Kakhara सबैको खबर सम्पूर्ण खबर
सडक मिचेर निर्माण गरिएका संरचना हटाउन दार्मा गाउँपालिकाको ३५ दिने अल्टिमेटम 

सल्यानको दामा गाउँपालिकाले सडक मिचेर निर्माण गरिएका संरचना हटाउन ३५ दिनको अल्टिमेटम दिएको छ । एक सूचना जारी गर्दै गाउँपालिकाले सार्वजनिक स्थान तथा सडक निर्माण क्षेत्रका जग्गा जमिन अतिक्रमण गरी निर्माण गरिएका भवन तथा अन्य संरचना हटाउन अल्टिमेटम दिएको हो । 

मौलाहाले फारुला–नुवाकोट सडक स्तरोन्नति गर्ने कार्यक्रम रहेकोले उक्त सडक मिचेर निर्माण गरिएका संरचना हटाउन गाउँपालिकाले भनेको हो । पूर्वाधार विकास कार्यालय सल्यानबाट चालु आर्थिक वर्षमा यो सडकको स्तरोन्नतिका लागि बजेट विनियोजन भएको गाउँपालिकाले जनाएको छ ।   

जसअनुसार सडक स्तरोन्नति कार्य सम्पन्न गर्नका लागि पूर्वाधार विकास कार्यालय, सल्यानले प्राविधिक सर्भे पश्चात हटाउन भनिएका क्षेत्र भित्रका सार्वजनिक, ऐलानी, पर्ति तथा मौलाहाले फारुला–नुवाकोट सडक खण्डको सडक स्तरोन्नति क्षेत्रभित्र निर्माण गरिएका भवन तथा अन्य संरचनाहरू ३५ दिनभित्र हटाउन र यसबारेमा गाउँपालिकामा जानकारी गराउन गाउँपालिकाले निर्देशन जारी गरेको छ । 

तोकिएको मितिभित्र सार्वजनिक, ऐलानी, पर्ति तथा मौलाहाले फारुला–नुवाकोट सडक खण्डको सडक स्तरोन्नति क्षेत्रभित्र निर्माण गरिएका भवन तथा अन्य संरचनाहरू नहटाएमा गाउँपालिका आफैँले हटाउने बताएको छ । साथै उक्त संरचना हटाउँदा लागेको खर्च पनि स्वयं व्यक्ति तथा संस्थाबाट असुलउपर गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रेशम ओलीले जारी गरेको सूचनामा उल्लेख छ ।

प्रकाशित मिति: शुक्रबार, असोज १२, २०८०  १५:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update