमा खटिएको टोलीले जनाएको छ । शिविरमा उपाध्यक्ष बुढा, डाक्टर पूर्णबहादुर बुढा, शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख मंगलसिङ बुढा लगायतको टोली छ । शिविर १२ र १३ गते १ नम्बर वडाको सिस्नेमा गर्ने तयारी गरिएको छ । 

प्रकाशित मिति: मंगलबार, फागुन १०, २०७८  २०:४०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update