Kakhara सबैको खबर सम्पूर्ण खबर
विनोद खड्काका मुक्तक

सुख दुःख दुवै छ रत जीवन सुन्दर छ ।।
जस्तै भए नि मलाई बस्नु यही जीवनभर छ।।
मेरा लागि त सपनाको देश मेरै देश हो,
न कसैले निकाल्ने डर छ न निक्लिने रहर छ ।।

रहेछन् गलत चलन चलाको,पूजा गर्नेहरू ।।
मानवताको ज्ञान नभाको, पूजा गर्नेहरू ।।
आफूलाई खुब मनको शुद्ध ठान्दा रहेछन्,
खसी काटेर ढुङ्गाको, पूजा गर्ने हरू ।।

भोट दियौँ हाँसी हाँसी, सोचेकै थिएनौ ।।
देला आफ्नै वचनको फाँसी, सोचेकै थिएनौ ।।
यसै पाली गर्लान् केही भन्ने ठानेका थियौँ,
फेरि कुर्नु पर्ला चौरासी, सोचेकै थिएनौ ।।

फूल जस्तै फुल्नु, अरू के भनौँ ।।
मलाई न भुल्नु, अरू के भनौँ ।।
कोही पानी भई आउलान् जीवनमा,
तिमी चीनी भई नघुल्नु, अरू के भनौँ ।।

यो कुरा नभुली कसम चलाउनु छ जिन्दगीमा ।।
योद्धा बनेर हर कदम चलाउनु छ जिन्दगीमा ।।
कतै बोलाउँदा नबोल्न सक्छु नरिसाउनु मित्र,
मुख भन्दा बढी कलम चलाउनु छ जिन्दगीमा ।।

प्रकाशित मिति: शनिबार, माघ १९, २०८१  ०८:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update