Kakhara सबैको खबर सम्पूर्ण खबर
मौराखारा गुरिल्ला म्याराथनको समिक्षा, अर्को वर्ष थप व्यवस्थित गर्ने लक्ष

रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा फागुन १ गते संचालित चौथो राष्ट्रिय मौराखारा गुरिल्ला म्याराथनको समिक्षा भएको छ । सानीभेरी गाउँपालिकाले जनयुद्ध दिवसको अवसर पारी हरेक वर्ष जस्तै यो वर्ष पनि म्याराथन आयोजना गरेको थियो । आज गाउँपालिकाले एक कार्यक्रमको आयोजना गरी म्याराथनको समिक्षा गरेको हो । यो पटकको म्याराथन गत वर्षहरुको तुलनामा राम्रो भएको निष्कर्ष निकालिएको छ । तर केहि व्यवस्थापकिय पक्ष भने कमजोर देखिएको कार्यक्रमका सहभागिहरुले बताएका थिए ।

यो वर्षका कमजोरीबाट पाठ सिक्ने अर्को वर्षको कार्यक्रमलाई थप भव्य बनाउन सहभागिहरुले सुझाव दिएका थिए । समिक्षा कार्यक्रमका सहभागिहरु गाउँ कार्यपालिका सदस्य, कर्मचारी, पत्रकार र सुरक्षाकर्मी लगायतले गुरिल्ला म्याराथन गाउँपालिकाको पहिचानको रुपमा स्थापित हुँदै गएको बताएका थिए । त्यस्तै मौराखारा लेकलाई पर्यटकिय क्षेत्रका रुपमा विकास गर्न स्थानीय सरकारले गुरुयोजना बनाएर काम गर्नुपर्नेमा समेत सहभागिहरुले सुझाव दिएका थिए । फागनु १ गते गुरिल्ला म्याराथन र २ गते कृषि, पर्यटन, साँस्कृतिक प्रदर्शनी आयोजना गरिएको थियो ।

गाउँपालिका अध्यक्ष तथा म्याराथन मुल समारोह समितिका संयोजक नरवहादुर पुनले म्याराथन समग्रमा अघिल्ला सिजन भन्दा यो वर्ष राम्रो भएको तर आयोजक, क्लब र स्वमसेवकबिच समन्वयमा केहि कमि देखिएको स्विकार्नुभयो । उहाँले आगामि दिनमा विज्ञहरुसंग सुझाव लिएर म्याराथनलाई व्यस्थित बनाउँदै लगिने प्रतिबद्धता समेत जनाउनुभएको छ । कार्यक्रममा बोल्दै निमित्त प्रमुख प्रशासकिय अधिकृत भुपालसिंह बिष्टले पनि म्याराथनमा देखिएका प्राविधिक त्रुटीहरुलाई आगामि वर्ष सुधार गरिने बताउनुभएको थियो । गाउँपालिकाले आयोजना गरेको म्याराथनमा स्थानीय मौराखारा युवा क्लवले संयोजन गरेको थियो ।

प्रकाशित मिति: मंगलबार, फागुन ११, २०७७  १७:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update