Top Navigation
मंगलबार, चैत ७, २०७९ १२:२२:०३
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
मंगलबार, चैत ७, २०७९ १२:२२:०३
Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
  • ट्रेण्डिङ
  • #पल शाह
  • #स्ववियु निर्वाचन
Search Here
समाज
  • Home
  • समाज
  • कृषिमा क्रान्ति गर्नु पर्छ : सांसद् घर्ती मगर  
कृषिमा क्रान्ति गर्नु पर्छ : सांसद् घर्ती मगर  
कखरा संवाददाता
कखरा संवाददाता शनिबार, फागुन १३, २०७९
भूमे गाउँपालिकामा आयोजित कृषि मेला कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै सङ्घीय सांसद् पूर्णबहादुर घर्ती मगर । तस्बिरः कखरा । 

कृषिमा क्रान्ति गर्नु पर्ने रुकुमपूर्वका सङ्घीय सांसद् पूर्णबहादुर घर्ती मगरले बताउनु भएको छ । शनिबार जिल्लाको भूमे गाउँपालिकामा आयोजना गरिएको पालिका स्तरीय कृषि मेला कार्यक्रमलाई सम्बोधन गर्दै सांसद् घर्ती मगरले अबको यात्रा कृषि क्रान्ति गर्नु पर्ने बताउनु भएको हो । 

“क्रान्ति भन्ने वित्तिकै मान्छेमा तरास हुने अथवा जत्त सुन्दा सबैलाई मन नपर्ने हुन सक्छ” घर्ती मगरले भन्नुभयो –“तर, आजको सुरुवाति क्रान्ति नै भोलिको नयाँ परिवर्तन ल्याउनु हो ।” परम्परागत कठिनाई नीतिलाई विस्थापित गर्दै सहजताको लागि नयाँ नीति, नियम ल्याउन तथा राम्रो अभ्यास गर्नु नै क्रान्ति रहेको घर्ती मगरले बताउनुभयो । त्यस कारण हिजो व्यवस्था परिवर्तन ल्याउनका लागि ठुलठुलो क्रान्ति भए अब व्यवस्थालाई कार्यन्वय गर्दै अवस्था परिवर्तन गर्ने मेरुदण्डको रुपमा कृषि क्रान्ति रहेको उहाँको भनाइ छ । 

कृषि योग्य भूमि र विगत देखि कृषिमा आत्मनिर्भर हुँदै आएका हामी हाम्रो जनजीवनको स्तर माथि उकास्ने मुख्य मन्त्र कृषि क्रान्ति रहेको घर्ती मगरले बताउनुभयो । कृषि क्रान्तिका लागि राज्यले आधुनिकरण तर्फ अघि बढिरहेको बताउनुभयो । राज्यले कृषिमा लगानी गरेको अनुदान तथा सहयोग कृषकले पनि सही ढंगले सदुपयोग गर्दै पछि सम्म प्रतिफल दिने खालको इमान्दार रुपमा बजेटको सदुपयोग गर्नु पर्नेमा समेत उहाँले जोड दिनुभयो । लोपउन्मुख कृषि उपजलाई बढवा दिँदै बजारले माग गरे अनुसारको कृषि उत्पादनमा लाग्नु पर्ने उहाँले बताउनुभयो । 

भूमे गाउँपालिका स्तरीय बृहत् कृषि मेला प्रदर्शनी कार्यक्रम शनिबार भूमे–२ स्थित मारिङ बहुउद्देश्यीय सहकारीको प्राङ्गण खाबाङ बगरमा गरिएको हो । कृषि मेला प्रदर्शनी कार्यक्रममा कृषकले विभिन्न प्रकारका कृषि उपज ल्याएका थिए । त्यस मध्येबाट उत्कृष्ट कृषि उपज धनीलाई नगद सहित कदर प्रमाण पत्रले पुरस्कृत समेत गरिएको आयोजकले जनाएको छ । भूमे गाउँपालिका, रुकुमेली समाज विकास केन्द्र रुकुम र विकास सरोकार समाजको आयोजनामा कृषि मेला प्रदर्शनी कार्यक्रम गरिएको थियो ।  

