Top Navigation
शुक्रबार, असोज १२, २०८० ०७:०१:१५
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
शुक्रबार, असोज १२, २०८० ०७:०१:१५
Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
  • ट्रेण्डिङ
  • #स्यार्पू महाेत्सव
  • #मुख्यमन्त्री
  • #कर्णाली प्रदेश
  • #तयारी पुरा
  • #राजकुमार मगर
  • #दार्मा गाउँपालिका
  • #अवैध संरचना हटाउन निर्देशन
Search Here
स्थानीय सरकार
  • Home
  • स्थानीय सरकार
  • सभागृह बनाउन ५० जनप्रतिनिधिद्धारा एक महिनाको पारीश्रमिक सहयोग
सभागृह बनाउन ५० जनप्रतिनिधिद्धारा एक महिनाको पारीश्रमिक सहयोग गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडाअध्यक्ष, कार्यपालिका सदस्य र वडा सदस्य सबैले सहयोग गर्ने निर्णय गाउँ सभाबाट अनुमोदन ।
कखरा संवाददाता
कखरा संवाददाता शनिबार, फागुन २९, २०७७
सिस्ने गाउँपालिका सिस्ने गाउँपालिका

रुकुम पश्चिम बाँफिकोट गाउँपालिकाका ५० जना जनप्रतिनिधिले सभागृह बनाउन आर्थिक सहयोग गर्ने भएका छन् । बाँफिकोट गाउँकार्यपालिका र गाउँ सभाका सदस्यहरुले सहिद परिवार समाज नेपालको सभा गृह बनाउन एक महिनाको पारीश्रमिक सहयोग गर्ने निर्णय गरेका छन् । कार्यपालिका हुँदै गाउँसभाबाट उक्त निर्णय पारीत भएको छ । गाउँ कार्यपालिका र गाउँसभामा गरी ५० जना प्रतिनिधि नेकपा माओवादी केन्द्रका मात्रै छन् ।

अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष, कार्यपालिका सदस्य र गाउँ सभाका सदस्य गरी ५० जनाले एक महिनाको पारीश्रमिक सहिद परिवार समाज नेपाल बाँफिकोट गाउँपालिकाले बनाउन लागेको सभा गृहको लागि जग्गा किन्ने प्रयोजनमा सहयोग गर्ने निर्णय भएको गाउँपालिका अध्यक्ष धर्मबहादुर केसीले जानकारी दिनुभयो । ५४ जनाको गाउँसभामा एक जना जिल्ला समन्वय समितिमा निर्वाचित हुनुभएको छ भने २ जना सदस्यको मृत्यु भएको छ । एक जना सदस्य अर्कै पार्टीको भएकाले माओवादी केन्द्रका सबै जनप्रतिनिधिले आर्थिक सहयोग गर्ने निर्णय भएको अध्यक्ष केसीले बताउनुभयो ।

कर्णाली प्रदेश सभाले पारीत गरेको जनप्रतिनिधिको सेवा सुविधा ऐन अनुसार गाउँपालिका अध्यक्षले महिनामा ३३, उपाध्यक्षले २७, वडाध्यक्षले १९, कार्यपालिका सदस्यले साढे दश हजार, र वडा सदस्यले साढे ५ हजार सेवा सुविधा वापत पाउँछन् । यसमध्यको १० प्रतिशत रकम जनप्रतिनिधिले पार्टीलाई विशेष लेबीका रुपमा बचाउँछन् ।बाँकी ९० प्रतिशत रकम भने सहिद परिवार समाजलाई दिनेछन् । 

सभागृह निर्माणका लागि ७० लाख बजेट प्राप्त भएको छ । उक्त बजेटबाट सभागृह निर्माण हुने भएकाले जग्गा खरिदका लागि आवश्यक बजेट जुटाउन उक्त समाज लागि परेको छ । बजेट जग्गा खरिदका लागि १० देखि १२ लाख लाग्ने अनुमान गरिएको समाजका अध्यक्ष धनबहादुर खत्रीले बताउनुभयो । त्यसका लागि आवश्यक सहयोगका लागि सरोकारवालासित आग्रह गरिएको अध्यक्ष खत्रीले बताउनुभयो ।

विशेष गरी गाउँपालिका भित्रका कर्मचारी, शिक्षक, व्यापारी, अरु जनप्रतिनिधि, बाँफिकोटसँग चासो राख्ने तर बाहिर बस्नेलाई सहयोगका लागि आग्रह गर्ने तयारी छ । यसैगरी देश विदेशमा रहनुभएको महानुभावसँग पनि सहयोग आग्रह गरिने सहिद परिवार समाजको बाँफिकोट गाउँपालिका उपाध्यक्ष टिकाराम खत्रीले बताउनुभयो ।


