Top Navigation
शनिबार, माघ २१, २०७९ ११:१९:१९
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • प्रतिनिधि/प्रदेशसभा निर्वाचन २०७९
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
शनिबार, माघ २१, २०७९ ११:१९:१९
Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • प्रतिनिधि/प्रदेशसभा निर्वाचन २०७९
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
  • ट्रेण्डिङ
  • #साँख गाउँ
  • #पापिनी मेला
  • #पापिनी विवाह
  • #भलिबल
  • #साँख
  • #अर्गानिक
  • #दिवा खाजामा लापरवाही
Search Here
स्थानीय सरकार
  • Home
  • स्थानीय सरकार
  • तीन दिन भित्र कार्यपालिका बैठक बोलाउन मुसीकोटका १७ कार्यपालिका सदस्यको माग 
तीन दिन भित्र कार्यपालिका बैठक बोलाउन मुसीकोटका १७ कार्यपालिका सदस्यको माग  एकलाैटि गर्दै गए चुप लागेर नबस्ने चेतावनी ।
कखरा संवाददाता
कखरा संवाददाता आइतबार, भदौ २६, २०७९
माया बेकरी माया बेकरी
१७ जना कार्यपालिका सदस्यले नगर प्रमुखलाई बुझाएकाे पत्र ।

रुकुम पश्चिमको मुसीकोट नगर कार्यपालिकाका १७ जना सदस्यहरुले तत्काल कार्यपालिका बैठक बोलाउन आग्रह गरेका छन् । नयाँ आर्थिक वर्ष २०७९/०८० सुरु भएपछि एउटा पनि कार्यपालिका बैठक बस्न नसकेको र महत्वपूर्ण निर्णयहरु हुन नसकेको भन्दै उपप्रमुख सहित बहुमत कार्यपालिका सदस्यहरुले आज देखि तीन दिन भित्र कार्यपालिका बैठक बोलाउन आग्रह गरेका हुन् । 

श्रावण देखि हालसम्म कुनैपनि बैठक बस्न नसकेको र जसका कारण नगरपालिकाको प्रशासनिक तथा दैनिक कामकाज सञ्चालनमा समेत असहजता पैदा भएकोले स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम तीन दिन भित्र नगर कार्यपालिका बैठक बोलाउन बहुमत नगर कार्यपालिका सदस्यहरुले अल्टिमेटम दिएका छन् । साथै उनिहरुले बैठकका एजेण्डाहरु पनि तय गरेका छन् । 

शिक्षा शाखा प्रमुख बिनाराम खड्कालाई निमित्त प्रमुख प्रशासकीय अधिकृत तोक्दा कार्यपालिकाको निर्णय अनुसार भनि पत्र लेखिएको, उपसचिवको दरबन्दी कायम भएको नगरपालिकामा उपसचिव हाँजिर हुन आउँदा हाँजिर गराउन नसकिने भनि पत्र लेखिएको, कर्मचारीको सहमति अनुमति दिईएको र कार्यपालिकाका निर्णय बिना भएका ठेक्का टेण्डरलाई कार्यपालिका बैठकका एजेण्डा बनाउन उनिहरुले भनेका छन् । 

आज नगर प्रमुख महेन्द्र केसीलाई पत्र बुझाउँदै बहुमत कार्यपालिका सदस्यहरुले नगर प्रमुख एकलौटी रुपमा अगाडी बढ्न खोजेको आरोप पनि लगाएका छन् । नगर उपप्रमुख विमलकुमार पुनले नगरपालिका संस्थागत रुपमा अगाडी बढ्नुपर्ने बताउनुभयो । एकलौटी रुपमा हिड्ने कुराले कसैलाई फाइदा नगर्ने र त्यसो गर्न खोजिए आफुहरु चुप लागने नबस्ने उहाँले चेतावनी दिनुभयो । 

कार्यपालिका बैठक पनि बोलाउनुहोस् भनेर भन्नु लाजमर्दो विषय भएको मुसीकोट १२ का वडाध्यक्ष धिरन शिर्पालीले बताउनुभयो । कार्यपालिका बैठक बोलाउने मेयरको अधिकार भएको र नयाँ आर्थिक वर्ष सुरु भएको लामो समयसम्म पनि कार्यपालिका बैठक नबसेका कारण बाध्य भएर बैठक बोलाउ भनेर भन्ने अवस्था आएको उहाँको भनाई छ । 

मुसिकाेट नगरपालिका

आगामी दिनमा सयौं बैठकहरु बस्नुपर्ने भएपनि नगर प्रमुख अहिले देखि नै एकपक्षिय रुपमा अगाडी बढ्न खोज्नु र बैठक नै नबोलाउनु राम्रो कुरा नभएको उहाँको भनाई छ । नगर प्रमुख महेन्द्र केसीले छिट्टै कार्यपालिका बैठक बोलाउने कार्यपालिका सदस्यहरुलाई आश्वासन दिएको वडा नम्बर १० का वडाध्यक्ष धनबहादुर खड्काले बताउनुभयो । कार्यपालिका बैठक बिना महत्वपूण प्रशासनिक र नीतिगत काम गर्दै जाने तर प्रत्यक्ष जनतासंग जोडिएका काम गर्नुपरेमा भने माओवादी र समाजवादीले काम गर्न दिएनन्, बैठक बस्न दिएनन् भनेर अपवाह फैलाउने काम भएकोले पनि तत्काल बैठक बोलाउन भनेको उहाँले बताउनुभयो । 

