Top Navigation
बुधबार, साउन २५, २०७९ ०५:५८:२८
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • स्थानीय तहको नीति, कार्यक्रम र बजेट २०७९
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
बुधबार, साउन २५, २०७९ ०५:५८:२८
Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • स्थानीय तहको नीति, कार्यक्रम र बजेट २०७९
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
  • ट्रेण्डिङ
  • #मृत्यु
  • #अरिंगालकाे टाेकाइ
  • #वडा विशेष
  • #बाँफिकाेट २
  • #प्रकाश खत्री
  • #नि:शुल्क दुध
  • #सम्बन्ध विच्छेद
Search Here
वडा
  • Home
  • वडा
  • मुसीकोट १३ ले सुत्केरीलाई एक हजार र स्वमंसेविकालाई मासिक ५ सय भत्ता दिने   
मुसीकोट १३ ले सुत्केरीलाई एक हजार र स्वमंसेविकालाई मासिक ५ सय भत्ता दिने   
कखरा संवाददाता
कखरा संवाददाता शुक्रबार, साउन १३, २०७९
सुत्केरी विवशा खड्कालाइ सुत्केरी स्याहार खर्च दिदै वडाध्यक्ष लगायत ।

रुकुम पश्चिमको मुसीकोट नगरपालिका वडा नम्बर १३ ले असल आमा सुत्केरी प्रोत्साहन कार्यक्रम ल्याएको छ । सुत्केरी आमा र शिशुलाई लक्षित गरेर वडाले चालु आर्थिक वर्षका लागि यो कार्यक्रम ल्याएको हो । श्रावण १ गतेबाट सुरु भएको कार्यक्रमका लागि वडाले १ लाख बजेट विनियोजन गरेको छ ।यस कार्यक्रमबाट सुत्केरीलाई १ हजार रुपैंया वितरण गरिने वडाध्यक्ष खलबहादुर खड्काले जानकारी दिनुभयो । नगद सहित आमालाई न्यानो बर्की र शिशुलाई न्यानो कपडा समेत वितरण गरिने उहाँको भनाई छ । यसबाट आमा र शिशुको पोषण स्थितिमा सुधार आउने अपेक्षा गरिएको उहाँले बताउनुभयो । 

त्यस्तै वडाले महिला महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई भत्ता दिने भएको छ । यसै कार्यक्रमबाट वडामा रहेका ४ जना महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई मासिक ५ सयका दरले भत्ता बाँडिने वडाध्यक्ष खड्काले बताउनुभयो । विना तलव काम गरिरहेका स्वयंसेविकाहरुलाई यसबाट प्रोत्साहन हुने अपेक्षा वडाले लिएको छ । असल आमा सुत्केरी प्रोत्साहन कार्यक्रम अन्तरगत आज एक सुत्केरीलाई घरमै पुगेर एक हजार नगद र न्यानो कपडा वितरण गरिएको छ । वडाध्यक्ष खड्का, सदस्य मिलन खड्का, गोपालसिंह केसी, वडा सचिव युवराज खड्का, महिला स्वास्थ्य स्वयंसेविका कमला केसीको उपस्थितिमा विवशा खड्कालाई स्याहार खर्च उपलब्ध गराईएको हो । 

यसैविच यो कार्यक्रमका विषयमा वडाले आज वडामा रहेका सरोकारवालाहरुसंग अन्तरक्रिया गरेको छ । सरोकारवालासंग यो कार्यक्रमको उद्ेश्यका विषयमा छलफल गरिएको वडाध्यक्ष खड्काले बताउनुभयो । कार्यक्रममा मुसीकोट नगरपालिकाका स्वास्थ्य शाखा संयोजक मानबहादुर खत्री, स्वास्थ्य चौकी इन्चार्ज चन्द्रबिर रोका लगायतको उपस्थिति रहेको थियो ।
 