भूमे गाउँपालिकाका अध्यक्ष होमप्रकाश श्रेष्ठको अध्यक्षतामा उद्घाटन कार्यक्रम गरिएको हो । प्रमुख अतिथिमा सङ्घीय सांसद् पूर्णबहादुर घर्ती मगर, विशेष अतिथिमा लुम्बिनी प्रदेशसभाका सांसद् सुरुल पुन मगर, जिल्ला समन्वय समितिका प्रमुख मेघबहादुर श्रेष्ठको रहेको थियो ।

महाेत्सव

अन्य अतिथिमा पुथाउत्तरगंगा गाउँपालिकाका अध्यक्ष पुनिराज घर्ती मगर, भूमे गाउँपालिकाका उपाध्यक्ष सविना बुढा, भूमे गाउँपालिकाका निवर्तमान अध्यक्ष रामसुर बुढा मगर, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रसिंह श्रेष्ठ, एकीकृत कृषि तथा पशुपंक्षी विकास कार्यालयका प्रमुख पिताम्बर बस्नेत, रुकुमेली समाज विकास केन्द्रका अध्यक्ष नरबहादुर नेपाली, पालिका स्थित विभिन्न वडाका वडाध्यक्षहरूको आतिथ्यता रहेकोमा कार्यक्रम सञ्चालन रुकुमेली समाज विकास केन्द्रका फिल्ड सुपरभाइजर रञ्जना विकले गर्नु भएको थियो । 

कार्यक्रमका केही फोटोहरुः 


 


प्रकाशित मिति: शनिबार, फागुन १३, २०७९  १८:०९
#अर्गानिक
प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
  • Week
  • Month
पल शाहलाई हेर्न रुकुम पश्चिममा मानव ‘सागर’ उर्लियो (भिडिओ सहित)
पल शाहलाई हेर्न रुकुम पश्चिममा मानव ‘सागर’ उर्लियो (भिडिओ सहित)
जेल मुक्त भएपछि पल शाह पहिलो पटक आज रुकुम महोत्सवमा आउँदै  
जेल मुक्त भएपछि पल शाह पहिलो पटक आज रुकुम महोत्सवमा आउँदै  
रुकुम महोत्सवमा मंगलबार ज्योती मगर आउने 
रुकुम महोत्सवमा मंगलबार ज्योती मगर आउने 
ज्याेती मगरलाई हेर्न खचाखच दर्शक !
ज्याेती मगरलाई हेर्न खचाखच दर्शक !
रूकुम महाेत्सवमा बुधबार पल शाह आउने
रूकुम महाेत्सवमा बुधबार पल शाह आउने
मुसिकोट ३ का लोकबहादुर चैत्र १ देखि वेपत्ता 
मुसिकोट ३ का लोकबहादुर चैत्र १ देखि वेपत्ता 
रुकुम महोत्सवमा आज एलिना चौहानको प्रस्तुति रहने 
रुकुम महोत्सवमा आज एलिना चौहानको प्रस्तुति रहने 
स्ववियु निर्वाचनः रुकुम पश्चिमका तीन क्याम्पसमा मतदान, मत गणना सुरु
स्ववियु निर्वाचनः रुकुम पश्चिमका तीन क्याम्पसमा मतदान, मत गणना सुरु
एलिना चौहानलाई हेर्न झरीका विच पनि मान्छे ओइरिए (भिडिओ सहित)
एलिना चौहानलाई हेर्न झरीका विच पनि मान्छे ओइरिए (भिडिओ सहित)
बार एशोसियसन रुकुम पश्चिमको अध्यक्षमा खड्का 
बार एशोसियसन रुकुम पश्चिमको अध्यक्षमा खड्का 
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार

सूचना विभाग दर्ता नं. २१५९/२०७७-०७८
Email: [email protected]
Phone: ९८२२९८२३४५ र ९८२२८८८२०६
अध्यक्ष: धनबहादुर खड्का
सम्पादक: मनिष खड्का
  • कखरा बारे
  • Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
    • स्थानीय तह निर्वाचन २०७९
    © Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal - 2023 All rights reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्