Kakhara सबैको खबर सम्पूर्ण खबर
तिम्रो सुन्दरताको कसरी बयान गरूँ ?

म तिम्रो सुन्दरताको कसरी बयान गरूँ ?
फुल जस्तै भनेर,
अथवा
जुन जस्तै भनेर ?
लाग्दै छ त्यो टाढाको जुन सङ्ग तुलना नगरौँ सायद, अझ कालो दाग भएको जुन सङ्ग,
हो ! सुन्दर जुनमा पनि कालो दाग देख्ने मैले, रङ्गिन फुल गुलाफहरूमा पनि तिखा तिखा काँडा देख्न चुकिन म,
अब तिमी आफै भन त ! म तिम्रो सौन्दर्ययताको बयान कसरी गरूँ ?
थाहा छैन म भित्र कुनै शब्द छ कि छैन पूर्ण, वाक्य छ कि छैन पर्याप्त,
तिम्रो निश्चलता, कोमलता, चञ्चलता, अनि निर्दोष नजरहरूको बयान गर्न,
खयर !
अब चाहिँ तिमिलाई एउटा प्रश्न सोध्न मन छ मलाइ,
साँच्ची,
फुल जस्तै तिमी सुन्दर हौ कि, तिमी जस्तै फुल सुन्दर हो ?
भनन, जुन जस्तै तिमी सुन्दर हौ कि, तिमी जस्तै जुन सुन्दर हो ?
लौ मुखै खोलेर भन त अब म तिम्रो सुन्दरताको बयान कसरी गरूँ ?

प्रकाशित मिति: शनिबार, माघ १९, २०८१  ०८:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update