Top Navigation
आइतबार, असोज ७, २०८० ०३:०६:४८
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
आइतबार, असोज ७, २०८० ०३:०६:४८
Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
  • ट्रेण्डिङ
  • #जनार्दन शर्मा
  • #पितिवाङ खेला
  • #पुल नहुँदा सास्ती
  • #एनआरएनए अमेरिका
  • #नेपालीका लागि गम्भीर छौँ
  • #माेहन कुसारी
  • #नमुना अभ्यास
Search Here
वडा
  • Home
  • वडा
  • मुसिकोट ५ का किसानलाई सुत्केरी भैंसी स्याहार खर्च 
मुसिकोट ५ का किसानलाई सुत्केरी भैंसी स्याहार खर्च 
कखरा संवाददाता
कखरा संवाददाता शुक्रबार, भदौ १५, २०८०
सिस्ने गाउँपालिका सिस्ने गाउँपालिका
फाइल फाेटाे ।

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ५ ले ३३ जना किसानलाई सुत्केरी भैंसी स्याहार खर्च उपलब्ध गराएको छ । भैंसी स्याहार कार्यक्रम अन्तर्गत वडामा सुचिकृत ३३ जना भैंसी पालक किसानलाई वडाले आज नगद रकम वितरण गरेको हो । गत आर्थिक वर्षमा सुचिकृत भएका ३३ जना किसानलाई नगद ३ हजारका दरले रकम वितरण गरिएको वडाध्यक्ष समिरजङ मल्लले जानकारी दिनुयभो । 

उहाँका अनुसार वडाको थर्पु टोलका २० जना, घोयपानीका १२ जना र सेरिगाँउका १ जना भैंसी पालक किसानलाई सुत्केरी भैंसी स्याहार रकम उपलब्ध बनाइएको हो । गत आर्थिक वर्षको सुत्केरी भैंसी स्याहार कार्यक्रम अन्तर्गतको १ लाख बजेटबाट किसानलाई रकम वितरण गरिएको वडाध्यक्ष मल्लको भनाई छ । वडाका भैंसी पालक किसानहरुलाई थप व्यवसायिक बनाउने र आर्थिक उपार्जनमा बृद्धि गर्ने उद्ेश्यले सुत्केरी भैँसी स्याहार कार्यक्रम बनाइएको मल्लले बताउनुभयो ।  

371537987_1243954170331421_1579217660342434324_n1693571886.jpg
सुत्केरी भैंसी स्याहार खर्च वितरण पछि जनप्रतिनिधि, कर्मचारी र किसान । 

यो कार्यक्रम नियमित रुपमा संचालन हुने वडाध्यक्ष मल्लको भनाई छ । सुत्केरी भैंसी स्याहार कार्यक्रममा सुचिकृत हुन किसानले आफ्नो नागरिकता, सुत्केरी भैंसीसंगै खिचिएको एक प्रति फोटो र जग्गाधनी कागज सहित वडा कार्यालयमा सम्पर्क गर्नुपर्ने हुन्छ । किसान सुचिकृत भएपछि वडाले टोलमै पुगेर स्थलगत अवलोकन गर्ने गर्छ । वडाले रकम भने आर्थिक वर्षको अन्तिममा दिने गरेको छ ।


प्रकाशित मिति: शुक्रबार, भदौ १५, २०८०  १८:२१
कृषि कृषि
#सुत्केरी भैंसी स्याहार खर्च
प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
  • Week
  • Month
जनार्दन शर्माले रुकुमका मान्छे ल्याएर ठेकेदारको घरमा धर्ना बस्छु भन्दा पनि नबनेको पुल 
जनार्दन शर्माले रुकुमका मान्छे ल्याएर ठेकेदारको घरमा धर्ना बस्छु भन्दा पनि नबनेको पुल 
पानामामा डुंगा पल्टिदा ज्यान गुमाएका प्रदिपको परिवारलाई २१ लाख सहयोग 
पानामामा डुंगा पल्टिदा ज्यान गुमाएका प्रदिपको परिवारलाई २१ लाख सहयोग 
स्यार्पू पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव हुने 
स्यार्पू पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव हुने 
‘नेपालीको हकहितमा दत्तचित्त भएर लाग्नेछौँ ’
‘नेपालीको हकहितमा दत्तचित्त भएर लाग्नेछौँ ’
पितिवाङ खोलामा आवतजावत बन्द 
पितिवाङ खोलामा आवतजावत बन्द 
पुमा खोलामा बेपत्ता गिरीको शव फेला
पुमा खोलामा बेपत्ता गिरीको शव फेला
प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कारबाट रुकुमका लामिछाने पुरस्कृत 
प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कारबाट रुकुमका लामिछाने पुरस्कृत 
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार

सूचना विभाग दर्ता नं. २१५९/२०७७-०७८
Email: [email protected]
Phone: ९८२२९८२३४५ र ९८२२८८८२०६
अध्यक्ष: धनबहादुर खड्का
सम्पादक: मनिष खड्का
  • कखरा बारे
  • Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
    • स्थानीय तह निर्वाचन २०७९
    © Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal - 2023 All rights reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्