मुसिकोटमा आज डिग्रे मेलाको सार्वजनिक बिदा 
                            
                            
                                                        
                                                    
                                                                        रुकुम पश्चिमको मुसिकोट नगरपालिकाले आज सार्वजनिक बिदा दिएको छ । वडा नम्बर ५ को थुर्पूमा लाग्दै आएको डिग्रे मेलाको अवसरमा नगरपालिकाले आज सार्वजनिक बिदा दिएको हो ।
नगरपालिका अन्तर्गतका १४ वटै वडा कार्यालय, सामुदायिक तथा संस्थागत विद्यालय लगायत सम्पूर्ण कार्यालयहरूमा सार्वजनिक बिदा दिइएको नगरपालिकाले एक सूचना जारी गर्दै जानकारी गराएको छ ।
हरेक वर्षको हरिबोधिनी एकादशी देखि पूर्णिमासम्म ५ दिने चल्ने डिग्रे मेला आज सकिँदै छ । आज अन्तिम दिन डिग्रे मन्दिर परिसरमा भव्य मेला लाग्दै छ ।

प्रकाशित मिति: सोमबार, मंसिर ११, २०८०  ०८:२६
                                                    
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    

                                                
                                                
                                                
                    
                    
                    
                    
                    


-1759842583.jpg)