Top Navigation
मंगलबार, असोज १६, २०८० १२:१९:२५
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
मंगलबार, असोज १६, २०८० १२:१९:२५
Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
  • ट्रेण्डिङ
  • #शाेधप्रस्तावका नमुनाहरु
  • #मुकुन्दप्रसाद शर्मा
  • #स्यार्पू महाेत्सव
  • #मुख्यमन्त्री
  • #कर्णाली प्रदेश
  • #तयारी पुरा
  • #सुशीला विक
Search Here
स्थानीय सरकार
  • Home
  • स्थानीय सरकार
  • १ वर्षमा के के गर्याे आठबीसकाेट नगरपालिकाले ?
१ वर्षमा के के गर्याे आठबीसकाेट नगरपालिकाले ?
कखरा संवाददाता
कखरा संवाददाता शुक्रबार, जेठ १२, २०८०

स्थानीय तहकाे दाेस्राे कार्यकालका लागि जनप्रतिनिधी निर्वाचित भएकाे १ वर्ष पूरा भएकाे छ । गत वर्ष निर्वाचित भएका जनप्रतिनिधिले आफ्नाे कार्यकालकाे १ वर्ष पूरा भएकाे अवसरमा १ वर्षको समीक्षा र याे अवधिमा गरेका कामहरू सार्वजनिक गरिरहेका छन् । विशेषगरी नगर प्रमुख, गाउँपालिका अध्यक्ष, नगर उपप्रमुख, गाउँपालिका उपाध्यक्ष, वडाध्यक्ष, वषयगत समितिका संयाेजक लगायतले १ वर्षकाे प्रगति सार्वजनिक गरिरहेका छन् ।

रूकुम पश्चिमकाे आठबीसकाेट नगरपालिकाले पनि पहिलाे भए गरेका कामहरूकाे विवरण सार्वजनिक गरेकाे छ । नगर प्रमुख रवि केसीले संघ, प्रदेश र स्थानीय तहकाे प्रयासमा नगरमा भएका कामहरूकाे विवरण सार्वजनिक गर्नुभएकाे हाे । आठबीसकाेट नगरपालिकाले १ वर्षमा के के काम गर्याे त ? प्रस्तुत छ नगर प्रमुख केसीले सार्वजनिक गरेकाे १ वर्षे प्रगति विवरण ।

१. आर्थिक विकास
- २५ हजार किवीका विरुवा खरिद गरि किसानलाई वितरण गरिएको छ ।
- जनताको बारीमा उत्पदित किवी र सुन्तला किसानको वारीबाट बजारसम्म पुर्याउन ढुवानीको व्यवस्था गरिएको छ । 
- कृषि तथा पशुपंक्षीको तथ्याङ्क संकलन गरिएको छ ।
- आलमण्डाको विरुवा वितरण गरिएको छ ।
- व्यवसायिक युवा लक्षित कार्यक्रम सञ्चालन गरिएको छ ।
- अगुवा कृषकहरुलाई भ्रमण र तालिम सञ्चालन गराइएको छ ।
-कृषि मेला तथा कृषि पर्दशनी गराइएको छ ।
- पशुहरुको कृतिम गर्वाधान कार्यक्रम सञ्चालन गरिएको छ ।
- नगरपालिकाबाट सञ्चालित कर्णाली वेवरेज प्रा.लि.का को कोल्ड स्टोर निर्माण, भवन निर्माण, चिलर पलान्ट निर्माण, फुलफुलको जुस प्रशोधन मेसिन खरिद तथा जडान, मिनरल खानेपानी उत्पादनको लागि मेसीन जडान, २०० केभीएको विद्युत ट्रान्समिटर जडान,  यसै उद्योगमा उत्पादन भएका मिनरल वाटर र वाइनको बजारिकरण तथा कच्चा पदार्थ ढुवानीको लागि २ वटा ट्रक र २ वटा जीप व्यवस्थापन,उद्योगका आवश्यक जग्गा खरिद  गरिएको । 
- यस नगरपालिकामा सञ्चालित दुग्ध उद्योगको उत्पादित वस्तुलाई वजारिकरणको लागि १ वटा मिल्क ट्याङ्कर र २ वटा जीप व्यवस्थापन गरिएको छ ।
२. सामाजिक विकास
- श्री शहिद स्मृति दिपज्योती नमूना मा.वि.राडीको लागि विद्यालय वसको व्यवस्थापन गरिएको छ ।
- आधारभूत शिक्षा परीक्षा कक्षा ५ र ८ को नतिजा सुधारउन्मुख रहेको छ ।
-  राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सञ्चालन २०७९ सञ्चालन गरिएको छ ।
- डाक्टर पढन् ३ जनालाई छात्रवृत्ति प्रदान गरिएको छ ।
- स्थानीय पाठ्यपुस्तको निर्माण गरि प्रयोग गरिएको छ ।
- विद्यालय समायोजन कार्यविधि वनाइ अविभावकका सुझाव संकलन गरी केहि विद्यालयहरुको तह घटाइ बिधालय मर्जको  प्रक्रिया अगाडि बढेकोछ।
- उच्च शिक्षाको केन्द्र रहेको राडिज्युला शिक्षा क्याम्पसको भवन निर्माण तथा आवस्यक जग्गा खरिद गरिएको छ !
