Kakhara सबैको खबर सम्पूर्ण खबर
जनताका गुनासा सुन्न वडा वडामा सार्वजजिक सुनुवाई गर्दै सानीभेरी गाउँपालिका 


रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाले आर्थिक वर्ष २०८०/०८१ मा भएका गरेका प्रगति विवरणको सार्वजनिक सुनुवाई कार्यक्रम गरिरहेको छ । बुधबारदेखि पालिकाले वडा वडामा पुगेर सार्वजजिक सुनुवाई कार्यक्रम गरिरहेको हो । बुधबार वडा नम्बर १ र २ मा र विहिबार वडा नम्बर ३ र ४ मा सार्वजिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । प्रत्यक्ष जनताका गुनासा, सल्लाह, सुझाव लिने महत्वपूर्ण कार्यक्रम भएकाले गाउँपालिकाको आयोजनामा वडा वडामा सार्वजनिक सुनुवाई कार्यक्रम गरिरहरेको गाउँपालिका अध्यक्ष विर्खबहादुर विष्टले जानकारी दिनुभयो ।

विहिबार वडा नम्बर  ४ मा भएको सार्वजनिक सुनुवाई कार्यक्रमा आर्थिक वर्ष २०८०/०८१ मा वडाले गरेका प्रगति विवरण वडा अध्यक्ष मनोजकुमार विष्टले प्रस्तुत गर्नुभएको थियो । सहभागिहरुले वडामा खनेपानी, सिँचाई कुलोे, विद्युत बत्ति लगायतका बारेमा समस्या हुने गरेको बताएका थिए । त्यस्तै गर्मीको समयमा अस्थायी आवास बस्न समस्या हुने गरेको समेत गुनासो गरेका थिए । अस्थायी आवासको दोस्रो किस्ता जतिसक्दो छिटो उपलब्ध गरानुपर्ने र पुर्ननिर्माणमा समेत धान दिन सहभागिहरुले माग गरेका थिए  ।

सहभागिहरुले उठाएका प्रश्नको जवाफ दिँदै गाउँपालिका अध्यक्ष विष्टले वडामा देखिको समस्याको सम्भव भएका समस्यालाई तत्तकाल हल गर्ने र तत्काल सम्भव नहुने योजनाहरुलाई आगागि वर्षमा पुरा गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभएको थियो । त्यस्तै अस्थायी आवासको दोस्रो किस्ता बापतको रकम  पनि असार १५ सम्म लाभग्राहीको खातामा गइसक्ने र पुर्ननिर्माणको सन्दर्भमा गाउँपालिका लागिरहेको बताउनुभएको थियो । सार्वजनिक सुनुवाई कार्यक्रम शुक्रबार वडा नम्बर ५ र ६ मा आयोजना गरिएको छ ।  बाँकी रहेका ५ वटा वडामा पनि यही जेठ २१ गतेसम्म सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गर्ने गाउँपालिकाले जनाएको छ । 

वडा अध्यक्ष मनोजकुमार बुढाथोकीको  अध्यक्षतामा भएको सार्वजनिक सुनुवाई कार्यक्रमा प्रमुख बक्ताको रुपमा गाउँपालिका अध्यक्ष विष्ट, गाउँपालिका योजना शाखा प्रमुख मिनाराम केसी रहनुभएको थियो । त्यसै वडाबासीहरुको सहभागीता रहेको थियो ।कार्यक्रमको सहजीकरण कखराकर्मी बलेन्द्र ओलीले गर्नुभएको थियो । inbound7129351217409867957-1717080197.jpginbound9101358216734162862-1717079991.jpg

प्रकाशित मिति: बिहीबार, जेठ १७, २०८१  २०:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update