रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाको तेस्रो राष्ट्रपति रनिङ शिल्ड सुरु भएको छ । शिल्ड वडा नम्बर दुई सिम्रुतुमा रहेको सिम्रुतु क्याम्पसको प्राङ्गणमा सुरु भएको हो । शिल्डको गाउँपालिका अध्यक्ष गनेशकुमार केसीले उद्घाटन गर्नुभयो ।
शिल्डमा छात्र, छात्रा भलिबल, कवड्डी, एथ्लेटिक्स तर्फ एक सय मिटर, दुइ सय, ४ सय, ८ सय, १५ सय र तीन हजार मिटर छात्र छात्रा दौड प्रतियोगिता संचालन हुनेछन । त्यस्तै ४ ×१०० र ४×४०० मिटर छात्र, छात्रा रिले दौड प्रतियोगिता संचालन हुनेछन ।
फिल्डका खेलकुद तर्फ छात्र, छात्रा हाइजम्प, लङ्जम्प, त्रिपलजम्प र ज्याभ्लिङ थ्रो, सटपुट, मार्शल आर्ट तर्फ छात्रा, छात्र तेक्वान्दो र कराते प्रतियोगिताहरु आयोजना गरिएको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख शुरेश पुनले जानकारी दिनुभयो ।
शिल्डमा पालिकामा ११ वटा माध्यामिक विद्यालय रहेकामा १० वटा विद्यालयका विद्यार्थीहरुले सहभागी जनाएका छन । बिहिवारबाट सुरु भएको शिल्ड २९ गतेसम्म संचालन हुनेछ । त्रिवेणी गाउँपालिका सामाजिक विकास समितिका संयोजक रणबहादुर पुनको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष गणेशकुमार केसीको प्रमुख आतिथ्यता रहेको थियो ।
त्यस्तै पुर्व गाउँपालिका अध्यक्ष झक्कुप्रसाद घर्ती, गाउँपालिकाका प्रमुख प्रसासकिय अधिकृत यज्ञबहादुर भण्डारी, सिम्रुत क्याम्पसका क्याम्पस प्रमुख सुर्यबिक्रम खडका, वडा अध्यक्ष, बिद्यालयका शिक्षक कर्मचारी राजनैतिक दलका प्रमुख तथा प्रतिनिधी लगाएतको उपस्थिती रहेको थियो ।