Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिममा समानुपातिक र प्रत्यक्ष तर्फको सबै मतपत्र आइपुग्यो 
जिल्ला आइपुगेको मतपत्र निकालिदै ।

मंसिर ४ को निर्वाचनका लागि रुकुम पश्चिममा सबै मतपत्र आइपुगेको छ । आज प्रत्यक्ष तर्फ र समानुपातिक तर्फको अस्थायी मतदाताका लागि मतपत्र आइपुगेको हो । अन्य समानुपातिक मतपत्र भने कार्तिक ७ गते नै जिल्ला आइसकेको थियो । 

यो संगै जिल्लामा आवश्यक सबै मतपत्र जिल्ला आइपुगेको जिल्ला निर्वाचन कार्यालय रुकुम पश्चिमले जनाएको छ । जिल्ला निर्वाचन अधिकारी कुमारी रिमा मल्लका अनुसार आज प्रतिनिधि सभा सदस्य प्रत्यक्ष तर्फको १ सय १५ बाकस मतपत्र आइपुगेको छ ।

त्यस्तै प्रदेश सभाको प्रत्यक्ष तर्फ १ सय १६ बाकस मतपत्र आइपुगेको मल्लले बताउनुभयो । दुई वटा प्रदेश सभाका लागि समान ५८/५८ बाकस मतपत्र आइपुगेको हो । त्यस्तै अस्थायी मतदाताका लागि समानुपातिक तर्फ ४ बाकस मतपत्र आइपुगेको मल्लको भनाई छ । 

जिल्लामा १ लाख ४ हजार २ सय ८० मतदाता छन् । मतदाता संख्याको तुलनामा १० प्रतिशत बढी मतपत्र जिल्ला आइपुगेको जिल्ला निर्वाचन अधिकारी मल्ले बताउनुभयो । जिल्ला आइपुगेको मतपत्र मुख्य निर्वाचन अधिकृतको कार्यालयमा राखिएको छ । मंसिर १ गतेभित्र सबै मतदान स्थलमा मतपत्र पुग्ने गरी पठाइने बताइएको छ ।
 

प्रकाशित मिति: बिहीबार, कात्तिक १७, २०७९  १६:४९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update