Top Navigation
शुक्रबार, असोज १२, २०८० ०८:२७:०६
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
शुक्रबार, असोज १२, २०८० ०८:२७:०६
Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
  • ट्रेण्डिङ
  • #स्यार्पू महाेत्सव
  • #मुख्यमन्त्री
  • #कर्णाली प्रदेश
  • #तयारी पुरा
  • #राजकुमार मगर
  • #दार्मा गाउँपालिका
  • #अवैध संरचना हटाउन निर्देशन
Search Here
स्थानीय सरकार
  • Home
  • स्थानीय सरकार
  • चौरजहारीमा नगर भवन सहित ८ वडा भवन बन्दै
चौरजहारीमा नगर भवन सहित ८ वडा भवन बन्दै नगर भवन अर्काे र वडा भवन यसै वर्ष बनिसक्ने ।
कखरा संवाददाता
कखरा संवाददाता शुक्रबार, फागुन १४, २०७७
सिस्ने गाउँपालिका सिस्ने गाउँपालिका
नगर भवन निर्माणकाे काम हुँदै ।

रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले नगर भवन सहित ८ वटा वडा कार्यालय भवन निर्माण गर्दै छ । नगरपालिकाले अर्को आर्थिक वर्षमा सक्ने गरी नगर भवनको र यसै आर्थिक वर्ष भित्रमा सक्ने गरी ८ वटा वडा कार्यालय भवन निर्माणको काम जारी रहेको बताएको छ । ४० कोठा भएको ५ तले नगर भवन निर्माण हुँदै छ । भवनको बढी काम यो वर्ष नै सकिने र अर्को वर्ष फिनिसिङको काम हुने नगर प्रमुख विशाल शर्माले जानकारी दिनुभयो । यो भवन १ करोड ८० लाखमा निर्माण हुँदै छ । भवन निर्माणका लागि नयाँ सहरी आयोजना चौरजहारीले आर्थिक सहयोग गरेको नगर प्रमुख शर्माले बताउनुभयो ।

हाल नगरपालिका कार्यालय रहेको वडा नं. २ को विजयश्वरीमा नै भवन निर्माण भइरहेको छ । यसअघि कार्यालय रहेको भवन भत्काएर सोही ठाउँमा भवन निर्माण भइरहेकाले नगरपालिकाको सेवा सोही ठाउँका रहेको एउटा विद्यालयबाट प्रवाह भइरहेको नगरपालिकाले जनाएको छ । त्यस्तै नगरका वडा नं. १, २, ३, ४, ९, १०, ११, १३ र १४ नम्बर वडा कार्यालय भवन पनि निर्माण भइरहेको नगर प्रमुख शर्माको भनाई छ । उहाँका अनुसार वडा नं. १, २ र ४ को भवन अन्तिम चरणमा पुगेको र अन्य वडाका भवन निर्माण पनि यसै आर्थिक वर्ष भित्रमा सक्ने लक्ष अनुसार काम भइरहेको छ ।

एउटा वडा कार्यालय भवन ४२ लाखमा निर्माण हुँदै छ । वडाका भवन निर्माणमा प्रधानमन्त्री र मुख्यमन्त्री रोजगार कार्यक्रमको बजेट हालिएको छ । अपुग भएको बजेट नगरपालिकाले व्यवस्थापन गर्ने छ । अहिले नगरका सबै १४ वटै वडा भाडाको घरमा संचालन भइरहेका छन् । भाडाको घरमा बस्नुपर्दा आर्थिक भार पर्नुका साथै सेवा प्रवाहमा समस्या भइरहेकाले वडाका आफ्नै भवन निर्माण गर्न लागिएको नगरपालिकाले जनाएको छ । नगर र वडा भवन संघीय मापदण्ड अनुसार एउटै डिजाईनमा निर्माण भइरहेका छन् । बाँकी वडाका भवन अर्को वर्ष निर्माण हुने नगर प्रमुख शर्माले जानकारी गराउनुभयो ।

आफ्नै भवनमा कार्यालय भएपछि सेवा प्रवाहमा सहज हुनुका साथै आर्थिक भार केहि कम हुने नगरपालिकाले विश्वास लिएको छ । एकै वर्षमा यति धेरै भवन निर्माण गर्न लागेको चौरजहारी नगरपालिका पहिलो स्थानीय तह हो । जिल्लामा कुल ६ स्थानीय तह र ७३ वडा रहेकामा अधिकांश वडा भाडाकै घरमा संचालन भइरहेका छन् ।अहिलेसम्म जिल्लाका कुनैपनि स्थानीय तहले आफ्नै भवन निर्माण गरिसकेका छैनन् । बाँफिकोट गाउँपालिकाको भवन निर्माणको काम लामो समय देखि जारी छ । अन्य स्थानीय तहले आफ्नै भवन निर्माणको काम सुरु गरिसकेका छैनन् ।


