Kakhara सबैको खबर सम्पूर्ण खबर
त्रिवेणी पुर्णखोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा 

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकालाई पूर्णखोप सुनिश्चिता पालिका घोषणा गरिएको छ । गाउँपालिका भित्रका १० वटै वडामा घरधुरी सर्वेक्षण कार्यक्रम सञ्चालन गरी बालबालिकाले खोप लगाएको नलगाएको प्रमाणिकरण गरी पालिकालाई बुधबार पूर्णखोप सुनिश्चित पालिका घोषणा गरिएको हो  । 

पालिकालाई पूर्णखोप सुनिश्चित घोषणा गर्नको लागि प्रमानित पत्र जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख तथा जिल्ला स्तरीय खोप समन्वय समितिका सदस्य सचिव डाक्टर सुशिल पोख्रेलले पठाएको पत्रको आधारमा पालिकालाई पूर्णखोप सुनिश्चित पालिका घोषणा गरिएको त्रिवेणी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख प्रेमबहादुर पुनले जानकारी दिनुभयो । पालिकाको सभाहलमा बुधबार एक कार्यक्रमको विच गाउँपालिका अध्यक्ष गनेशकुमार केसीले पूर्णखोप सुनिश्चित पालिका घोषणा गर्नुभएको हो ।

घरधुरी सर्वेक्षणमा सबै बालबालिकाले खोप लगाएको र शून्य डोज खोप लगाएका बालबालिका नभएको तथा आंशिक खोप लगाएका बालबालिका पनि शुन्य नै रहेकाले पालिकालाई पूर्णखोप सुनिश्चित पालिका घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख पुनले जानकारी दिनुभयो । बालबालिकालाई पालिका अस्पताल, गाउँघर क्लिनिक, खोप केन्द्र, सामुदायिक स्वास्थ्य इकाई र स्वास्थ्य चौकीमा खोप लगाइएको थियो । गाउँपालिका स्वास्थ्य शाखामा भएको खोपको प्रगति विवरण र खोपको अवस्थाको विषयमा समेत  शाखा प्रमुख पुनले कार्यक्रममा जानकारी बनाउनुभएको थियो । पुर्णखोप सुनिश्चितता घोषणा तथा दिगोपना प्रतिवद्धता पत्रमा सामुहिक हस्ताक्षर समेत  गरिएको छ ।

पूर्णखोप सुनिश्चित पालिका घोषणा कार्यक्रममा गाउँपालिका अध्यक्ष गणेश कुमार केसीको को अध्यक्षता भएको कार्यक्रममा जिल्ला समन्वय समिति सदस्य गिता नेपालीको प्रमुख आथिथ्यता रहेको थियो । त्यस्तै गाउँपालिका उपाध्यक्ष राजकुमारी रेउले, प्रमुख प्रशासकीय अधिकृत प्रेमबहादुर घर्ति, वडा अध्यक्षहरु, विभिन्न स्वस्थ्य चौकीका प्रमुख, स्थानीय लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजिकरण स्वास्थ्य शाखाका सह संयोजक बिरबहादुर डाँगीले गर्नु भएको थियो ।448238866_1037661771046152_7804757295078086574_n-1719401478.jpg

प्रकाशित मिति: बुधबार, असार १२, २०८१  १७:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update