Kakhara सबैको खबर सम्पूर्ण खबर
मुसीकोटमा प्रधानमन्त्री रोजगार कार्यक्रमकाट तीन हजार युवा स्वरोजगार 
फाइल फोटो ।

रुकुम पश्चिमको मुसीकोट नगरपालिकामा पाँच वर्षको अवधिमा प्रधानमन्त्री रोजगार कार्यक्रमबाट ३ हजार बढी व्यक्तीले रोजगार पाएका छन् । आर्थिक वर्ष २०७५/०७६ देखि  हालसम्म नगरभित्रका ३ हजार ११ जनाले रोजगार पाएका हुन् । प्रधानमन्त्री रोजगार कार्यक्रम लागु भएदेखि हालसम्म नगरपालिकामा ३ हजार ११ व्यक्तिले रोजगार प्राप्त गरेको मुसीकोट नगरपालिका रोजगार संयोजक मायाकुमारी श्रीबास्तबले जानकारी दिनुभयो ।

उहाँका अनुसार पाँच वर्षको अवधिमा प्रधानमन्त्री रोजगार कार्यक्रमबाट ६ करोड ३४ लाख ७१ हजार ४ सय रुपैयाँ खर्च भएको छ । आर्थिक वर्ष २०७५/०७६ मा स्वीकृत ४३ लाख बजेटबाट ४ सय ४१ जनाले औसतमा ३० दिन रोजगार पाएका छन् । त्यस्तै आर्थिक वर्ष २०७६÷०७७ मा ७१ लाख ८० हजार बजेटबाट ४ सय ५० जनाले २८ दिन, आर्थिक वर्ष २०७७/०७८ मा २ करोड ४६ लाख ६१ हजार बजेटबाट ७ सय ७२ व्यक्तीले ५७ दिन, आर्थिक वर्ष २०७८/०७९ मा स्वीकृत २ करोड ५८ लाख १४ हजार बजेटबाट ८ सय ८९ व्यक्तिले ७४ दिन रोजगार प्राप्त गरेको रोजगार संयोजक श्रीबास्तबले जानकारी दिनुभयो । 

आर्थिक वर्ष २०७९/०८० मा १ करोड ८९ लाख २४ हजार बजेटमा ३ सय ६७ व्यक्तिले ७९ दिन र आर्थिक वर्ष २०८०/०८१ मा ५८ लाख २५ हजार बजेटबाट ९२ व्यत्तिले अनुमानित ९० दिन रोजगार प्राप्त गरेको संयोजक श्रीबास्तबले जानकारी दिनुभयो । 

प्रधानमन्त्री रोजगार कार्यक्रमबाट गोरेटो बाटो निर्माण, खेलकुद मैदान निर्माण, घेराबार लगायतका काम भएका छन् । प्रधानमन्त्री रोजगार कार्यक्रमबाट थोरै भएपनि  रोजगार प्राप्त गर्दा आर्थिक रुपमा स्थानीयलाई  सहज भएको नगरपालिकाले  जनाएको छ  । 

प्रकाशित मिति: शुक्रबार, असार १४, २०८१  १८:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update