प्रकाशित मिति: शुक्रबार, साउन १३, २०७९  १७:०१
Bijayswori Bijayswori
स्वास्थ्य सेवा कार्यालय स्वास्थ्य सेवा कार्यालय
#असल आमा सुत्केरी प्रोत्साहन कार्यक्रम #मुसीकाेट १३
प्रतिक्रिया दिनुहोस्
थप वडा
कार्यपालिकाका विश्वासी ‘कान्छा’ वडाध्यक्ष
कार्यपालिकाका विश्वासी ‘कान्छा’ वडाध्यक्ष सोमबार, साउन २३, २०७९
मुसीकोट ६ का बालबालिकालाई प्रत्येक दिन विद्यालयमै  नि:शुल्क दुध
मुसीकोट ६ का बालबालिकालाई प्रत्येक दिन विद्यालयमै नि:शुल्क दुध शुक्रबार, साउन २०, २०७९
सिस्ने ८ मा विपद् व्यवस्थापन समिति
सिस्ने ८ मा विपद् व्यवस्थापन समिति बुधबार, साउन १८, २०७९
सुत्केरीलाई स्याहार खर्च बाँड्दै वडाध्यक्ष 
सुत्केरीलाई स्याहार खर्च बाँड्दै वडाध्यक्ष  बुधबार, साउन ११, २०७९
खानेपानीको ट्याङ्कीमा क्षेती
खानेपानीको ट्याङ्कीमा क्षेती बुधबार, साउन ४, २०७९
मुसीकोट १० मा ४ सय क्विन्टल लसुन उत्पादन
मुसीकोट १० मा ४ सय क्विन्टल लसुन उत्पादन बिहीबार, असार ३०, २०७९
मुसीकोट १३ मा ५ विपन्न घर परिवारलाई नि:शुल्क प्लास्टिक वितरण
मुसीकोट १३ मा ५ विपन्न घर परिवारलाई नि:शुल्क प्लास्टिक वितरण बुधबार, असार २९, २०७९
मुसीकोट १० का ८ घरमा खरको छाना हटाईयो 
मुसीकोट १० का ८ घरमा खरको छाना हटाईयो  सोमबार, असार २७, २०७९
ढुंगा खसेर वडा कार्यालयमा क्षति 
ढुंगा खसेर वडा कार्यालयमा क्षति  सोमबार, असार २०, २०७९
लोकप्रिय
  • Week
  • Month
अरिंगालको टोकाईबाट सुनारकाे मृत्यु 
अरिंगालको टोकाईबाट सुनारकाे मृत्यु 
सानीभेरीका एक युवा मुम्बईमा मृत भेटिए
सानीभेरीका एक युवा मुम्बईमा मृत भेटिए
कार्यपालिकाका विश्वासी ‘कान्छा’ वडाध्यक्ष
कार्यपालिकाका विश्वासी ‘कान्छा’ वडाध्यक्ष
मुसीकोट ६ का बालबालिकालाई प्रत्येक दिन विद्यालयमै  नि:शुल्क दुध
मुसीकोट ६ का बालबालिकालाई प्रत्येक दिन विद्यालयमै नि:शुल्क दुध
रूकुम पश्चिममा विकराल बन्दै सम्बन्ध विच्छेद, १ वर्षमा झण्डै २ सय मुद्दा दर्ता  
रूकुम पश्चिममा विकराल बन्दै सम्बन्ध विच्छेद, १ वर्षमा झण्डै २ सय मुद्दा दर्ता  
रुकुम पूर्वमा लटरम्म स्याउ (फोटो फिचर) 
रुकुम पूर्वमा लटरम्म स्याउ (फोटो फिचर) 
पुथाउत्तरगंगा गाउँपालिकाले भर्ना गर्यो ४५ जना कर्मचारी र बाल शिक्षा सहयाेगी कार्यकर्ता
पुथाउत्तरगंगा गाउँपालिकाले भर्ना गर्यो ४५ जना कर्मचारी र बाल शिक्षा सहयाेगी कार्यकर्ता
स्थानीय तहकाे निर्वाचन पछि रुकुम पश्चिममा १३ सय २२ जना मतदाता थपिए 
स्थानीय तहकाे निर्वाचन पछि रुकुम पश्चिममा १३ सय २२ जना मतदाता थपिए 
रुकुम पश्चिममा कोभिड संक्रमण बढेपछि संक्रियता बढाईदै 
रुकुम पश्चिममा कोभिड संक्रमण बढेपछि संक्रियता बढाईदै 
भल पसेन, कमलदह भरिएन
भल पसेन, कमलदह भरिएन
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार

सूचना विभाग दर्ता नं. २१५९/२०७७-०७८
Email: [email protected]
Phone: ९८२२९८२३४५ र ९८२२८८८२०६
अध्यक्ष: धनबहादुर खड्का
सम्पादक: मनिष खड्का
  • कखरा बारे
  • Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
    • स्थानीय तह निर्वाचन २०७९
    • स्थानीय तहकाे बजेट २०७८
    © Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal - 2022 All rights reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्