Kakhara सबैको खबर सम्पूर्ण खबर
आर्थिक वर्ष सकिनै लाग्दासम्म लक्ष्यको ६० प्रतिशत मात्र राजस्व संकलन 
मुसीकोट नगरपालिकाको कार्यालय ।

रुकुम पश्चिमको मुसीकोट नगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ को जेठ मसान्तसम्म १ करोड ९९ लाख ३६ हजार २ सय ११ रुपैयाँ राजस्व संकलन गरेको छ । नगरपालिकाले लक्ष्यको ६० दशमलव ४१ प्रतिशत अर्थात १ करोड ९९ लाख ३६ हजार २ सय  ११ रुपैयाँ आन्तरिक राजस्व संकलन गरेको हो । नगरपालिकाले राजस्वको लक्ष्य भेटाउन ३९ दशमलव ५९ प्रतिशत अर्थात १ करोड ३० लाख ६५ हजार २ सय ९७ रुपैयाँ अझै संकलन गर्न बाँकी रहेको छ । अब आर्थिक वर्ष सकिन केही दिन बाँकी रहेको छ ।

नगरपालिकाले जेठमसान्त सम्म चालुतर्फ ६९ दशमलव २७ र पुँजिगत तर्फ ५२ दशमलव १ प्रतिशत गरेर समग्रमा नगरपालिकाले ६३ दशमलव १६ प्रतिशत रकम खर्च गरेको मुसीकोट नगर उपप्रमुख विमलकुमार पुनले जानकारी दिनुभयो । उहाँका अनुसार चालु आर्थिक वर्षको जेठ मसान्तसम्म आर्थिक विकास समिति अन्तर्गत कृषि क्षेत्रमा ३८ दशमलव ४४ प्रतिशत, उद्योगतर्फ ६२ दशमलव ६९ प्रतिशत प्रगति भएको छ । 

त्यस्तै सहकारी तर्फ ५७ दशमलव ४ प्रतिशत, जलस्रोत तथा सिँचाइ तर्फ ५२ दशमलव ८ प्रतिशत, पशुपक्षी विकास कार्यक्रम तर्फ ३० दशमलव ६ प्रतिशत र पर्यटन तर्फ १ सय प्रतिशत गरेर समग्रमा नगरपालिकाको   ४७ दशमलव ७४ प्रतिशत आर्थिक विकासमा प्रगति भएको नगर उपप्रमुख पुनले जानकारी दिनुयभो । 

प्रकाशित मिति: बुधबार, असार १९, २०८१  १८:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update