Kakhara सबैको खबर सम्पूर्ण खबर
चौरजहारी महोत्सवमा पल शाह देखि सचिन परियारको प्रस्तुति रहने

रुकुम पश्चिमको दोस्रो ब्यापारीक केन्द्र चौरजहारीमा चैत २६ गतेदेखि बृहत दोस्रो साँस्कृतिक महोत्सव सञ्चालन हुने भएको छ । चौरजहारी उद्योग वाणिज्य संघको आयोजनामा “कृषि, ब्यापार, पर्यटन प्रवद्र्धन, साँस्कृतिक संरक्षणका लागि हाम्रो अभियान, स्थानीय उत्पादन, दिगो अर्थतन्त्र निर्मणमा आत्मनिर्भर एकताको पहिचान” भन्ने नाराका साथ महोत्सव सञ्चालन हुन लागेको हो । 

महोत्सव अवधिभर भेरी नदिमा र्याफ्टिङका साथै चौरजहारीका पर्यटकीय स्थलको अवलोकन गर्न मिल्ने महोत्सव मुल आयोजक समितिका संयोजक तथा चौरजहारी उद्योग वाणिज्य संघका अध्यक्ष प्रेम सुनारले जानकारी दिनुभयो । उहाँका अनुसार महोत्सवमा विभिन्न किसिमका स्टलहरु राखिने छ । 

त्यस्तै महोत्सव साँस्कृतिक समिति संयोजक एल.बि कटुवालका अनुसार महोत्सवमा कलाकारहरु नायक तथा मोडल पल शाह देखि बाल कलाकार सचिन परियार सम्मको प्रस्तुति रहने छ । महोत्सवमा गायक बद्री पंगेनी, प्रमोद खरेल, दुर्गेश थापा, प्रकाश सपूत, पुर्णकला बिसी, भुमिका गिरी, प्रिति आले लगायतका राष्ट्रिय तथा स्थानीय कलाकारहरुको पनि प्रस्तुति रहने उहाँले बताउनुभयो ।

महोत्सव आगामि बैशाख ५ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।
 

प्रकाशित मिति: आइतबार, चैत २२, २०७७  १६:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update