बजेट
                                                        
                        
                
                                
                                    आगामी वर्षका लागि बाँफिकोट गाउँपालिकाको बजेट ५५ करोड 
                            
                            
                                                        
                                                     
                                                                        रुकुम पश्चिमको बाँफिकोट गाउँपालकाले पनि आगामी आर्थिक वर्ष २०८०÷०८१ का लागि बजेट ल्याएको छ । आइतबारको गाउँसभामा बजेट पेश गरिएको हो । गाउँपालिकाले ५५ करोड ५ लाख १० हजार बराबरको बजेट ल्याएको छ । जसमा चालु खर्च ३५ करोड ६३ लाख ७७ हजार १ सय ३३ रुपैयाँ रहेको छ ।
त्यस्तै पुँजीगत तर्फ १९ करोड ४१ लाख ६८ हजार ८ सय ६६ रुपैयाँ रहेको गाउँकार्यपालिका प्रवक्ता प्रकाश खत्रीले जानकारी दिनुभयो । बजेटको स्रोत भने निश्चित भइनसकेकोले बजेट पास गर्दासम्म सार्वजनिक गरिने उहाँले बताउनुभयो ।
प्रदेश सरकारको सम्पूर्ण बजेट सिलिङ आइनसकेकोले प्रमाणित बजेट असार ३० गते सार्वजनिक गर्ने उहाँको भनाई छ । साथै गाउँसभाले भु–उपयोग कार्यविधि २०८० पास गरेको छ ।
 
प्रकाशित मिति: सोमबार, असार ११, २०८०  १०:३७
                                                    
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    

 
                                                -1739792655.jpg) 
                                                 
                                                -1761806698.jpeg) 
                     
                     
                     
                     
                    


-1759842583.jpg)
 
                     
                     
                     
                     
                    