प्रकाशित मिति: शनिबार, फागुन २९, २०७७  १८:४८
कृषि कृषि
#बाँफिकोट जनप्रतिनिधि
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय सरकार
रुकुम पश्चिमका राजकुमार माओवादी केन्द्र कर्णालीको संसदीय दलको नेतामा चयन 
रुकुम पश्चिमका राजकुमार माओवादी केन्द्र कर्णालीको संसदीय दलको नेतामा चयन  बुधबार, पुस १३, २०७९
रुकुम पूर्वका १७ उम्मेदवारले चुनाव खर्च विवरण बुझाए, कसको खर्च कति ?  
रुकुम पूर्वका १७ उम्मेदवारले चुनाव खर्च विवरण बुझाए, कसको खर्च कति ?   मंगलबार, पुस ५, २०७९
जनार्दन शर्माको चुनाव खर्च २४ लाख, अरु कसको कति ? 
जनार्दन शर्माको चुनाव खर्च २४ लाख, अरु कसको कति ?  बुधबार, मंसिर २८, २०७९
एउटै वडाबाट तीन सांसद्, जिल्लाभर छ 
एउटै वडाबाट तीन सांसद्, जिल्लाभर छ  सोमबार, मंसिर २६, २०७९
रुकुम पश्चिमबाट पहिलो पटक ७ जना सांसद 
रुकुम पश्चिमबाट पहिलो पटक ७ जना सांसद  आइतबार, मंसिर २५, २०७९
प्रत्यक्ष तर्फ माओवादीका ३ सांसद रहेकाे रूकुम पश्चिममा समानुपातिक तर्फ दुई सांसद
प्रत्यक्ष तर्फ माओवादीका ३ सांसद रहेकाे रूकुम पश्चिममा समानुपातिक तर्फ दुई सांसद शनिबार, मंसिर २४, २०७९
रूकुम पश्चिमबाट समानुपातिक तर्फ एमालेका दुई सांसद
रूकुम पश्चिमबाट समानुपातिक तर्फ एमालेका दुई सांसद शनिबार, मंसिर २४, २०७९
नेकपा एसबाट रूकुम पश्चिमकी कल्याणि प्रदेश समानुपातिक सांसद
नेकपा एसबाट रूकुम पश्चिमकी कल्याणि प्रदेश समानुपातिक सांसद शनिबार, मंसिर २४, २०७९
चुनावको समिक्षा गर्दै माओवादी केन्द्र रुकुम पश्चिम 
चुनावको समिक्षा गर्दै माओवादी केन्द्र रुकुम पश्चिम  बिहीबार, मंसिर २२, २०७९
लोकप्रिय
  • Week
  • Month
अमेरिकामा भएको इन्ट्राकप भलिबलमा टीम रूकुम प्रथम
अमेरिकामा भएको इन्ट्राकप भलिबलमा टीम रूकुम प्रथम
अवैध भरुवा बन्दुकसहित एक जना पक्राउ
अवैध भरुवा बन्दुकसहित एक जना पक्राउ
इन्ट्रा कपमा टिम रुकुमका ४ खेलाडी उत्कृष्ट
इन्ट्रा कपमा टिम रुकुमका ४ खेलाडी उत्कृष्ट
पुमा खोलामा बेपत्ता गिरीको शव फेला
पुमा खोलामा बेपत्ता गिरीको शव फेला
स्यार्पू महोत्सवको तयारी पुरा, भोली कर्णालीका मुख्यमन्त्रीले उद्घाटन गर्ने 
स्यार्पू महोत्सवको तयारी पुरा, भोली कर्णालीका मुख्यमन्त्रीले उद्घाटन गर्ने 
स्यार्पू महोत्सव सुरु (फाेटाे सहित)
स्यार्पू महोत्सव सुरु (फाेटाे सहित)
प्रकाश रन्काको कान्छी फिलिली (भिडिओ सहित)
प्रकाश रन्काको कान्छी फिलिली (भिडिओ सहित)
स्यार्पू ताललाई आय आर्जनसँग जोड्नुपर्छ: मुख्यमन्त्री शर्मा 
स्यार्पू ताललाई आय आर्जनसँग जोड्नुपर्छ: मुख्यमन्त्री शर्मा 
विकासलाई छिटोछरितो र प्रभावकारी बनाउन सबै एकताबद्ध भएर लाग्नुहाेस्ः मुख्यमन्त्री शर्मा
विकासलाई छिटोछरितो र प्रभावकारी बनाउन सबै एकताबद्ध भएर लाग्नुहाेस्ः मुख्यमन्त्री शर्मा
उत्कृष्ट भिडिओ इडिटर अवार्ड राजकुमारलाई 
उत्कृष्ट भिडिओ इडिटर अवार्ड राजकुमारलाई 
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार

सूचना विभाग दर्ता नं. २१५९/२०७७-०७८
Email: [email protected]
Phone: ९८२२९८२३४५ र ९८२२८८८२०६
अध्यक्ष: धनबहादुर खड्का
सम्पादक: मनिष खड्का
  • कखरा बारे
  • Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
    • स्थानीय तह निर्वाचन २०७९
    © Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal - 2023 All rights reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्