- नगर अस्पतालमा आवश्यक पुर्वाधार सहित नयाँ सेवा र सुबिधाका साथ अगाडि बढायको !
- आधारभूत स्वास्थ्य सेवा केन्द्रमा वर्थिङ् सेन्टर स्थापना गरि सेवासुरु भएकोछ ।
- क्यान्सर पिडित तथा दिर्ग रोगिलाई  उपचार वापतको खर्च भुक्तानी गरिएको छ ।
- विपन्न नागरिक औषधि उपचार सिफारिसका  लागि १५ जनालाई सिफारिस गरिएको छ ।
- गोतामकोट, घेत्मा र नगर अस्पतालमा किशोरकिशोरी स्वास्थ्य सेवा सुदृढिकरण कार्यक्रम सञ्चालन गरिएको छ ।
- एक घर एक धारा खानेपानी आयोजनाहरु पालिका भरी करिब ४० प्रतिशत घरधुरिमा खानेपानी पुगेको छ भने ३० प्रतिशात घरमा निर्मानाधिन  अवस्थामा रहेका छन ।
- १३ ‍औँ जिल्ला स्तरिय राष्ट्रपति रनिङ् शिल्ड, २०७९ मा जिल्ला प्रथम भइ शिल्ड विजेता भएको छ ।
- १३ औँ राष्ट्रिय राष्ट्रपति रनिङ् शिल्डको सटफुट विधामा यस नगरपालिका खेलाडि नेपाल प्रथम भएका छन ।
- ९ औँ राष्ट्रिय खेलकूल प्रतियोगितामा कर्णाली प्रदेशबाट उत्कृष्ट भइ सहभागी खेलाडिलाई सम्मान गरिएको छ ।
 
३. पूर्वाधार विकास
- आठविसकोट नगरपालिकाको अति दुर्गम क्षेत्र एवं सडक संजाल जोडिन बाकी रहेको  वडा नं. १ मा मोटर बाटो पुगेको छ । साथै पहाडा, पाटागाउँ लगाएतका दुर्गम गाउँमा मोटर बाटोको लागि ट्याक खन्ने कार्य चालु अवस्थामा रहेको छ । खदी देखि स्यालासम्म जाड्ने मोटर बाटो र घर्तीगाउँ देखि ८ न. वडा कार्यालय जोड्ने मोटर बाटो निर्माण सम्पन्न हुने अवस्था रहेको छ ।
- राडीज्यूला बजार क्षेत्रका सवै बाटोहरु कालो पत्रेको लागि कार्य आरम्भ भएको छ । रिम्ना चिसापानी राडी हुदै घारीखोलासम्म र राप्ती लोक मार्ग अन्तर्गत नदुवा देखि लिस्ने हुदै झारमारे र गोतामकोटको छेरेबगर देखि नयाँडाँडासम्मको सडकको स्तर उन्नती तथा कालोपत्रेको कार्य सञ्चालनमा रहेको छ ।
-घट्टाखेत देखि सुन्दरपानी हुदै मैडाँडा जाने सडक र खारखारा देखि ढुङ्गिला हुदै सिम्तारा जाने सडक स्तर उन्नतीको क्रममा रहेको छ ।
- सिमबजार राडी जोड्ने मोटर पुल निर्माण, छरेबगर, सालागार, नरखोला र ठूलीभेरीको राडी- मन्मै जोड्ने मोटर पुल निर्माणधिन अवस्थामा रहेका छन ।
- कुसुम खोला, भलखोला, छेपारे, रिगाउरा झो.पु. निर्माणधिन र १ वटा आर सीसी पुल निर्माण भएको छ ।
- राडीज्यूला, मगखोला, चिला, खारखारा, हर्दिगाउँ, तलिभयाउने, पुजाखोला, मुलपानी सिँचाइ आयोजना निर्माण भएको छ ।
- नगरपालिका तथा वडा कार्यालयहरुको केन्द्र तोकि नगरपालिका को  प्रशासनीयक भवन र वडा नं. १ र २ को प्रशासनिक भवन निर्माणाधिन अवस्थामा रहेको छ ।
- शाईकुमारी, साजेबगर, स्याला, खदी, मिग्री, चौतारा, होली, छिमी, डाँफे, औलीगाउँ, घर्तीगाउँ, सना, हर्दिगाउँ, गोइरी, ठूलीवार्खु, घोरीलाश, घारीखोला, झिन्चौर, गत्तसैना, घाटीगौरा, हम्पा, गाउँवारी, सवारी, बाकेज्यूला, छेपारे, टाकुरा, फर्साचौर लगाएतका विद्यालयमा भवन २ कोठे ४ कोठे र ८ कोठे गरी २७ वटा विद्यालय भवन निर्माण सम्पन्न र केहि  निर्माणाधिन अवस्थामा रहेका छन ।