नगर प्रमुखले एकलौटी गरेको भन्दै यसअघि नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रबाट निर्वाचित कार्यपालिका सदस्यहरुले समन्वय नगरिएका कार्यक्रम बहिष्कारको घोषणा गरेका थिए । 

305743932_1209832586466782_7371478421315524915_n1662893708.jpg


प्रकाशित मिति: आइतबार, भदौ २६, २०७९  १६:३५
चाैरजहारी चाैरजहारी
##मुसीकाेट #जनप्रतिनिधकाे लडाइँ
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय सरकार
रुकुम पश्चिमका राजकुमार माओवादी केन्द्र कर्णालीको संसदीय दलको नेतामा चयन 
रुकुम पश्चिमका राजकुमार माओवादी केन्द्र कर्णालीको संसदीय दलको नेतामा चयन  बुधबार, पुस १३, २०७९
रुकुम पूर्वका १७ उम्मेदवारले चुनाव खर्च विवरण बुझाए, कसको खर्च कति ?  
रुकुम पूर्वका १७ उम्मेदवारले चुनाव खर्च विवरण बुझाए, कसको खर्च कति ?   मंगलबार, पुस ५, २०७९
जनार्दन शर्माको चुनाव खर्च २४ लाख, अरु कसको कति ? 
जनार्दन शर्माको चुनाव खर्च २४ लाख, अरु कसको कति ?  बुधबार, मंसिर २८, २०७९
एउटै वडाबाट तीन सांसद्, जिल्लाभर छ 
एउटै वडाबाट तीन सांसद्, जिल्लाभर छ  सोमबार, मंसिर २६, २०७९
रुकुम पश्चिमबाट पहिलो पटक ७ जना सांसद 
रुकुम पश्चिमबाट पहिलो पटक ७ जना सांसद  आइतबार, मंसिर २५, २०७९
प्रत्यक्ष तर्फ माओवादीका ३ सांसद रहेकाे रूकुम पश्चिममा समानुपातिक तर्फ दुई सांसद
प्रत्यक्ष तर्फ माओवादीका ३ सांसद रहेकाे रूकुम पश्चिममा समानुपातिक तर्फ दुई सांसद शनिबार, मंसिर २४, २०७९
रूकुम पश्चिमबाट समानुपातिक तर्फ एमालेका दुई सांसद
रूकुम पश्चिमबाट समानुपातिक तर्फ एमालेका दुई सांसद शनिबार, मंसिर २४, २०७९
नेकपा एसबाट रूकुम पश्चिमकी कल्याणि प्रदेश समानुपातिक सांसद
नेकपा एसबाट रूकुम पश्चिमकी कल्याणि प्रदेश समानुपातिक सांसद शनिबार, मंसिर २४, २०७९
चुनावको समिक्षा गर्दै माओवादी केन्द्र रुकुम पश्चिम 
चुनावको समिक्षा गर्दै माओवादी केन्द्र रुकुम पश्चिम  बिहीबार, मंसिर २२, २०७९
लोकप्रिय
  • Week
  • Month
पापिनी मेला भलिबलको उपाधि रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रलाई
पापिनी मेला भलिबलको उपाधि रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रलाई
मुसिकोट १४ मा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, एक गम्भिर घाइते 
मुसिकोट १४ मा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, एक गम्भिर घाइते 
आठबीसकोटको साजेबगरमा स्काभेटर दुर्घटना हुँदा चालक घाइते 
आठबीसकोटको साजेबगरमा स्काभेटर दुर्घटना हुँदा चालक घाइते 
साँखमा पापिनी विवाह (फोटो फिचर) 
साँखमा पापिनी विवाह (फोटो फिचर) 
सानीभेरी र रुकम पश्चिम भलिबल प्रशिक्षण केन्द्र फाइनलमा
सानीभेरी र रुकम पश्चिम भलिबल प्रशिक्षण केन्द्र फाइनलमा
त्रिजमाविका विद्यार्थीको निःशुल्क आँखा जाँच, दृष्टि दोष धेरै 
त्रिजमाविका विद्यार्थीको निःशुल्क आँखा जाँच, दृष्टि दोष धेरै 
भूमे ३ मा जेष्ठ नागरिक सम्मानित
भूमे ३ मा जेष्ठ नागरिक सम्मानित
भूमे गाउँपालिकामा कृषकलाई फलफूलका बिरुवा वितरण 
भूमे गाउँपालिकामा कृषकलाई फलफूलका बिरुवा वितरण 
मुसिकोट खलंगा बहुमुखी क्याम्पसमा पूर्व विद्यार्थी समाज गठन
मुसिकोट खलंगा बहुमुखी क्याम्पसमा पूर्व विद्यार्थी समाज गठन
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार

सूचना विभाग दर्ता नं. २१५९/२०७७-०७८
Email: [email protected]
Phone: ९८२२९८२३४५ र ९८२२८८८२०६
अध्यक्ष: धनबहादुर खड्का
सम्पादक: मनिष खड्का
  • कखरा बारे
  • Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
    • प्रतिनिधि/प्रदेशसभा निर्वाचन २०७९
    • स्थानीय तह निर्वाचन २०७९
    © Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal - 2023 All rights reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्