रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर २ का माथिल्ला वस्ति तथा लेकाली क्षेत्रमा सडक पुगेको छ । लामो समय पछि लेकाली वस्तिहरुमा सडक पुग्दा स्थानीय खुसी भएका छन् । वडाको माथिल्लो रुखबाङ, काँडा, पैयागैरी, मेलपोखरा, मेलगैरी, लोतगैरा र स्वाँरा लगायतका आधा दर्जन वस्तिहरुमा सडक सञ्चालनमा जोडिएका हुन् ।
पिपल काँडा मेलगैरी सडक खण्ड मार्फत लेकाली वस्तिहरुलाई सडक सञ्जालले छोएको हो । संघीय र प्रदेश सरकारको बजेटबाट उक्त वस्तिहरुमा सडक सञ्चालनमा जोडिएका छन् । गत वर्ष संघीय सरकारको एक करोड ९६ लाख बजेट मध्य मालिका निर्माण सेवा जाजरकोटले ७९ लाख रुपैयाँमा ४० हजार घनमिटर सडक निर्माणको जिम्मा पाएको थियो भने बाँकी रहेको सडक यो वर्ष निर्माण गरिएको हो ।
उपभोक्ता समिति मार्फत १६ सय मिटर सडक निर्माण भए सँगै वडाका लेकाली वस्तिहरुमा सडक पुगेको वडाध्यक्ष प्रकाश खत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार प्रदेश सरकारको ३० लाख बजेट खर्चेर बाँकी रहेको सडक निर्माण गरिएको हो । दुई चरणमा गरेर लेकाली बस्तिहरुमा सडक सञ्जालको पहुँच पुर्याएको वडाले जनाएको छ ।



-1765102307.jpg)

-1759842583.jpg)