- शहिद स्मृति नमूना मा.वि.राडीको विद्यालयमा घेरबार तथा फिल्ड निर्माणको कार्य सञ्चालन रहेको छ ।
- वडा नं. ४,५,६,११,१३,१४ मा विद्युतिकरणमा जोडिएर बिस्तार  कार्य सञ्चालनमा रहेको छ ।
- राडीज्यूलामा नेपाल टेलिकमको 4G टावर र टेकमाइन्ड प्रा.लि.को फाइवर नेट सञ्चालन भएको छ ।
४. वातावरण तथा विपद् व्यवस्थापन
- वडामा रहेका मुहानहरु संरक्षण कार्य अघि वढाइएको छ ।
- राडीज्यूला ढल निकासको काम सञ्चालनमा रहेको छ ।
- गिजागार र भेरी नदिमा तटबन्द कार्यक्रम सञ्चालन रहेको छ ।
- सुरुक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत फुसको छाना हटाउन ११०० घरघुरीलाई जस्ता पाता वितरण गरिएको छ ।
- सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत ५ वटा घर निर्माण भएका छन ।
-  पुननिर्माण प्राधिकरणबाट  घर निर्माणधिन अवस्थामा रहेका छन ।
- नगर अस्पतामा एम्वुलेन्स व्यवस्थापन गरिएको छ ।
५. संस्थागत विकास, सेवा प्रवाह र सुशासन
- जनतालाई असुविधा नहोस भनि प्रत्येक वडा कार्यालयमा गएर एकिकृत सेवा प्रवाह घुम्ति शिविर मार्फत योजना सम्झौता र अपाङ्गता परिचय पत्र वितरण गरिएको छ ।
-  शहिद परिवार र गरिब तथा अति विपन्न घर परिवारलाई निशुल्क स्वास्थ्य विमा गराइएको छ । 
- नगर स्तरिय सार्वजनिक सुनुवाइ कार्यक्रम गरिएको छ ।
- सवै प्रकारका निर्णय तथा सूचनाहरु नगरपालिकाको वेवसाइट र सूचना पाटीमा टाँस गर्ने गरिएको छ ।
- वडा कार्यालयहरुमा राजश्व संकलन प्रणाली अनलाइन तथा सफ्टवेयर मार्फत गर्ने गरिएको छ ।
- आवधिक योजना निर्माण कार्य थालनी गरिएको छ ।
- जनप्रतिनिधि तथा मेलमिलाप कर्ताहरुको लागि कानुन सम्वन्धि अभिमुखिकरण तालिम प्रदान गरिएको छ ।
- न्यायिक समितिमा दर्ता हुन आएका जम्मा ४३ वटा विवादहरुमध्ये ३० वटा मेलमिलापको माध्यमबाट मिलापत्र गराइ विवाद किनारा लगाइएको ।
-भुमि बर्गिकरण:-  भु उपयोग निति २०७९ बनाइ आठबिसकोट नगरपालिकाको भुमिको बर्गिकरण गरि सम्बन्धीत निकायमा पेश गरि कार्यन्वयनमा आएको । साथै भुमिहिन दलित ,ससकुम्बासी र अव्यवस्थित बसोबासी हरु लगत संकलन गरिएको छ ।
-ऐतिहासिक पर्यटकिय ठाउहरु साइकुमारि , चित्रिपाटन ,झारमारे,छिमी, बिजारे, बन्चरे मैडाडा ,सम्पेताल, मालिका , लगायत क्षेत्रहरु बिकासको लागि गुरुयोजना बनाइ अगाडी बढाउने प्रयत्न गरिएको  छ ।


प्रकाशित मिति: शुक्रबार, जेठ १२, २०८०  ०७:०३
#प्रगति
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय सरकार
रुकुम पश्चिमका राजकुमार माओवादी केन्द्र कर्णालीको संसदीय दलको नेतामा चयन 
रुकुम पश्चिमका राजकुमार माओवादी केन्द्र कर्णालीको संसदीय दलको नेतामा चयन  बुधबार, पुस १३, २०७९
रुकुम पूर्वका १७ उम्मेदवारले चुनाव खर्च विवरण बुझाए, कसको खर्च कति ?  
