कखरा साहित्य
गजलः शासन !

ठुला ठुला भाषण र कुर्सीमा बसेर शासन
कति दिन चलाउँछौ जनताबाट उठाएर रासन
कुर्सीबाट झरेर हेर महसुस गर पिडा जनताको
छुवाछुत विभेद हत्या हिंसा हटाउने अझै गर्दै छौ भाषण ?
एक शिक्षित आत्मनिर्भर महिला त हिंसामा हुन्छे
तर तिमीलाई चाहिने रातो कार्पेट र स-सम्मान आसन ?
सरकारी पोसाकमै त अपशब्द र दुर्व्यवहार गर्न सक्छन्
कोही दूर दराज गाउँ बस्तीमा नदेऊ समृद्धिको आश्वासन ।।
तुलसा पुन मगर
चौ.न.पा.-१४, रुकुम पश्चिम
हाल: मुस्ताङ
प्रकाशित मिति: शनिबार, माघ २६, २०८१ ११:५७
प्रतिक्रिया दिनुहोस्