
म मोबाइल हुँ
मैले घडीको प्रयोगलाई घटाइ
आफ्नो प्रयोगलाई बढाइदिए,
म मोबाइल हुँ मैले टी.भी लाई खाए,
म मोबाइल हुँ अरू त के रेडियोमा बज्ने
समाचारलाई पनि मोबाइलमा पुर्याइदिए।
म मोबाइल हुँ, पत्रिकालाई खाइदिए
गोरखापत्र र आवाजका जस्ता कुरा छाडि
डिजिटल अनलाइन खबर ल्याइदिए,
म मोबाइल मैले मिहिनेत गर्ने बानी हटाइदिए
अभिभावकको हातमा मोबाइल पुर्याइदिई
विद्यार्थीको हातबाट किताब कापी खोसिदिए।
म मोबाइल हुँ, मैले समयलाई खाइदिएँ
नक्कली हाँसोलाई सामाजिक सञ्जालमा पुर्याइदिए
टिकटकबाट छाडापन अनि पश्चिमेली संस्कार पस्कँदै
सेकेन्डको भरमा लाखौँ कमाउन सक्ने बनाइदिए
म मोबाइल हुँ मैले बच्चाहरूको बालापन, र वृद्धाहरूको वृद्धपन खाइदिई
खेल्ने र खाने समयमा पनि सबै प्रिय पात्र बन्न पुगिदिए।
म मोबाइल हुँ, मैले परिवारका सदस्यहरूलाई टाढा पुर्याइदिए
Love को चक्करमा कति जनाको घरबार पनि बिगारिदिए
बैठक कोठालाई Zoom मा पुर्याइ, अनलाइन मिटिङ बनाइदिए
म मोबाइल हुँ, मैले घरको खाना छाडी होटेलमा अर्डर गर्न सिकाए
पौष्टिक आहारको नाममा जङ फुडलाई व्यापारमा जोडिदिए,
म मोबाइल हुँ,मैले फोटोकपी गर्ने शैलीलाई प्राथमिकता दिए।
म मोबाइल हुँ, मैले राति सुत्ने र बिहान उठ्ने समय खाइदिए
लाइक र कमेन्टको भरमा मान्छेको व्यक्तित्वको व्याख्या गरिदिए
सामाजिक सञ्जालको कुलत लगाइ व्यक्तिको बौद्धिक स्तरलाई भुटी
Depression र anxiety जस्ता रोगहरूलाई भित्र्याइदिए
हो म मोबाइल हुँ,मैले समयको गति क्रमलाई तीव्र गतिमा रन्काइदिए।
त्यसैले म सर्वशक्तिमान् मोबाइल हुँ मेरो प्रयोग बचेर गर्नु !
लेखक : निश्चल ज्ञवाली
सैनामैना रुपन्देही !