रुकुम पूर्वका १७ उम्मेदवारले चुनाव खर्च विवरण बुझाए, कसको खर्च कति ?   मंगलबार, पुस ५, २०७९
जनार्दन शर्माको चुनाव खर्च २४ लाख, अरु कसको कति ? 
जनार्दन शर्माको चुनाव खर्च २४ लाख, अरु कसको कति ?  बुधबार, मंसिर २८, २०७९
एउटै वडाबाट तीन सांसद्, जिल्लाभर छ 
एउटै वडाबाट तीन सांसद्, जिल्लाभर छ  सोमबार, मंसिर २६, २०७९
रुकुम पश्चिमबाट पहिलो पटक ७ जना सांसद 
रुकुम पश्चिमबाट पहिलो पटक ७ जना सांसद  आइतबार, मंसिर २५, २०७९
प्रत्यक्ष तर्फ माओवादीका ३ सांसद रहेकाे रूकुम पश्चिममा समानुपातिक तर्फ दुई सांसद
प्रत्यक्ष तर्फ माओवादीका ३ सांसद रहेकाे रूकुम पश्चिममा समानुपातिक तर्फ दुई सांसद शनिबार, मंसिर २४, २०७९
रूकुम पश्चिमबाट समानुपातिक तर्फ एमालेका दुई सांसद
रूकुम पश्चिमबाट समानुपातिक तर्फ एमालेका दुई सांसद शनिबार, मंसिर २४, २०७९
नेकपा एसबाट रूकुम पश्चिमकी कल्याणि प्रदेश समानुपातिक सांसद
नेकपा एसबाट रूकुम पश्चिमकी कल्याणि प्रदेश समानुपातिक सांसद शनिबार, मंसिर २४, २०७९
चुनावको समिक्षा गर्दै माओवादी केन्द्र रुकुम पश्चिम 
चुनावको समिक्षा गर्दै माओवादी केन्द्र रुकुम पश्चिम  बिहीबार, मंसिर २२, २०७९
लोकप्रिय
  • Week
  • Month
प्रकाश रन्काको कान्छी फिलिली (भिडिओ सहित)
प्रकाश रन्काको कान्छी फिलिली (भिडिओ सहित)
स्यार्पू महाेत्सवमा आज शक्तिले नचाए
स्यार्पू महाेत्सवमा आज शक्तिले नचाए
मपवि स्नातकोत्तर तह नेपाली शिक्षा विषयका शोधप्रस्तावका नमुनाहरु
मपवि स्नातकोत्तर तह नेपाली शिक्षा विषयका शोधप्रस्तावका नमुनाहरु
स्यार्पू महोत्सवको तयारी पुरा, भोली कर्णालीका मुख्यमन्त्रीले उद्घाटन गर्ने 
स्यार्पू महोत्सवको तयारी पुरा, भोली कर्णालीका मुख्यमन्त्रीले उद्घाटन गर्ने 
स्यार्पू महोत्सव सुरु (फाेटाे सहित)
स्यार्पू महोत्सव सुरु (फाेटाे सहित)
तत्काल ५ लाख बुझाउने सहमतिमा जनज्योति आविमा लागेकाे ताल्चा खुल्याे 
तत्काल ५ लाख बुझाउने सहमतिमा जनज्योति आविमा लागेकाे ताल्चा खुल्याे 
रुकुमेली समाज विकास केन्द्रबाट एक वर्षमा झन्डै ६२ हजार नागरिक लाभान्वित 
रुकुमेली समाज विकास केन्द्रबाट एक वर्षमा झन्डै ६२ हजार नागरिक लाभान्वित 
डेंगु नियन्त्रणका लागि मुसिकोटमा सरसफाइ 
डेंगु नियन्त्रणका लागि मुसिकोटमा सरसफाइ 
भूमे ६ महतमा माओवादी केन्द्रको राजनैतिक-वैचारिक प्रशिक्षण 
भूमे ६ महतमा माओवादी केन्द्रको राजनैतिक-वैचारिक प्रशिक्षण 
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार

सूचना विभाग दर्ता नं. २१५९/२०७७-०७८
Email: [email protected]
Phone: ९८२२९८२३४५ र ९८२२८८८२०६
अध्यक्ष: धनबहादुर खड्का
सम्पादक: मनिष खड्का
  • कखरा बारे
  • Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
    • स्थानीय तह निर्वाचन २०७९
    © Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal - 2023 All rights reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्