Top Navigation
आइतबार, असोज ७, २०८० ०३:२५:०३
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
आइतबार, असोज ७, २०८० ०३:२५:०३
Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
  • ट्रेण्डिङ
  • #पितिवाङ खेला
  • #पुल नहुँदा सास्ती
  • #जनार्दन शर्मा
  • #एनआरएनए अमेरिका
  • #नेपालीका लागि गम्भीर छौँ
  • #माेहन कुसारी
  • #नमुना अभ्यास
Search Here
मनाेरन्जन
  • Home
  • मनाेरन्जन
  • दोस्रो त्रिवेणी वृहत् साँस्कृतिक सम्मेलन तथा विविध साहित्यिक कार्यक्रम सम्पन्न 
दोस्रो त्रिवेणी वृहत् साँस्कृतिक सम्मेलन तथा विविध साहित्यिक कार्यक्रम सम्पन्न 
बलेन्द्र ओली
बलेन्द्र ओली शनिबार, चैत २५, २०७९
सिस्ने गाउँपालिका सिस्ने गाउँपालिका

भाषा साहित्य, कला र संस्कृति–त्रिवेणीको समृद्धि भन्ने मुल नाराका साथ दोस्रो त्रिवेणी वृहत् साँस्कृतिक सम्मेलन तथा विविध साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । त्रिवेणी गाउँपालिका २ सिम्रुतुमा शुक्रबार कार्यक्रम संचालन भएको हो । 

कला, साहित्य, संस्कृति संरक्षण मञ्च त्रिवेणीले गाउँपालिकाको आर्थिक सहयोगमा दोस्रो सम्मेलन तथा साँस्कृतिक कार्यक्रम आयोजना गरेको हो । सम्मेलनमा गाउपालिकाका १० वटै वडाहरुबाट ४० भन्दा बढी महिला समुह, आमा समुह, साँस्कृतिक समुहको सहभागिता रहेको आयोजकले जनाएको छ । 

सम्मेलनमा सहभागी सबै समुहलाई प्रोत्साहन स्वरुप २÷२ हजारका दरले नगद प्रदान गरिएको कला, साहित्य, संस्कृति संरक्षण मञ्चका अध्यक्ष नन्दराम घर्तीले जानकारी दिनुभयो । उहाँ अनुसार २ वटा मयुर समुह, ७ वटा पञ्चेवाजा समुहको पनि प्रस्तुति रहेको थियो । मयुर समुह र पञ्चेवाजा समुहलाई सम्मान स्वरुप समान ५÷५ हजारका दरले नगद प्रदान गरिएको छ । 

त्यस्तै सिंगारु नाचका ३ वटा समुह र पैसेरु नाचको एउटा समुहलाई सम्मान स्वरुप समान २ हजार ५ सय दिइएको छ । त्यस्तै गाउँपालिका भित्रका ७ जना झाँक्रीले पनि साँस्कृतिक सम्मेलनमा आफ्नो प्रस्तुति राखेका थिए । झाँक्रीलाई पनि सम्मान स्वरुप समान   २ हजारका दरले नगद प्रदान गरिएको छ ।

साथै सम्मेलनमा साहित्यिक कार्यक्रम अन्तर्गत खुला कविता, गजल र खुला वक्तृत्वकला प्रतियोगिता पनि संचालन गरिएको थियो । खुला कविता प्रतियोगितामा त्रिवेणी ७ का बिरबहादुर केसी प्रथम, त्रिवेणी ४ का कमल खड्का दोस्रो र त्रिवेणी ३ का विमल पुन तेस्रो भएको आयोजक कला, साहित्य, संस्कृति संरक्षण मञ्चका सचिव कुवेर ओलीले बताउनुभयो । 

त्यस्तै गजल प्रतियोगितामा त्रिवेणी ६ का विनोद शेर्पाली पहिलो, त्रिवेणी २ का मिलनविक्रम पुन दोस्रो र त्रिवेणी ३ की भवानी खड्का तेस्रो हुनुभएको छ । वक्तृत्वकलामा त्रिवेणी ५ का स्मारीका ओली पहिलो, त्रिवेणी ७ का लक्ष्मण घर्ती दोस्रो र त्रिवेणी १० का होमराज खड्का तेस्रो हुनुभएको छ । सबै प्रतियोगिताका विजयीलाई समान रुपमा पहिलो हुनेलाई ३ हजार, दोस्रो हुनेलाई २ हजार र तेस्रो हुनेलाई १ हजार नगद सहित प्रमाणपत्र प्रदान गरिएको छ । 

340104203_1953411691658429_6015122131564950464_n1680932236.jpg

यसका साथै पहिलो पटक मौलिक कला संस्कृति, भाषा, साहित्य संरक्षण तथा लोकबाजा र संस्कृति प्रवद्र्धनमा विभिन्न क्षेत्रबाट  योगदान पुर्याउने पालिका भित्रका ३२ जना स्रष्टालाई सम्मान स्वरुप प्रमाणपत्रले सम्मान गरिएको छ । 

गाउँपालिका अध्यक्ष गणेशकुमार केसीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा राष्ट्रिय भूमि आयोग रुकुम पश्चिमका अध्यक्ष मिनबहादुर ओली, त्रिवेणी गाउँपालिका पूर्व अध्यक्ष झक्कुप्रसाद घर्ती, जिल्ला समन्वय समिति सदस्य गीता नेपाली, त्रिवेणी गाउँपालिका उपाध्यक्ष राजकुमारी रेउले लगायतको आतिथ्यता रहेको थियो ।


प्रकाशित मिति: शनिबार, चैत २५, २०७९  ११:२१
कृषि कृषि
प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
  • Week
  • Month
जनार्दन शर्माले रुकुमका मान्छे ल्याएर ठेकेदारको घरमा धर्ना बस्छु भन्दा पनि नबनेको पुल 
जनार्दन शर्माले रुकुमका मान्छे ल्याएर ठेकेदारको घरमा धर्ना बस्छु भन्दा पनि नबनेको पुल 
पानामामा डुंगा पल्टिदा ज्यान गुमाएका प्रदिपको परिवारलाई २१ लाख सहयोग 
पानामामा डुंगा पल्टिदा ज्यान गुमाएका प्रदिपको परिवारलाई २१ लाख सहयोग 
स्यार्पू पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव हुने 
स्यार्पू पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव हुने 
‘नेपालीको हकहितमा दत्तचित्त भएर लाग्नेछौँ ’
‘नेपालीको हकहितमा दत्तचित्त भएर लाग्नेछौँ ’
पितिवाङ खोलामा आवतजावत बन्द 
पितिवाङ खोलामा आवतजावत बन्द 
पुमा खोलामा बेपत्ता गिरीको शव फेला
पुमा खोलामा बेपत्ता गिरीको शव फेला
प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कारबाट रुकुमका लामिछाने पुरस्कृत 
प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कारबाट रुकुमका लामिछाने पुरस्कृत 
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार

सूचना विभाग दर्ता नं. २१५९/२०७७-०७८
Email: [email protected]
Phone: ९८२२९८२३४५ र ९८२२८८८२०६
अध्यक्ष: धनबहादुर खड्का
सम्पादक: मनिष खड्का
  • कखरा बारे
  • Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
    • स्थानीय तह निर्वाचन २०७९
    © Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal - 2023 All rights reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्