प्रकाशित मिति: शुक्रबार, फागुन १४, २०७७  १२:०३
कृषि कृषि
#नगर भवन #वडा भवन
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय सरकार
रुकुम पश्चिमका राजकुमार माओवादी केन्द्र कर्णालीको संसदीय दलको नेतामा चयन 
रुकुम पश्चिमका राजकुमार माओवादी केन्द्र कर्णालीको संसदीय दलको नेतामा चयन  बुधबार, पुस १३, २०७९
रुकुम पूर्वका १७ उम्मेदवारले चुनाव खर्च विवरण बुझाए, कसको खर्च कति ?  
रुकुम पूर्वका १७ उम्मेदवारले चुनाव खर्च विवरण बुझाए, कसको खर्च कति ?   मंगलबार, पुस ५, २०७९
जनार्दन शर्माको चुनाव खर्च २४ लाख, अरु कसको कति ? 
जनार्दन शर्माको चुनाव खर्च २४ लाख, अरु कसको कति ?  बुधबार, मंसिर २८, २०७९
एउटै वडाबाट तीन सांसद्, जिल्लाभर छ 
एउटै वडाबाट तीन सांसद्, जिल्लाभर छ  सोमबार, मंसिर २६, २०७९
रुकुम पश्चिमबाट पहिलो पटक ७ जना सांसद 
रुकुम पश्चिमबाट पहिलो पटक ७ जना सांसद  आइतबार, मंसिर २५, २०७९
प्रत्यक्ष तर्फ माओवादीका ३ सांसद रहेकाे रूकुम पश्चिममा समानुपातिक तर्फ दुई सांसद
प्रत्यक्ष तर्फ माओवादीका ३ सांसद रहेकाे रूकुम पश्चिममा समानुपातिक तर्फ दुई सांसद शनिबार, मंसिर २४, २०७९
रूकुम पश्चिमबाट समानुपातिक तर्फ एमालेका दुई सांसद
रूकुम पश्चिमबाट समानुपातिक तर्फ एमालेका दुई सांसद शनिबार, मंसिर २४, २०७९
नेकपा एसबाट रूकुम पश्चिमकी कल्याणि प्रदेश समानुपातिक सांसद
नेकपा एसबाट रूकुम पश्चिमकी कल्याणि प्रदेश समानुपातिक सांसद शनिबार, मंसिर २४, २०७९
चुनावको समिक्षा गर्दै माओवादी केन्द्र रुकुम पश्चिम 
चुनावको समिक्षा गर्दै माओवादी केन्द्र रुकुम पश्चिम  बिहीबार, मंसिर २२, २०७९
लोकप्रिय
  • Week
  • Month
अमेरिकामा भएको इन्ट्राकप भलिबलमा टीम रूकुम प्रथम
अमेरिकामा भएको इन्ट्राकप भलिबलमा टीम रूकुम प्रथम
अवैध भरुवा बन्दुकसहित एक जना पक्राउ
अवैध भरुवा बन्दुकसहित एक जना पक्राउ
इन्ट्रा कपमा टिम रुकुमका ४ खेलाडी उत्कृष्ट
इन्ट्रा कपमा टिम रुकुमका ४ खेलाडी उत्कृष्ट
पुमा खोलामा बेपत्ता गिरीको शव फेला
पुमा खोलामा बेपत्ता गिरीको शव फेला
स्यार्पू महोत्सवको तयारी पुरा, भोली कर्णालीका मुख्यमन्त्रीले उद्घाटन गर्ने 
स्यार्पू महोत्सवको तयारी पुरा, भोली कर्णालीका मुख्यमन्त्रीले उद्घाटन गर्ने 
स्यार्पू महोत्सव सुरु (फाेटाे सहित)
स्यार्पू महोत्सव सुरु (फाेटाे सहित)
प्रकाश रन्काको कान्छी फिलिली (भिडिओ सहित)
प्रकाश रन्काको कान्छी फिलिली (भिडिओ सहित)
स्यार्पू ताललाई आय आर्जनसँग जोड्नुपर्छ: मुख्यमन्त्री शर्मा 
स्यार्पू ताललाई आय आर्जनसँग जोड्नुपर्छ: मुख्यमन्त्री शर्मा 
उत्कृष्ट भिडिओ इडिटर अवार्ड राजकुमारलाई 
उत्कृष्ट भिडिओ इडिटर अवार्ड राजकुमारलाई 
विकासलाई छिटोछरितो र प्रभावकारी बनाउन सबै एकताबद्ध भएर लाग्नुहाेस्ः मुख्यमन्त्री शर्मा
विकासलाई छिटोछरितो र प्रभावकारी बनाउन सबै एकताबद्ध भएर लाग्नुहाेस्ः मुख्यमन्त्री शर्मा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार

सूचना विभाग दर्ता नं. २१५९/२०७७-०७८
Email: [email protected]
Phone: ९८२२९८२३४५ र ९८२२८८८२०६
अध्यक्ष: धनबहादुर खड्का
सम्पादक: मनिष खड्का
  • कखरा बारे
  • Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
    • स्थानीय तह निर्वाचन २०७९
    © Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal - 2023 All rights reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्